१४ पुस, कञ्चन
नेकपा माओवादी केन्द्र, कञ्चन गाउ समितिको तेश्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले विनोद कुमार पुनको अध्यक्षतामा ३३ सदस्यिय नयाँ कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको छ।
अधिबेशनबाट तीन उपाध्यक्षमा कुमारी घर्ति मगर, तामलाल गिरी र तहलसिंह कुवँर निर्वाचित भएका छन भने सचिवमा यम नारायण शर्मा, सहसचिव राजेन्द्र यादव र कोषाध्यक्षमा सुमित्रा थापा निर्वाचित भएका छन।
यस्तै सदस्यहरुमा यम नारायण सापकोटा, सुकमाया दर्जी, कमला वि.क., तुल बहादुर सुनार, चन्द्र थापा, चित्रलाल चालिसे, दुर्गा वहादुर क्षेत्री, जित बहादुर पुन, लक्ष्मी गिरी, भोजराज उपाध्याय, मनी प्रसाद भट्टर्राई, विनाराम खडका, रुम वहादुर पुलामी, दिलिप थापा, तुल वहादुर काउचा, बेट वहादुर श्रीस, हरिलाल थापा, पवित्रा खत्री, जोगेन्द्र केवट, उमादेवी मगर, राधा गौतम, चन्द्र बहादुर क्षेत्री, सत नारायण थारु, लिला रोका क्षेत्री, रुदनाथ सुवेदीर भुमीकला वि.क. निर्वाचित भएका छन।
नवनिर्वाचित गाउँ समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मुहम्मद वक्किल मुसलमानले हरेक गाउँ र नगरहरुमा पुगेर जनताको चाहाना अनुसार जनतासंगै सामाजिक बिकास कार्यमा सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नु भएको थियो। नेता मुसलमानले माओवादीकै नीति अनुसार देशमा दलित, जनजाती, विपन्न, मुस्लिम तथा अल्पसंख्यक समुदायले पनि राज्यको हरेक निकायहरुमा आफ्नो प्रतिनिधित्व गर्ने अवसर पाएको बताउनु भयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जि.सी., लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य हिरा बहादुर रोका, क्षेत्रिय सदस्य मौसमी थापा मगर, प्रदेश समिति सदस्य हस्त बहादुर सावँर, प्रदेश सदस्य सोमनाथ पौडेल, भोलानाथ बस्याल लगायत वक्ताहरुले नेकपा माओवादीको १० बर्षे जनयुद्ध पछि प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्न नदिनका लागि पुरातनवादी संसदवादी दलहरु एक भएका लागेको उल्लेख गर्दै नेकपा माओवादीको नेतृत्वमा बनेको सरकारले भ्रष्टचारीहरुको फाइल खोल्दै कार्वाहीको प्रकृयालाई अगाडी बढाएर जनताको लोकप्रियता बढ्न थालेपछि नेकपा एमाले र नेपाली कांग्रेस अत्तालिएर प्रचण्ड नेतृत्व सरकारलाई ढलाएर दुई ठूला दलको गठबन्धन सरकार निर्माण भएको जिकिर गरेका थिए।
नेकपा माओवादी केन्द्र, कञ्चनका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कुमारी घर्तिले संचालन गर्नु भएको थियो भने सिताराम थारुले स्वागत गर्नु भएको थियो। कार्यक्रम रुद्रपुर सामुदायिक उपभोक्ता समितिको सभाहलमा सम्पन्न भएको थियो।