२१ पुस, कञ्चन
रुद्रपुर माध्यमिक विद्यालय, कञ्चन ४ अस्नैया रुपन्देहीमा अध्यन पुरागरी विभिन्न क्षेत्रमा संलग्न पुर्व विद्यार्थीहरुको साझा संस्था पुर्व विधार्थी समाजको आयोजनामा संचालन गरेको निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ।
"नियमित स्वास्थ परिक्षण गरौं, स्वस्थ र निरोगी जिवन बाचौ" भन्ने मुल नाराका साथ "विना शिक्षा अध्यारो समाज, घर घरमा पुर्याऔं प्राविधिक शिक्षाको आवाज" भन्ने विद्यालयको अभियानलाई सार्थक बनाउन संचालन गरिएको उक्त शिविरमा सुगर, प्रेसर तथा मुटु सम्बन्धी सम्पूर्ण रोगको विशेषज्ञ चिकित्सकद्वारा जाँच गरिएको थियो। निःशुल्क इको र इसीजी समेत जाँच गरिएको शिविरमा पिसाब, मृगौला र सुगरको परिक्षण पनि निःशुल्क गरिएको थियो।
विद्यालयको ५० औं वार्षिक उत्सव तथा स्वणमहोत्सव २०८१ को पुर्व सन्ध्यामा संचालन गरिएको शिविरमा ३५१ जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए। शिविरमा पुर्व विद्यार्थी तथा पुर्व विद्यार्थी समाजका अध्यक्ष डा. सुमन आचार्य, कञ्चनकै माटोले हुर्काएको डा. चुडामणी रेग्मी (सबिन), पुर्व विद्यार्थी तथा रुद्रपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी पुजा थापा, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत निलमाया थापा (फुलु), पुर्व विद्यार्थी तथा प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला तामनगरमा कार्यरत विशाल छन्त्याल लगायत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कञ्चनका पुर्व विद्यार्थीहरुले स्वास्थ्यकर्मीको रुपमा सहयोग गरेका थिए। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कन्सलटेन्ट फिजिसियन डा. सुमन आचार्य डा.नन्दु प्रसाद पाठक डा. काशीराम वि. क. कन्सल्टेन्ट साइकियाटृस्ट डा. सजिता पौडेल, डा. रोशन घिमिरेमनमोहन टिचिङ अस्पतालका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. विजय यादव, मेडिकल अधिकृत डा.चुडामणि रेग्मी, डा. सुजन आचार्य, डा.अमृत बस्याल, डा. दिनेश थापा लगायत चिकित्सकहरुले सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गरेका थिए।
कञ्चन गाँउपालिका र होप फर चिल्ड्रेन, नेपालको समन्वय, रुद्रपुर युवा क्लब, कल्याणकारी आमा समूह र मनकामना आमा समूहसंगको सहकार्यमा संचालन गरिएको शिविरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टर, काठमाडौं र जयन्ती मेमोरियल ट्रस्टले प्राविधिक सहयोग गरेको थियो। यस्तै फार्मोनिक्स, क्वेस्ट, देउराली जनता, मेड्रीक, नेशनल, ब्लु क्रश, भेगा, लापेन, एलिक्सिर, सिद्दार्थ, सिप्ला, एशियन, म्याग्नस, एलिक्सिर लगायत औषधी उत्पादक कम्पनीहरुले निःशुल्क रुपमा औषधी उपलब्ध गराएको थियो भने नेश्नल प्याथल्याव, बुटवलले निःशुल्क ल्याव परिक्षणमा सहयोग गरेको थियो।
निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले आफ्नो दक्षता, क्षमता, सिप र ज्ञान अनुसार आफु जन्मेको र आफुले अध्ययन गरेको विद्यालय र समाजको सेवा गर्नु हरेक व्यक्तिको अनिवार्य कर्तव्य र जिम्मेवारी भएको बिचार व्यक्त गर्नु भयो। रुद्रपुर माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको कार्यप्रति स्रहाना गर्दै अध्यक्ष ढकालले आफु पनि यसै विद्यालयको पुर्व शिक्षक भएको र विद्यालय प्रति सदैव आफ्नो सदभाव र सकारात्मक रहदै आएको विचार व्यक्त गर्नु भयो।
यस्तै वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले विद्यालयको स्वर्णमहोत्सवको अवसरमा विद्यालयका पुर्व विद्यार्थीहरुद्वारा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरले कञ्चनवासीले निःशुल्क रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न पाएकोमा आफुलाई निकै गर्व लागेको बताउनु भयो।
शिविरको नेतृत्व गर्दै विद्यालयका पुर्व विद्यार्थी तथा पुर्व विद्यार्थी समाजका अध्यक्ष डा. सुमन आचार्यले आफुले अध्ययन गरेको विद्यालय आफ्नो आमा बुवा सरह ग्रहण गर्दै आइरहेको आफ्नो खुट्टामा उभिन सिकाउने ठाउँलाई फिर्ता दिने प्रयास स्वरुप विद्यालयको गौरवमय स्वर्णमहोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको विचार व्यक्त गर्नु भयो। "हामी यही जन्मियौं, हुर्कियौं, अक्षर प्रारम्भ गर्यौं र जीवनका लागि अभिन्न सिकाई गराउने विद्यालयको ५० औं वार्षिक उत्सवको सन्दर्भमा हामीले पनि केही दिनुपर्छ" भन्ने पुर्व विद्यार्थीहरुको योजना अनुरुप निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको डा.आचार्यले बताउनु भयो।