१३ असोज, कञ्चन
रुपन्देही कञ्चनकी चेलिका भूजेल मगरले आफ्नो जन्म दिनको अवसरमा रुद्रपुर माद्यमिक विद्यालय, कञ्चन ४ अस्नैया रुपन्देहीका सुस्त मनःस्थिति भएका २४ जना विद्यार्थीहरुलाई आफैले खाना खुवाउनु भएको छ।
शिक्षा क्षेत्रमा केही गर्नु पर्छ भन्ने सोंच सहित एक महिना अगाडी आफ््नो बुवाको जन्म दिनको अवसरमा कञ्चनका १९ वटा सामुदायिक बिद्यालयहरुमा महाविर पुनद्वारा लिखित सम्झना, सपना र अविरल यात्रा नामक पुस्तक निःशुल्क पुस्तक वितरण गर्नु भएकी भूजेलले विद्यार्थीहरुलाई खाना खुवाउनु भएको हो।
लायन्स क्लव अफ कञ्चन लेडी बर्ष २०२४/०२५ का प्रथम उपाध्यक्ष समेत रहनु भएका भूजेलले विद्यालयमा पुगेर फलफुल सहित खाना खुवाउदै आफुलाई जन्म दिन होस या कुनै बिशेष दिनमा तडकभडक गरेर सामाजिक सञ्जालमा छाउने प्रवृति मन नपर्ने तर आफुले सकेको हरेक सेवामुलक कार्यहरुमा सदैव समर्पण गर्नमा तत्पर रहन मेरै बुवा गोपाल सिंह पुन मगरले प्रेरणा दिनु भएको स्मरण गर्नु भयो।
आफ्नो जन्म दिनमा लायन्स क्लव अफ कञ्चन लेडीले औपचारिक कार्यक्रम गरेर सेवा गर्ने भावनालाई अझ उजागार गरेकोमा धन्यवाद दिदै भूजेलले आफ्नो जन्म दिनमा केक काटेर भन्दा शिक्षाका लागि बिद्यालय पहुँचदेखि टाढा रहेका बालबालिकाहरुका लागि शिक्षाको दैलो उघार्न कम्तिमा १ जना बिद्यार्थीलाई भएपनि पेन्सिल, कापी, किताव र १ सेट बिद्यालय पोसाक दिएर उनिहरुको अनुहारमा आशाको किरण छर्नु पर्ने उल्लेख गर्नु भयो।
कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेश्नल ३२५ पी डिस्ट्रिक द्वितिय उपाध्यक्ष सन्दिप कसौधनले संसारभरका लायन्सहरुले तल्लो स्तरमा रहेर शिक्षा, स्वास्थ्य, वातावरणिय क्षेत्रमा जनताको सेवा गर्दा प्राप्त हुने खुशी र सन्तुष्टी अवार्ड र पुरस्कार भन्दा कम नभएको बताउनु भयो। सोही कार्यक्रममा डिस्ट्रिक उपाध्यक्ष कसौधनले मानव सेवामा समर्पित लायनस जमुना भण्डारी, दुर्गा राना र चेलिका भूजेललाई विभिन्न अवार्डहरुबाट सम्मानति गर्नु भएको थियो।
यस्तै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले जनताहरुलाई खुशी पार्नका लागि ठूला ठूला बिकास गरेको भाषण गरेर भन्दा उनिहरुको समिपमा रहेर केही समय दुःख र सुखका भलाकुसारी गरी बस्दा उनिहरुको अनुहारमा उज्यालो र आशाका किरणहरु देखा पर्ने बताउनु भयो। लायन्स चेलिका भूजेलले आफ्नो जन्म दिनमा मानसिक रुपमा सुस्त मनःस्थिति भएकाहरुलाई आफ्नै हातले खाना खुवाउनु पनि उनिहरुको मानसिक रुपमा सकारात्मक प्रभावको प्रयास गर्नु मानविय कार्यको सबैभन्दा ठूलो कार्य भएको बताउनु भयो।
कार्यक्रममा लायन्स चेलिका भूजेललाई जन्म दिनको शुभकामना दिदै रुद्रपुर माद्यमिपक विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलले जीवनको तेश्रो आँखाको रुपमा मानिएको शिक्षाको ज्योतिबाट टाढा रहेका विद्यार्थीहरुलाई बिद्यालयको पहुँच पुर्याउन हरेक सामाजिक अभियान्ताहरुले विद्यालयहरुमा स्थापना गरिएको अक्षयकोषहरुमा केक काट्ने र भोज भटेर खुवाउने खर्चको ५० प्रतिशत भएपनि हरेक बर्ष सम्भव भएसम्म रकम यदि रकम दिन नसके स्टेशनरी सामग्रीहरु सहयोग गर्न आग्रह गर्नु भयो। प्रधानाध्यापक पौडेलले रुद्रपुर माद्ययमिक बिद्यालयले बिद्यालय शिक्षको पहुँच देखि टाढा भएका र हुदै गरेका अवोध बालबािलकाहरुका लागि "मेरो BIRTHDAY मेरो समर्पण" नामक Happy Birthday Doanation Box कार्यक्रम संचालन गरेको र उक्त कार्यक्रमलाई सफल बनाउन र बिद्यालय शिक्षको पहुँच देखि टाढा भएका "मेरो जन्म दिनमा तिमीलाई शिक्षाको उज्यालो संसारतर्फ डोर्याउने प्रण, तिम्रो सुन्दर भविष्य निर्माणका लागि मेरो तर्फबाट" भन्ने उद्धरण सहित Happy Birthday Doanation Box मा आफुले सक्ने आर्थिक तथा भौतिक सहयोग गर्न बिशेष अनुरोध गर्नु भयो ।
यसैगरी रिजन प्रसन तथा लायन्स क्लव अफ कञ्चनका पुर्व अध्यक्ष शसिधर सापकोटाले मानव सेवाको उच्चत्तम कार्यको महत्वपुर्ण चरणलाई लायन्स चेलिका भूजेलले आफ्नो जन्म दिनमा विद्यार्थीहरुलाई खाना खुवाएर सेवाको नयाँ श्रेणी थप्न सहयोग गर्नु भएको बताउनु भयो। यस्तै जोन प्रसन सुशिला शर्माले हरेक लायन्सहरुले आफ्नो जन्म दिन र शुभ साइतहरुमा सेवासंग जोडिएका हरेक सेवामुलक कार्यहरुलाई प्राथमिकता दिर्द जानु पर्ने र सेवाका नयाँ नयाँ आयामहरु सृजना गर्नु पर्नेमा जोड दिनु भयो।
लायन्स क्लव अफ कञ्चन लेडिका अध्यक्ष सुशिला थापको अध्यक्षतामा भएको कार्यक्रममा विर्तमान अध्यक्ष रेनुका थापाले स्वागत गर्नु भएको थियो भने सचिव अनु शर्माले राष्ट्रिय झण्डाको सम्मान गर्नु भएको थियो। लायन्स क्लव कञ्चन बर्ष २०२४ २५ का अध्यक्ष किरण के.सी.ले धनयवाद ज्ञापन तथा कोषाध्यक्ष दुर्गा रानाले संचालन गर्नु भएको थियो।
कार्यक्रममा ग्लोवल सर्विस टिम कोअर्डिनेटर आशिष कृष्ण श्रेष्ठ, कार्यक्रम संयोजक जमुना भण्डारी, लायन्स कलव अफ कञ्चन लेडीका चार्टर प्रेसिडेन्ट मैना कार्की, लायन्सहरु थम सिंजाली, खगीसरा शर्मा, सुकमयाम दर्जी, रुद्रपुर माधयमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनाल, तिलक पौडेल लगायतको सहभगिता रहेको थियो।