९ जेठ,शुद्धोदन
स्ट्रोम फाउण्डेसन नेपाल र युनाइटेड मिसन टु नेपालको सहयोगमा सुनगाभा सामुदायिक बिकास केन्द्रले शुद्धोदन गाउपालिकाले मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन गरेको १० शैया सहितको कोभिड अस्थाई अस्पतालका लागि करिब ६० हजार रुपैया बराबरको बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ। सर्जिकल मास्क, फेस शिल्ड,ग्लोव्स,सेनिटाइजर,सोडियम हाइड्रो क्लोराइड,पि पि ई सेट,पल्स अक्सिमिटर र सर्जिकल क्याप लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष सुमित्रा बुढाथोकीले महामारीको रुपमा बिश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमणबाट बचाउन दिन रात नभनी उपचार र सेवामा खटिदै आएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको उच्च सम्मान गर्नुको अरु कुनै बिकल्प नभएको बताइन । अध्यक्ष बुढाथोकीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको अग्रमोर्चामा रहेर कोरोना संक्रमण बिरुद्धको लडाईमा आफ्नो परिवार,आफन्त,छिमेकीहरुको समेत कुनै प्रवाह नगरेर कोरोना संक्रमितहरुलाई समेत आफ्नै परिवार,आफन्त र छिमेकीहरु सरह मानेर सरिक हुनुले बिश्वलाई नै भावुक बनाइरहेको बताइन ।
शुद्धोदन गाउपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले कोरोना भाइरसको बिरुद्धमा हरेक दिन अग्रमोर्चामा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु बिश्वयुद्धका सिपाई जत्तिकै उच्च स्थान रहेको बताए । रुपन्देहीको हकमा गत बर्ष कोरोना संक्रमणलाई रोकथाम गर्न नमुना योग्य योजना सहित कार्य गरेकै कारण न्युनतम खर्चमा कोरोना संक्रमणलाइ नयुनिकरण गरिएको अनुभव बताउनु भयो । शुद्धोदनको कोरोना संक्रमणको जोखिमलाई कम गर्न स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,कर्मचारी,जनप्रतिनीधी र गाउपालिकाका समावसेबी तथा संघसंस्थाका प्रतिनीधीहरुको अतुलनिय भुमिका रहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोराना संक्रमणलाई गत बर्ष अनुभवलाई पनि सिकाईको रुपमा लिदै शुद्धोदनमा फैलिरहेको कोरोना संक्रमणलाई पराजित गरेरै छाड्ने बताए ।
![](/uploads/shares/IMG_2721.jpg)
मोतीपुर प्राथमिक स्वाथ्य केन्द्र (कोभिड अस्थाई अस्पताल) व्यबस्थापन समितिका अध्यक्ष तथा शुद्धोदन गाउापलिका वडा नं. ४ का वडा अध्यक्ष राजेन्द्र कंडेलले मनमा आत्मवल र जसनसुकै रोग लागेपनि जितेरै छोड्छु किन भने मेरो साथ मेरा आफन्त र परिवार सहित चिकित्सक र स्वास्थ्यकर्मी तथा शुभ चिन्तक रहेका छन भन्ने उच्च मनोवल बनाउन सके कोरोना संक्रमणलाई पनि पराजित गरेर नयाँ जिवन प्राप्त गर्न सकिने बताए । आफुसंग आत्मवल र चिकित्सक प्रतिको बिश्वासले मात्र हरेक रोगहरुसंगको लडाइमा जित हासिल गरिने बताउदै वडा अध्यक्ष कंडेलले कोभिड अस्थाई अस्पताललाई सहयोग स्वरुप सुनगाभा सामुदायिक बिकास केन्द्रद्वारा प्राप्त भएको बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्रीले कोभिड १९ को नियन्त्रण र रोकथाममा खट्दै आइरहनु भएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,कर्मचारी,जनप्रतिनीधी र अग्रमोर्चाका लडाकुहरुलाई कोभिड १९ बिरुद्ध लड्न अझ उत्साहित बनाउने बिश्वास ब्यक्त गरेका छन।
यस्तै मोतीपुर प्राथमिक स्वाथ्य केन्द्र (कोभिड अस्थाई अस्पताल)मा कोरोना संक्रमतिहरुको उपचारमा कुनै कमी हुन नदिन तथा कोरोना संक्रमणका बिरुद्ध सधै अग्रमोर्चामा रहेर कार्य गर्दै आइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सेवालाई उच्च सम्मान गर्दै कोभिड १९ बाट संक्रमित सोही अस्पतालमा उपचार पछि निको भएका मोहन भण्डारी र मञ्जु भण्डारीले १५ हजार रुपैया,यम प्रसाद शर्मा र रिता शर्माले २१ हजार रुपैया,स्वास्थ्यकर्मी रिम बहादुर बिश्वकर्माले ६ थान अक्सिजन रेगुलेटर र रुद्रमणी गिरीले ५ हजार रुपैया सहयोग गरेका छन।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष बिष्णु बस्याल,मोतीपुर प्राथमिक स्वाथ्य केन्द्र (कोभिड अस्थाई अस्पताल) का चिकित्सक डा. कृष्ण खराल र सहयोगदाता मोहन भण्डारीले समेत कोरोना भाइरसको बिरुद्ध सबै प्रतिबद्ध हुनुको बकिल्प नभएको बताएका छन। सुनगाभा सामुदायिक किास केन्द्रले मोतीपुर प्राथमिक स्वाथ्य केन्द्र (कोभिड अस्थाई अस्पताल)लाई सर्जिकल मास्क १ हजार ६ सय थान, फेस शिल्ड ४५ थान,सोडियम हाइड्रो क्लोराइड ३ जार,पि पि ई सेट २५ थान,पल्स अक्सिमिटर १ थान र सर्जिकल क्याप २ सय थान सवास्थ्य सुरक्षा सामाग्री को रुपमा सहयोग गरेको छ ।