१६ असोज, कञ्चन
कञ्चन गाउँपालिकाका दुई आधारभूत बिद्यालयहले आफ्ना बिद्यार्थीहरुलाई स्थानीय पाठ्यक्रम अन्तर्गत हाम्रो कञ्चन बिषयमा समेटिएका बिषयहरुलाई ब्यबहारिक शिक्षाका लागि कञ्चनका बिभिन्न स्थानहरुको स्थलगत भ्रमण गराएका छन। बिद्यार्थीहरुले भ्रमणको क्रममा देखेका बिषयबस्तहरुलाई पाठ्यक्रमा समेटिएका बिषयहरुसंग व्यबहारिक बनाउन साृ भ्रमण गराएका हुन।
बिद्यार्थीहरुलाई पालिकामा स्वागत गर्दै कञ्चन गाउापालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउपालिका र पालिका भित्र रहेका बिभिन्न श्रोत, साधन र सांगठनिक संरचना तथा पालिकाको काम, कर्तब्य र क्षेत्राधिकारबारे जानकारी गराउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-10-02/031313696461685626_3678666429017717_5760327065334333987_n.jpg)
यस्तै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले स्थानीय सरकारको रुपमा रहेको कञ्चन गाउँपालिकाका जनप्रतिनीधिहरुको काम भनेको पालिकालाई कस्तो बनाउने भन्नेबारे बिभिन्न नीति, नियम, स्थानीय कानुन र कार्यविधि बनाउने हो भने जनप्रतिनीधिहरुद्वारा निर्माण भएका नीति, नियम, स्थानीय कानुन र कार्यविधिहरुको कार्यान्वय गर्ने काम र जिम्मेवारी कर्मचारीको भएको कुरा बिद्यार्थीहरुलाई जानकारी गराउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-10-02/031423658461782523_3678665409017819_6712111379410513238_n.jpg)
यसैगरी शिक्षा शाखाका प्रमुख रमेश भूसालले शिक्षा शाखाले कञ्चन शैक्षिक संस्थाहरुको अवलोकन, अनुगमन र नियमन गर्नुका साथै कञ्चनको शैक्षिक अवस्थालाई ककसरी राम्रो बनाउने भन्ने योजना, तालिम तथा गोष्ठीहरु संचालन गर्ने कार्यहरु गर्नेबारे जानकारी दिनु भयो।
बिद्यार्थीहरुले पढेर भन्दा प्रत्यक्ष रुपमा देखेर छिटो सिक्न सक्छन भन्ने कुरालाई आत्मसमत गर्दै हाम्रो कञ्चन नामक पाठ्यक्रममा समोबेश गरिएका बिषयबस्तुहरुसंग सम्बन्धित कञ्चनका धार्मिक स्थल, पर्यटकिय स्थल र पालिकाको कार्यलयमा भ्रमण गराइएको शिवशक्ती आधारभूत बिद्यालयका शिक्षक बिशाल क्षेत्रीले जानकारी दिनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-10-02/031505795IMG_4904.jpg)
बिद्यार्थीहरुको अवलोकन भ्रमणको क्रममा शिवशक्तीका मैना कुमारी कार्की, बिशाल क्षेत्री काजोल पुन र शिसुसदन आधारभूत बिद्यालयबाट श्रीधर भूसाल, दिपिका बुचा लगायत शिक्षक शिक्षिकाहरुले बिषयबस्तुबारे जानकारी दिनु भएको थियो। गाउँपालिकाको कार्यालयमा पुगेपछि बिद्यार्थीहरुले उपाध्यक्ष कौसमी थापा मगर, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, शिक्षा अधिकृत रमेश भूसाल लगायतलाई पालिकामा गठन हुने गाउँसभा र गाउँसभाको गठन प्रक्रिया, काम कर्तब्य र अधिकारबारे जिज्ञासा राखेका थिए।