३ असोज, कञ्चन
सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघ, कञ्चन रुपन्देहीले कञ्चनका १९ वटा सामुदायिक विद्यालयका व्यबस्थापन समितिका पदाधिकारीहरुका लागि एक दिने नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ।
अभिमुखीकरण कार्यक्रममा उत्प्रेरक प्रशिक्षक तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष राजन पौडेलले बिद्यालय व्यबस्थापन समितिको बैठक र निर्णय लेखन तथा व्यवस्थापन समितिका पदाधिकारीको काम, कर्तब्य र अधिकार कहा कतिबेला र कसरी प्रयोग गर्ने भन्नेबारे प्रशिक्षण दिनु भएको थियो। प्रशिक्षा पौडेलले कार्यक्रममा बैठकको प्रकृति र त्यसको नेतृत्व क्षमता र व्यबस्थापन समितिका पदाधिकारीहरुबाट शिक्षक, अभिभावक र बिद्यार्थीहरुले गर्ने अपेक्षा तथा उत्कृष्ट र आकर्षक बिद्यालयको रुपमा स्थपित गर्न पदाधिकारीको भूमिका र जिम्मेवारीको बारेमा अभिमुखीकरणात्मक प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रममा सहभागी विद्यालय व्यबस्थापन समितिका पदाधिकारीहरुलाई निर्देशनात्मक बिचार ब्यक्त गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले व्यवस्थापन समितिको काम, कर्तब्य र अधिकार भनेको विद्यालयको भौतिक पुर्वाधार शैक्षिक स्तर बृद्धि गर्नमा आवस्यक पर्ने श्रोत साधनहरुको सही रुपमा व्यवस्थापन गर्ने भएको उल्लेख गर्नु भयो। विद्यालयको शैक्षिक स्तरलाई राम्रो बनाउन पालिकाले निजी प्रकाशन गृह तथा शिक्षा विभागबाट समेत बिषयगत प्रशिक्षकहरुलाई शिक्षक तालिम प्रदान गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले राजयले शिक्षामा गरेको लागनी अनुरुप प्रतिफल दिनमा व्यबस्थापन समितिको नियमित अनुगमन र उचित समयमा उचित निर्णय लिएर अगाडी बढ्नु पर्ने बताउनु भयो।
यस्तै विद्यालय व्यबस्थापन समिति महासंघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका अध्यक्ष सरद भट्टराईले विद्यालयलाई कस्तो बनाउने र शिक्षकहरुलाई आफ्नो शिक्षण पेशाप्रति उत्तरदायी बनाउने जिम्मेवारी पनि व्यबस्थापन समितिको कर्तब्य रहेको बताउनु भयो। शान्ती नमुना माद्ययमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष समेत रहनु भएका भट्टराइले परमपरागत नेतृत्व र व्यबस्थापन विद्यालयको शैक्षिक र भौतिक पुर्वाधार बिकास हुन नसक्ने र आफुसंग भएको न्यून श्रोत साधानहरुको अधिक्तम उपयोग गरेर नमुना विद्यालय बनाउन सक्ने नेतृत्वको मात्र लामो समयसम्म चर्चा भइरहने बताउनु भयो।
यसैगरी सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघ रुपन्देहीका अध्यक्ष युवराज गुरुङ्गले विद्यालय व्यबस्थापन समितिको नेतृत्वमा आफु आएपछि विद्यालयको शैक्षिक र भौतिक पुर्वाधार बिकासका लागि योजना निर्माण गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो। नाम मात्रको पदाधिकारी भएर विद्यालय र विद्यार्थीहरुको भविष्य सुन्दर बनाउन नसकिने भन्दै अध्यक्ष गुरुङ्गले आफु विद्यालय प्रति प्रतिवद्ध र योजनामा आधारित नेतृत्वको बिकास गर्न सकेमात्र शिक्षक, विद्यार्थी र अभिभावकहरुले गरेको अपेक्षा अनुरुप अगाडी बढ्न सकिने बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघ कञ्चनका अध्यक्ष चुडामणी पौडेलले विद्यालय बनाउने योजना, सही दृटिकोण र सोंच भएको तर त्यसको परिचालन गर्नमा नेतृत्व र क्षमतामा कमी भएकै कारण जिवनमा प्राप्त गरेको नेतृत्व असफल हुने बताउनु भयो। "नेतृत्व गर्छु" भनेर मात्र नहुने भन्दै अध्यक्ष पौडेलले नेतृत्वमा हुनुपर्ने गुणहरुको अभावका कारण समितिको बैठक पनि अनिर्णय बन्ने, भएको निर्णयको सही रुपमा कार्यानवयन नहुने जस्ता कमजोरीहरु दोहोरिने भएकोले कञ्चन गाउपालिकाको आर्थिक सहयाृगमा विद्यालयय व्यबस्थापन समितिका पदाधिकारीहरुलाई नेतृत्व बिकास र क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखीकरणात्मक कार्यक्रमको आयोजना गरिएको बताउनु भयो। प्रगती नुमना माध्यमिक बिद्यालय व्यबस्थापन समितिको अध्यक्ष समेत रहनु भएका अध्यक्ष पौडेलले काम गर्ने इच्छाशक्ती भएका हरेक नेतृत्वहरुले थोरैमात्र भएपनि नेतृत्वका गुणहरुबारे जानकारी हुन सक्यो भने आफ्नो क्षेत्रमा अव्वल नेतृत्व सावित भएका निस्किन सकिने बताउनु भयो।
कञ्चन गाउापालिकाको सहयोगमा भएको कार्यक्रममा सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघ कञ्चनका अध्यक्ष चुडामणी पौडेलको अध्यक्षता, दुर्गा माध्यमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष तथा महासंघका उपाध्यक्ष यम बहादुर कार्कीका स्वागत तथा हरैया माद्ययमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष तथा महासंघका सचिव मेघनाथ पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो। कञ्चन गाउपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघ कञ्चनको सल्लाहकारमा लुम्बिनी ज्ञाननिकेतन माद्ययमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेल, शान्तीभूमि आधारभूत विद्यालय व्यबस्थापन समितिका अध्यक्ष देविराम रेग्मीलाई र भैसाही माद्ययमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विष्णु थारु,लाई मनोनयन गरिएको मनोनयन पत्र प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरुको तर्फबाट विजय शर्मा पौडेलले समेत आफ्नो बिचार ब्यक्त गर्नु भएको थियो।