४ बैशाख एजेन्सी ।
भारतको आन्ध्र प्रदेश राज्यको विजयवाडामा अवस्थित एउटा विश्वविद्यालयका टीम नेपाल आएका छन्।
आफ्नो बारेमा नेपाली शैक्षिक परामर्श व्यवसायीहरू, विद्यार्थी र पत्रकारहरूसंग साक्षातकार गर्ने उदेश्यले यस युनिभर्सिटीको टीम र युनिभर्सिटीको डिजिटल दिल्लीमा अबस्थित एजुकाउन्सलर्सका समूह नेपाल आएको हो ।
उक्त समूहले आफ्नो शैक्षिक कार्यक्रम, छात्रवृत्ती, नेपालमा विश्वविद्यालयको प्रवर्धन रणनीति लगायतका विषयमा जानकारी गराउन काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको छ।
के यल युनिभर्सिटी आंध्र प्रदेशमा सन् १९८०मा स्थापना भएको विश्वविद्यालय अनुदान आयोग प्राविधिक शिक्षाको लागि अखिल भारतीय परिषद्द्वारा मान्यता प्राप्त, एनएएसीए प्लस, एनबीए, एमएचआरडीद्वारा एनआइआरएफ ४१औं र्याङकीङ तथा रेटीङमा पर्न सफल र गजीसीको वार्षिक मूल्याङ्कनमा क्याटगोरी १ उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ। अन्य स्वीकृतहरूमा फार्मेसी काउन्सिल अफ इंडिया, काउन्सिल अफ आर्किटेक्च, बार काउन्सिल अफ इंडियाको समेत स्विकृती प्राप्त गरेको छ।
यईनस विश्वविद्यालय इन्जिनियरिंग ९बीटेक र एमटेक० आर्किटेक्चर होटल मेनेजमेन्ट, बीबीए र एमबीए बीएससी एग्रकल्चर, बी फार्मेसी, फर्म डी, एलएलबी र एलएलयम संचालनमा छन् ।
यस विश्वविद्यालयलाई नेपालमा स्टारवल्ड इन्टरनेसनल एजुकेशन महाराजगंज, इन्फर्मेटीक्स् कन्सल्टेन्सी पुतलीसडक, आव्सीका इन्टरनेसनल एजुकेशन थापाथली, काठमाडौं म्यासवे इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी बागबजार, ह्वाइट प्लाटीनम एजुकेशन सर्भिसेज कुपन्डोल लगायतका शैक्षिक परामर्श ब्यावसायी सस्थाहरूले नेपालमा के यल युनिभर्सिटीलाई प्रवर्धन गर्ने छन्।
पत्राकार हरूको छात्रवृति संम्बन्धी जिज्ञासाको समाधान गर्दै एडुकाउन्सलर्स न्यु दिल्लीका बजार निर्देशक हिमांशु गौरलले के यल युनिभर्सिटीले नेपाली विद्यार्थीहरूलाई उच्च प्राथमिकतामा राख्दै १०० देखि १५ प्रतिशतसम्म छात्रवृति प्रदान गरीने बताए ।
छात्रवृतिको लागि नेपाल सरकारसंग सम्बन्धन लियर अल नेपाल क्यामपीङमा निस्कदै गरेको प्रवर्धन समितिका संयोजक शिव राज न्यौपानेले पत्रकारहरूलाई जानकारी गराए।