१३ असोज, कञ्चन
कञ्चन महिला उद्यमी कृषि सहकारी संस्था कञ्चन ५ रुपन्देहीको चौथो साधारण सभा तथा दोश्रो अधिबेसन बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुलको सभाहलमा सम्पन्न भएको छ। शनिवार सम्पन्न अधिबेसनले हिमा बेलवासेको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ।
अधिबेशनले उपाध्यक्षमा इन्दिरा गौतम, सचिवमा मञ्जु पौडेल र कोषाध्यक्षमा दिपा गिरीलाई चयन गरेको छ। यस्तै सदस्यमा बोनी शर्मा, फुलमती थारु, उजेली बि.क., टीका आचार्य, सुस्मा गिरी, गिता कुमारी गैरे सापकोटा र लेखकला भट्टराईलाई चयन गरेको छ। सोही अधिबेशनबाटै संस्थाको लेखा सुपरिबेक्षण समितिको संयोजकमा सन्तोषी भण्डारी र सदस्यमा डिलादेवी सापकोटा र पदमा पौडेल चयन हुनु भएको छ।
अधिबेशनको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकालले जहाँ महिलाहरुके नेतृत्व र अगुवाई हुन्छ त्यहाँको समाज समुन्नत र अनुशासित हुने बिचार ब्यक्त गर्नु भयो। महिलाहरु नेतृत्वमा मात्र होइन नेतृत्व लिइसकेपछि नियमसंगत आफ्नो जिम्मेवारीलाई बहन गर्न र आफ्नो जिम्मेवारी प्रति सम्बेदनशिल भई कार्य गर्ने भएकोले जहाँ जहाँ महिलाहरुले नेतृत्व गरेका छन त्यहाँ प्रश्न उठाउने ठाउ नबनाउने मन्त्री ढकालले बताउनु भयो। महिलाहरुलाई सहकारीको माध्यमबाट संगठित गर्दै उनिहरुलाई उद्यमशिलता तर्फ प्रोत्साहित गर्न सक्यो भने महिलाहरु सहकारीकै माफैत स्वरोजगार र आत्मनिर्भर बन्ने उल्लेख गर्दै जव महिलाहरु स्वरोजगार र आत्मनिर्भर हुन्छन त्यो परिवार र समाज पनि हरेक पक्षबाट अव्वल र सवल बन्ने मन्त्री ढकालले बिश्वास ब्यक्त गर्नु भयो। मन्त्री ढकालले हरेक कार्य र उद्धेश्यलाई पुरा गर्नका लागि निश्चित योजना बनाएर अगाडी बढाउन सके सफल रुपमा अवतरण हुन सकिने भन्दै सहकारीका शेयर सदस्यहरुलाई बचत गर्नुको उद्धेश्य र कर्जा लिएपछि कर्जाको उपयोग कहाँ र किन गर्ने भन्नेबारे सहकारी शिक्षा मार्फत प्रशिक्षित गराउन आवस्यक रहेको र कञ्चन महिला उद्यमी कृषि सहकारी संस्थाले सहकारीको सिद्धान्त र मान्यता अनुरुप अगाडी बढ्ने समेत बिश्वास ब्यक्त गर्नु भयो।
यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले सहकारीले महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो। जव आर्थिक रुपमा सवल भयो भने त्यो ब्यक्तीको सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनैतिक पक्षहरुमा पनि राम्रो बनाउन सहज हुने उल्लेख गर्दै कञ्चन महिला उद्यमी कृषि सहकारी संस्थाले कञ्चनभरीका महिलाहरुलाईै जा्ेडेर महिलाहरुमा भएको उद्यमशिलतालाई ब्यबसायिकतामा परिणत गर्न उत्प्रेरित गर्न समेत उपाध्यक्ष थापा मगरले आग्रह गर्नु भयो।
यसैगरी वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले सहकारीको अर्थ आपसी सहकार्य हो, आपसी रुपमा गरिने सहकार्यले एक्लै गर्न नसकिने कार्यहरु सजिलै गर्न सकिने भएकोले गाउँ गाउँमा सहकारीको अवधारणा सफल हुदै आएको बताउनु भयो। स साना पुँजीलाई एक ठाउ जम्मा गरि गाउँमै उद्योग, कलकारखाना र बिभिन्न लगु उद्यमहरुको बिकास गरी रोजगारको सम्भावनालाई बलियो बनाउन सकिने भएकोले सहकारीलाई सहकारीको नीति, नियम, ऐन र मापदण्डमा रहेर स.स्थालाई अगाडी बढाउनु पर्ने वडा अध्यक्ष पौडेलले आग्रह गर्नु भयो।
कार्यक्रममा कार्यपालिका सदस्य सुशिला थापा, वडा सदस्य मिना बि.क., दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमित्रा बुढाथोकी, जिल्ला सहकारी संघका ब्यबस्थापक लक्ष्मी ज्ञवाली, कञ्चन सहकारी सञ्जालका अध्यक्ष पुष्पराज शर्मा, पव्रदेश कृषि सहकारी संघका अध्यक्ष नर बहादुर घर्ति लगायतले सहकारीको महत्व र सहकारीले समाजमा ल्याउने आर्थिक क्रान्ती र आत्मनिर्भरताका आधारहरुबारे बिचार ब्यक्त गरेका थिए।
साधारण सभाले संस्थाका अध्यक्ष हिमा बेलवासेद्वारा प्रस्तुत संस्थाको आ.व. २०८०/८१को बार्षिक प्रतिवेदन र लेखा सुपरिबेक्षण समितिका संयोजकबाट प्रस्तुत भएको लेखा प्रतिवेदन सर्बसम्मत अनुमोदन गरेको छ। संस्थाका अध्यक्ष हिमा बेलवासेको अध्यक्षतामा भएको साधारण सभामा उद्यमशिलता तथा महिला सशक्तीकरण उपसमितिका संयोजक उमा ढकालले स्वागत गर्नु भएको थियो भने सचिव मञ्जु पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो।