२ फागुन, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिका स्थित रुद्रपुर माध्यमिक विद्यालयमा नमूना युवा संसद् अभ्यास गरिएको छ।
रुद्रपुर मध्यमिक विद्यालय, पूर्व विद्यार्थी समाज, रुदपुर मा.वि. र टोनी हागन फाउन्डेशन नेपालको संयुक्त आयोजनामा नमूना युवा संसदको अभ्यास गरिएको हो। विद्यार्थीलाई नेतृत्व विकास, संसदीय परम्परा र लोकतन्त्रमा अभ्यस्त बनाउन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलले बताउनु भयो।
नमूना युवा सांसद अभ्यास समापन पश्चात बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले विद्यालयमा संचालन गरिने विभिन्न अतिरिक्त कृयाकलाप अन्तर्गत सञ्चालन गरिएको नुमना युवा सांसद अभ्यासले विद्यार्थीको शैक्षिक ज्ञान सिप र सिर्जनशिलतासंगै व्यक्तित्व र नेतृत्व बिकासमा निकै ठूलो सहयोग गर्ने बिचार व्यक्त गर्नु भयो। संघीय संसद भवनमा जनताद्वारा निर्वािचत जनप्रतिनीधिहरुकोले खेल्ने भूमिका अहिले स्थानीय तहका लागि निर्वाचित जनप्रतिनीधिहरु गाउँसभामा समेत आएको बताउदै विद्यार्थीहरु नमुना युवा सांसदको भूमिकामा रहेर व्यक्त विचारहरुले स्थानीय तहका जनप्रतिनीधिहरुलाई समेत सिकाई हुने अध्यक्ष ढकालले बताउनु भयो।

कञ्चन गाउँपालिकाका शिक्षा अधिकृत रमेश भूसालले विद्यार्थीहरुलाई उनिहरुको नियमित पठनपाठनसंगै विद्यालय शिक्षालाई व्यबहारिक र सृजनशिल बनाउन विद्यालयमा सञ्चालन गरिने अतिरिक्त कृयाकलाप महत्वपुर्ण पक्ष रहेको बिचार व्यक्त गर्नुभयो। पाठ्य पुस्तका पढिने विषयबस्तुलाई व्यबहारिक रुपमै जान्न र बुझ्न प्रयोगात्मक शिक्षाको रुपमा नुमना युवा सांसद कार्यक्रम प्रभावकारी माध्यम भएको शिक्षा अधिकृत भूसालले बताउनु भयो।
फाउन्डेशनका सचिव तथा प्रतिनिधि सभाका पूर्व सांसद फटिक थापाले रुद्रपुर माध्यमिक विद्यालयका विद्यार्थीहरुले नमूना संसद बैठकमा उठाएका समसामयिक विषयले यहाँको वास्तविक कथा र समस्यालाई उजागर गरेको बताउनुभयो। विद्यार्थीहरुले नमुना सांसद र ‘बैठक अभिनय भएपनि यस क्षेत्रमा लागु पदार्थ दुर्व्यसनीको बढ्दो समस्या र सुन्य समयमा उठाएका बाटो, सिचाँई, फोहोरमैला व्यबस्थापन, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको बास्तविक कथा हुनसक्ने र त्यसको समाधानका लागि नुमना संसद बैठक मार्फत समस्या समाधानका लागि गरिएको ध्यानाकर्षण सरोकारवालाहरुका लागि सिकाई हुने विश्वास व्यक्त गर्नुभयो। यस कार्यक्रमबाट विद्यार्थीहरुको पठन संस्कृति र सृजनशिलतामा समेत बिकास सहयोग गर्ने फाउन्डेशनका सचिव थापाले उल्लेख गर्नुभएको थियो।

संसदको बैठक शुरु हुनासाथ संसदमा उपस्थित सांसदहरुले शुन्य समयमा फोहोरमैला व्यबस्थापन, देश निर्माण, महङ्गी, स्वास्थ्य सेवा, सामुदायिक विद्यालयमा प्रयाप्त दरवन्दी व्यवस्थापन, सडक दुर्घटना, जलवायु परिवर्तन, महिलाहरुमा हुने महिनावारीको समयमा आवस्यक पर्ने सेनेटरी प्याड लगायत बिषयमा सभामुख मार्फत सरोकारवाला मन्त्रालय र निकायका लागि ध्यानाकर्षण गराएका थिए। शुन्य समयमा बोल्ने सांसदहरु सुस्मिता श्रीस, अपसरा घर्ति, पूजा तरामु, सम्झना थापा, रविना मल्ल, रविना राना, सानिया बगाले, विपसा सारु, अञ्जली बि.क., कुशल रेग्मी, अनिल छन्त्याल, अन्जु बि.क., मेनुका घर्ति क्षेत्री, अनिसा परियार, अस्मिता नोपली, पार्वती नेपाली, शर्मिला कुवँर लगायतले बोलेका थिए।
प्रमुख प्रतिक्ष दलका नेता गंगा थापा र अर्का प्रतिपक्ष दलका प्रमुख सचेतक बिशाल लोधले काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर भने झैं सरकारले देशलाई आर्थिक बिकासको तर्फ लैजानका लागि नयाँ सोंच सहितको याृजना ल्याउनु पर्नेमा लागु औषध नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव लिएर बिषयान्तर गर्न खोजेको अरोप लगाएका थिए।

नमूना संसद्मा सरकारको तर्फबाट निर्मा गुरुङ्गले राखेको संकल्प प्रस्तावमाथिको छलफलमा मोहन खत्री, किसन के.सी, बिशाल लोध, शिक्षा पुन, इविता क्षेत्री, अन्जु नेपाली, मधुसुदन कुमाल, शर्मिला नेपाली लगायतले समर्थन गर्दै लागुऔषध दुर्ब्यसनी देशको मुख्य समस्याको रुपमा जरा गाडिरहेको र यसको अन्त्यका लागि कानुन आवस्यक रहेको भन्दै सरकारले ल्याएको संकल्प प्रस्ताव समयसान्दभिक रहेको बिचार व्यक्त गरेका थिए।
सन् १९६० को दशकमा टोनी हागनले खिचेको नेपालका विभिन्न भागका तस्वीर र टोनी हागनले निर्माण गरेका "उहिलेको नेपाल" नामक वृत्तचित्र समेत प्रदर्शनी गरिएको कार्यक्रममा नमूना संसद्मा उठेका प्रश्नको जवाफ नमूना गृहमन्त्री महेश क्षेत्रीले जवाफ दिएका थिए। सभामुखको भूमिकामा रहेकी पूजा थापाले संकल्प प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरेकी थिइन ।
बिद्यार्थीहरु नै सभामुख, संसद सचिवालय, पत्रकार, मर्यादापालकको भूमिका निर्वाह गर्दै सञ्चालन भएको नुमना युवा संसद अभ्यासले उपस्थित अभिभावक, जनप्रतिनीधि, विद्यालयका शुभेच्छुक तथा टोल बिकासका प्रतिनीधिहरुले संसद भवनको झल्कोको अनुभव गर्न पाएका थिए।संसद् सचिवालयका कर्मचारीको भूमिकामा नमुना सिंजाली, शान्ती बोहरा र माल्दीपा थापा थिए भने मर्यादापालकको जिम्मेवारीमा अखिलेश गुप्ता, अनममोल पौडेल, अभिषेक परियार, भेष बहादुर बोहरा र आर्यन पुन थिए। सञ्चारकर्मीको भूमिकामा आयुषा परियार, आशिष पुन, विवेक यादव र भूमि वि क रहेका थिए भने उपसभामुखको भूमिकामा पूरन सुर्यवंशी, प्रधानमन्त्रीको भूमिकामा पुर्णिमा थापा, सत्तापक्ष दलका प्रमुख सचेतकको भूमिकामा रेखा फौजा र विपक्षी दलका सचेतक कृति थापा रहेका थिए।

विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेललाई पुस्तक हस्तान्तरण गर्दै टोनी हागन फाउण्डेसन नेपालका कोषाध्यक्ष बसन्त थापाले सन् १९५० को दशकमा पहिलो पटक नेपाल आएका स्वीश भूगर्भविद् टोनी हागनको जीवनबाट नेपालले धेरै कुरा सिक्नुपर्ने र समयको पालना गर्ने कुनैपनि व्यक्ती सदैव एककदम अगाडी हुने बिचार व्यक्त गर्नु भएको थियो। टोनी हागन नेपाल भ्रमणको क्रममा देखेका, भोगेका र नेपालको भूगोलका बारेमा लेखेका पुस्तक तथा फोटोहरुका बारेमा समेत जानकारी दिदै टोनी हागनको नजरमा नेपाल सानो नभएको समेत अन्तराष्ट्रिय फोरमहरुमा व्यक्त गरेका बिचारहरुका बारेमा बताउनु भएको थियो। फाउन्डेशनका कोषाध्यक्ष तथा लेखक थापाले टोनी हागनलिखित नेपालीको चिनारी, विकेन्द्रीकरण र विकास, नेपालमा मेरो खोजयात्रा लगायत पुस्तक विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।
विद्यालयका शिक्षक तथा पूर्व विद्यार्थी समाज, रुद्रपुरका सह सचिव प्रकाश क्षेत्रीको संचालनमा भएको कार्यक्रममा नुमना युवा संसदमा सहभागि विद्यार्थीहरुलाई कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चिरञ्जिवी खनाल, टोनी हागन फाउण्डेसन नेपालका सचिव फटिक थापा र प्रधानाध्यापक डोलाराम पौडेलले संयुक्त रुपमा प्रमाण पत्र प्रदान गर्नु भएको थियो।
कार्यक्रममा अभिभावक, चन्दादाता, विद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार, टोल बिकास संस्था, आमा समूह, क्लवका अध्यक्ष तथा रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष नाम बहादुर के.सी, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु र स्थानीयहरुको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका आर्थिक उपसमितिका संयोजक रुम बहादुर फौजा, लुम्बिनी ज्ञाननिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष गिर बहादुर थापाले विद्यार्थीहरुको अन्तरनिहित क्षमताको प्रस्फुटनसंगै उनिहरुको नेतृत्व र व्यक्तीत्व बिकासका लागि नमुना युवा संसद अभ्यास कार्यक्रम अतिआवस्यक रहेको बताउनु भयो।