४ असोज, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा आधारभूत विद्यालय स्वास्थ्य शिक्षा शिविर तथा अभिमखीकरण कार्यक्रम शुरु भएको छ। कञ्चन गाउँपालिकाको आयोजना तथा आधुनिक समाज बिकास फाउण्डेशनको सहजिकरणमा उक्त कार्यक्रम शुरु भएको हो।
कञ्चनका सामुदायिक बिद्यालय अन्तर्गत ९ वटा आधारभूत विद्यालयका करिब १ हजार ५ सय विद्यार्थीहरुको दाँत, मुख र शारिरीक स्वास्थ्य सम्बन्धी जाँच तथा रोगको परिक्षण गरिने उक्त शिविरमा दन्त चिकित्सक डा. रक्षा अर्याल र डा अनु आचार्य, मेडिकल अफिसर डा. प्रविन श्रीस, पब्लिक हेल्थ सहजकर्ता सेजना बसयल, डेण्टल हाइजेनिक लक्ष्मी थापा लगायतको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्ने छन।
गौतमुबुद्ध आधारभूत विद्यालय, कञ्चन २ मटेरियामा कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउापालिकाका अध्यक्ष नवराज ढकालले विद्यार्थीहरुको स्वास्थ्य सम्वेदनशिलतालाई मध्यनजर गर्दै विद्यालयमै पुगेर उनिहरुमा भएको स्वास्थय समस्याको पहिचान र त्यसको निदानका लागि सहयोग पुर्याउन पालिकाले आधुनिक समाज बिकास फाउण्डेशनसंगको सहकार्यमा पिद्यालय स्वास्थ्य शिक्षा शिविर संचालन गरेको बताउनु भयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले आजका बालबालिका समाज रुपान्तरणको बलियो र भरपदो सम्वाहक भएकोले उनिहरुको स्वास्थ्य अवस्था र शारिरीक रुपमा हुन सक्ने स्वास्थ्य समस्याबाट सुरक्षित हुन स्वस्थ व्यबहारवारे स्वास्थ्य शिक्षा विद्यालय तहमा दिन सकिएको अवस्थामा जटिल रोगहरुबाट समयमै बचाउन सकिने उद्धेश्यका साथ पािलकाले बार्षिक नीति तथा कार्यक्रममा विद्याल स्वास्थ्य शिक्षालाई समावेश गरेको बताउनु भयो।
कार्यक्रमको औचित्यताबारे जानकारी दिदै कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले स्वास्थ्य विना स्वस्थ समाजको कल्पना सम्भव नहुने भएकोले भोलीको सामजलाई स्वस्थ बनाउन आजै देखि स्वास्थ्यमा लगानी आवस्यक पर्ने उल्लेख गर्नु भयो । विद्यार्थी र अभिभावकहरुले विद्यालय समयमा आफ्नो स्वास्थ्य परिक्षण गराउन अस्पताल तथा स्वास्थय केन्द्रहरुमा जान नसक्ने भएकोले विद्यालयमा पुगेर विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गराउन विद्यालय स्वास्थ्य शिक्षा शिविर सहित स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख गौतमले बताउनु भयो।
कार्यक्रमको सहजिकरण आधुनिक सामाज बिकास फाउण्डेशनका अध्यक्ष माधव सापकोटाले गर्नु भएको थियो। शिविर असोज १४ गतेसम्म संचालन हुने छ। गत बर्ष माध्यमिक तहका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो।