१० जेठ,गैडहवा
रुपन्देहीमा मानसिक स्वास्थ्य, मानव बेच बिखन बिरुद्ध,महिला हिंसा लगायत क्षेत्रहरुमा न्यायिक पहुंच सहितको सेचतना कार्यक्रम संचालन गर्दै आइरहेको सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपन्देही पनि कञ्चन,गैडहवा,शुद्धोदन र लुम्बिनीमा कोरोना बिरुद्धको लडाईमा अग्रमोर्चा रहेर कार्य गर्दै आइरहेको छ ।यसैक्रममा केन्द्रले गैडहवा गाउापलिका र लुम्बिनी सांस्कृतिक नगर नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ। सुनगाभाले करिब १ लाख रुपैया बराबरको पि पि ई सेट, र्जिकल मास्क, के.एन. ९५ मास्क,सेनिटाइजर,सर्जिकल क्याप, ग्लोब्स,फेस शिल्ड, सोडियम हाइड्रो क्लारिन, लगायत स्वास्थ्य सुरक्षा सामग्रीहरुहरु रुपन्देहीका दुई स्थानिय तहहरुलाई उपलब्ध गराएको हो ।
केन्द्रको सहयोगी संस्था स्ट्रोम फाउण्डेसन नेपाल, युनाइटेड मिसन टु नेपाल, रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ४,गरगरे रुपन्देहीको आर्थिक सहयोगमा उपलब्ध गराएको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष सुमित्रा बुढाथोकीले कोभिड १९ बिरुद्धको लडाइमा अनवरत संघर्ष गर्दै आएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको स्वास्थ्य सुरक्षा गर्नु सबैभन्दा ठूलो धर्म भएको कारण थोरै भएपनि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइएको जानकारी दिए । यस्तै केन्द्रका कार्यकारी निदेर्शक गोपाल बहादुर के.सी.ले नयाँ भेरियन्ट सहितको कोरोना महामारीलाई न्युनिकरण तथा रोकथाम गर्न अग्रमोर्चामा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,जनप्रतिनीधी,कर्मचारी र सरोकारवालाहरुको योगदान अमुल्य भएको र त्यही अमुल्य योगदानको कदर स्वरुप सहयोगी संसथाहरुको सहयोगमा स्वास्थ्य सुरक्षाको सामाग्रीहरु प्रदान गरिएको बताए ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै लुम्बिनी सांस्कृतिक नगर नगरपालिकाका प्रमुख मनमोहन चौधरीले सुनगाभा सामुदायिक बिकास केन्द्रले हरेक समयमा समयानुकुल सहयोग गर्दै आइरहेको र महामारीको रुपमा फैलिरहेको कोभिड १९ बिरुद्धको लडाइमा सदैव अग्रमोर्चामा रहेर कार्य गर्दै आइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु बास्तवमै भगवानको दर्जामा राखेपनि सम्मान अपुर्ण हुने बताए । नगरवासीहरुको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दै नगर प्रमुख चौधरीले कोभिड संक्रमितहरुको उपचार गर्न स्वास्थ्यकर्मीहरु नियमित रुपमा खट्दै आइहेको र सुरक्षाकर्मीहरुले थप संक्रमण हुनबाट नगरलाई बचाउन हरेक चोक र बजार क्षेत्रहरुको नियमित जांच गर्दै आइरहेकोमा उच्च सम्मान गर्दै सुनगाभाबाट आगामी समयहरुमा पनि सहयोगको अपेक्षा व्यक्त गरे ।
लुम्बिनी सांसकृतिक नगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेद्र पाण्डे र स्वास्थ्य जनअधिकृत ध्रुवराज घिमिरेले लुम्बिनी सांस्कृतिक नगर नगरपालिकामा कोभिड १९ को थप संक्रमण हुनबाट नगरलाई सुरक्षित गर्न नगरको सम्पुर्ण शक्ती प्रयोग गरिदै आएको र अग्रमोर्चामा निरन्तर खटिदै आएका स्वास्थ्यकर्मी र सुरक्षकर्मीहरुको सुरक्षाका लागि सुनगाभा सामुदायिक बिकास केन्द्रबाट प्राप्त सहयोगको सही रुपमा उपयोग गर्ने समेत बताएका थिए ।

यस्तै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले स्वास्थ्य सामाग्री ग्रहण गर्दै सुनगाभा सामुदायिक बिकास केन्द्रले गाउपालिकालाई सुझाव सल्लाहसंगै गाउपालिकाको महिला तथा लैगिक हिंसा,दाइजो प्रथा उन्मुलन र मानव बेच बिखन बिरुद्ध तथा समय समयमा मानसिक स्वास्थ्य क्षेत्रमा साझेदार संस्थाको रुपमा सहयोग गर्दै आइरहेको बताए । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ को बिरुद्धमा पनि गाउपालिका संगको सहकार्यमा स्वास्थ्य सुरक्षा सामग्रीको सहयोग निकै अमुल्य रहेको बताए । सूर्यपुरा स्वास्थ्य चौकी तथा कोभिड अस्थाई अस्पताल व्यबस्थापन समितिका अध्यक्ष तथा गैडहवा गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबेलास यादवले सुनगाभा सामुदायिक बिकास केन्द्रले बिगत लामो बर्ष देखि सहकार्य गर्दै आइरहेको स्मरण गरेका छन। यो बिषम परिस्थितीमा पनि सेवाको भावले भएको सहयोग निकै अमुल्य र अतुलनिय रहेको बताउदै गैडहवालाई महिला तथा लैगिक हिंसा,दाइजो प्रथा उन्मुलन मुक्त र मानव बेच बिखन बिरुद्धको सहयात्रीको रुपमा सहयात्रा गर्ने मौका आगामी दिनहरुमा पनि निरन्तरता हुने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक तथा कार्यलय प्रमुख रबिन्द्र महत,इलाका प्रहरी कार्यलय,सूर्यपुराका प्रहरी प्रतिनीधी रामचन्द्र ज्ञवाली,सूर्यपुरा स्वास्थ्य चौकी कोभिड अस्थाई अस्पतालका फोकल प्रसन अनिल गुप्ता लगायतले कोभिड १९ बिरुद्धको लडाईमा सुनगाभा सामुदायिक बिकास केन्द्रसंगको सहयात्रामा सदैव एक्यबद्ध रहेको बताए।