जेल संघर्ष
एक दिन कोठामा संगै बसेका र संगै पढेका साथीहरुले ब्लु फिलिम हेर्न जाम भने। मैले पनि हस भनें। मैले सम्झे ब्लु फिलिम भनेको निलो फिलिम होला।
हामी सबै अर्को साथीको कोठा भित्र छिर्यौं। युधिर अगाडी नै आएर बसेका रहेछन। हामी मध्येको एक साथीले युधिरलाई सोधे
“ल्याउनु भयो?”
उनले भनेँ “अँ अघि नै लिएर आइसकेको तपाईहरु किन ढिलो?”
अर्का साथीले भने “अँ के छिटो आउन भनेको भ्याइएन।”
एक जनाले भने “ल छिटो हेरम।”
म पनि ब्लु फिलिम हेर्न आतुर थिएं। किन की मैले पहिलो पटक निलो फिलिम हेर्दै छु। अरु फिलिम त हेरिराथें । तर ब्लु फिलिम यस भन्दा अघि कहिलै हेरेको थिइनँ। पहिलो पटक ब्लु फिलिम हेर्न लागेको हुँदा मनमा उत्सुकता थियो। “फिलिम कस्तो छ होला” भनेर।
यस भन्दा अघिको फिलिममा त हिरोको खासै फाइट थिएन। यसमा त अलिक फाइट छ की उनिहरुले भने। म पनि स्टोरीकल भन्दा फाइटवाला फिलिम हेर्न खुबै मन पराउने मान्छे हुँ।
भित्र छिरियो। कोठा अध्याँरै थियो। भित्र एकजनाले फिलिम शुरु गर्न तयारी अवस्थामा रहेछन। म त यसै उत्सुक। फिलिम शुरु भयो।
सुरुमा त सामान्य कार्यालयको दृश्य थियो। अफिसमा एकजना युवा पुरुषले काम गरिरहेको हुन्छ। त्यसैक्रममा एक जना युवती फाइल बोकेर कार्यलय भित्र पसिन। अंग्रेजी भाषामा सम्वाद थियो। मैले बुझ्दै बुझिनँ तर अभिनय र हातको हाउभाउले केही केही बुझें। तर दृश्य बाहेक सम्वाद भाषा शुन्य।
लाग्यो—सायद कथा यतैबाट मोडिन्छ। केहीबेरपछि हिरो र हिरोइन नजिकिए। चुम्बन सुरु भयो। क्यामेराले पनि मानौँ त्यही दृश्यसँग प्रेम गरेझैँ, पटक–पटक त्यही दृश्य दोर्होयाइरह्यो।
दृश्यमा युवतीको इच्छा हुन्न। जुन विश्वासले ती युवती फाइल बोकेर कार्यलय भित्र प्रवेश गरेकी हुन्छिन। केही बेरको सम्वाद पश्चात कार्यलयको युवकले युवतीलाई एक्कासी जवरजस्ती समातेर चुम्बन गर्ने प्रयास गर्छ। त्यसवेला ती युवतीले इन्कार गरेकी हुन्छिन। तर बलियो युवकको सामु निरिह युवतीको केही सीप लाग्दैन। युवतीमाथी त्यो युवकले सबै हुर्मत देखाउन शुरु गर्छ।
पछि दृश्यहरू झन् अन्तरङ्ग बन्दै गए।
म छक्क परें। साथीहरू भने कुनै प्रतिक्रिया नदिई गम्भीर भएर हेरिरहेका थिए। आखिर जिज्ञासा रोक्न सकिनँ।
मैले सोधें,
“ए, ब्लु फिलिम भनेको यही हो?”
डम्मरले हाँस्दै भन्यो,
“हो नि, यही हो।”
मैले तुरुन्तै उठेर भनें,
“हैट! यस्तो पनि फिलिम हेर्छन र?”
त्यति भनेर म बाहिर निस्किएँ।
तर मानिस कोठाबाट निस्कन सक्छ, दिमागबाट दृश्य तुरुन्तै निस्कँदैन रहेछ। त्यो दिनका दृश्यहरू धेरै दिनसम्म सम्झनामा आइरहे।
आजकल “ब्लु बस” को चर्चा चोकदेखि संसदसम्म छ। समाचार खोले पनि ब्लु, सामाजिक सञ्जाल खोले पनि ब्लु।
मैले ब्लु फिलिम हेरेको करिब २२ बर्ष भन्दा बढी भयो। विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा ब्लु बसको चर्चाले त्यो २२ बर्ष अगाडी पहिलो पटक हेरेको ब्लु फिलिमको बुझाईले झस्काएको छ।
आज देशभर “ब्लु बस” को चर्चाले “ब्लु बस” र “ब्लु फिलिम” बीचको सम्बन्ध मेरो सम्झनाबाहेक कतै छैन। ब्लु बस पनि ब्लु फिलिम जस्तै बन्ने हो कि?
तर मानव मस्तिष्क पनि अनौठो हुन्छ। एउटा शब्दले कहिलेकाहीँ दशकौँ पुराना स्मृतिका ढोका खोलिदिन्छ।
उखान पनि छ—“बर्खामा आँखा फुटेको भैंसीले हिउँदमा पनि हरियो घाँस देख्छ।” मेरो हालत पनि केही त्यस्तै भयो। “ब्लु” भन्ने शब्द सुन्नासाथ दिमागले बस होइन, पहिले त्यो पुरानो घटना सम्झिन्छ।
पुरानो साझा बसलाई नयाँ सरकारले ब्लु बसको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ। रुप परिवर्तन गर्दैमा नयाँ त होला तर सेवा साझा र सहज बन्न सकेन भने बुलु बसको अर्थ ब्लु फिलिम भन्दा कुनै फरक हुने छैन। सत्य हो या हल्ला ब्लु बस सञ्चालनमा ल्याएपछि महिलाहरूका लागि निःशुल्क सेवा दिने चर्चा छ। महिलाहरुलाई मात्र किन? राज्यको श्रोत साधन प्रयाप्त छ भने सबैलाई निःशुल्क सेवा दिने हिम्मत गर। किन विभेद? महिला लक्षित बुलु बस सञ्चालन गर्नुको रहस्य बुलु फिलिमसंग नजोडियोस।
उद्देश्य राम्रो छ। महिलाले सुरक्षित, सहज र सम्मानजनक यात्रा गर्न पाऊन् भन्ने सोच स्वागतयोग्य छ। तर हाम्रो समाजमा राम्रो उद्देश्यलाई पनि गलत नियतले प्रयोग गर्नेहरू नभएका होइनन्।् । त्यसैले निःशुल्क सेवाको नाममा कुनै महिला ठगी, शोषण, हनिट्र्याप वा अन्य कुनै असुरक्षाको सिकार नबनून् भन्ने जिम्मेवारी सरकार, सेवा प्रदायक र समाज सबैको हो।
हिजो हरेक क्षेत्रमा दलियकरण भयो भन्दै घ्याक्रो फुट्ला जस्तोगरी पुराना दलको शैली विरुद्ध आवाज निकालेको रास्वपाले राज्यको सम्पत्तीमाथी आफ्नो दलियकरण छर्लंग पारेको छ। यसले रास्वपामाथी भएको जनविश्वासको घात नै हो। जसरी मलाई मेरा साथीहरुले पहिलो पटक ब्लु फिलिम हेराए त्यसरी नै रास्वपाले जनविश्वास माथी जवरजस्ती बलत्कार गर्ने प्रयास गरेको छ।
आज सरकारले साझा बसलाई ब्लु बसको उपमा दिएर सञ्चालनमा ल्याउने कुरा मैले हेरेको ब्लस बससंग मेल खान्छ। अझ सरकारले महिलाहरुको लागि निःशुल्क सेवा भनेको छ। यसले मतदाताहरुमाथी जवरजस्ती बलत्कार नै हो। निःशुल्क सेवाको पर्दा भित्र रास्वपाको हनि ट्रयापमा महिलाहरु पर्छन कि?
चेतना भया।