९ जेठ,कञ्चन
रुपन्देहीको सुनगाभा सामुदायिक बिकास केन्द्रले कञचन र शुदोदनका स्वास्थ्य कार्यलयहरुलाई करिब डेढ लाख रुपैया बराबरको बिभिन्न स्वास्थ्य सुरक्षा सामागीहरु सहयोग गरेको छ। सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपन्देहीको साझेदार संस्थाहरु स्ट्रोम फाउण्डेसन, नेपाल,युनाइटेड मिसन टु नेपाल,रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह र रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई सस्था,कञ्चन ४,रुपन्देहीकोको संयुक्त साझेदारीमा कञ्चन गाउपालिकाको स्वास्थ्य शाखा कार्यलय अन्तर्गतका स्वास्थ्य चौकी,आधारभुत स्वास्थ्य केन्द्र,कोभिड अस्थाई अस्पताल,थकालीचौकलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

.jpg)
करिब ७५ हजार बराबरको बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्रीहरु हस्तान्तरण गर्दै सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यक्रम निर्देशक गोपाल के.सी.ले बिशेषगरी महामारीको रुपमा फैलिरहेको नयां भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमणका बिरुद्ध अग्रमोर्चामा रहेर कार्य गर्दै आइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहको स्वास्थ्य सरक्षा गर्न सुनगाभा सामुदायिक बिकास केन्द्रसंग सहकार्य गर्दै आइरहेका दातृ संस्थाहरुको समेत सहयोगमा स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको बताए । कार्यक्रम निर्देशक के.सी. ले कोरोना संक्रमणको जोखिमलाई रोकथाम तथा न्युनिकरण गर्न हरेक समय खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु भनेका भगवान समान भएको र भगवानको यो बिषम परिस्थितीमा सुरक्षा गर्न थोरै भए पनि स्वास्थ्य शाखा र गाउपालिकालाई सहज बनाउन स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराइएको बताए ।

सर्जिकल मास्क, फेस शिल्ड,ग्लोव्स,सेनिटाइजर,सोडियम हाइड्रो क्लोराइड,पि पि ई सेट,पल्स अक्सिमिटर र सर्जिकल क्याप सहितको स्वास्थ्य सुरक्षा सामाग्री ग्रहण गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनमा भयाबहको रुपमा फैलिरहेको कोरोना संक्रमणलाई रोकथाम तथा न्युनिकरण गर्न स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र कर्मचारी तथा जनप्रतिनीधीहरु लागि परिरहेको जानकारी गराए । कञचनमा बिस्तारै कोरोना संक्रमणको जोखिम केही हदसम्म न्युनिकरण हुदै गइरहेको बताउदै अध्यक्ष क्षेत्रीले सुनगाभा सामुदायिक बिकास केन्द्रको संयुक्त साझेदारीमा रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह र रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

सुनगाभा सामुदायिक किास केन्द्रले कञ्चन गाउापलिकालाई सर्जिकल मास्क ३ हजार ६ सय थान, फेस शिल्ड ८८ थान,सोडियम हाइड्रो क्लोराइड ११ जार,पि पि ई सेट १८ थान,पल्स अक्सिमिटर २ थान र सर्जिकल क्याप २ सय थान सवास्थ्य सुरक्षा सामाग्री को रुपमा सहयोग गरेको छ ।
