२ असोज, कञ्चन
रुपन्देहीको कञ्चन गाउापालिकामा पोषण मार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत पालिका स्तरीय सल्लाहकार समिति एवं पोषण तथा खाध्य सरक्षा निर्देशक समिति संगको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी वक्ताहरुले कञ्चनलाई कुपोषण मुक्त पालिका बनाउन पालिकाका बिषयगत तथा सरोकारवाला शाखा प्रमुखहरुको सहकार्य, समन्वय र आपसी सहयोगको अनिवार्यतामा जोड दिएका थिए।
कञ्चन गाउँपालिकामा रहेका बालबालिकाहरुको पोषण तथा खाध्य आहारमा अन्य स्थानीय तहरुमा भन्दा सुरक्षित र पोषणयुक्त बनाई कुपोषण मुक्त पालिका बनाउन पालिकाको बिशेष योजना भएको कञ्चन गाउँपालिकाका अध्यक्ष नवारज ढकालले बताउनु भयो। कञ्चन गाउापालिका स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिका अध्यक्ष समेत रहनु भएका अध्यक्ष ढकालले पोषण कार्यक्रमलाई ब्यबस्थित र प्रवाकारी बनाउन पालिका भित्र रहेको कृािष, पशु, स्वास्थ्य, शिक्षा, आर्थिक प्रशासन, योजना र सामाजिक बिकास शाखाहरुले पोषणयुक्त पालिका निर्माणका लागि आवस्यक पर्ने इन्डिकेटरहरु पुरा गर्न योजनाबद्ध रुपमा कार्य गर्न गराउन निर्देशन समेत दिनुभयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले आफ्ना नानीबाबुहरुलाई स्वस्थ रुपमा हुर्काउन आवस्यक पर्ने पोषणयुक्त खानेकुराहरुको निर्माण गर्न स्थानीय रुपमा उपलब्ध हुने श्रोत साधानहरुको अधिक्तम उपयोगमा ध्यान दिन सके कञ्चनलाई कुपोषण मुक्त पालिका बनाउन समस्या नहुने बचाउनु भयो। स्वास्थ्यको मुख्य श्रोत आमा भएकोले आमाले नै आफ्नो गर्भमा बच्चा भएदेखि स्वस्थ बानी ब्यबहार अवलम्बन गर्दै पोषणयुक्त खानेकुराहरुमा जोड दिनपनि पोषण शिक्षा आवस्यक रहेको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले कञ्चनलाई हरेक क्षेत्रबाट समुन्नत बनाउन हरेक पक्षको सहकार्य र समन्वय अनिवार्य हुने उल्लेख गर्दै पालिकाको आफ्नो कर्तब्य र जिम्मेवारीको काम भएपनि साझेदार संस्थासंगको सहकार्यले कञ्चनलाई पोषण कार्यक्रममा सवल बनाई कुपोषणयुक्त पालिका बनाउन अझ सहज हुने बताउनु भयो।
कञ्चन गाउापालिका स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिकाका सदस्य तथा वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले पोषणयुक्त खाध्य सामग्रीको निर्माण तथा उत्पादनका लागि सबैभन्दा पहिले आफ्नो घरबाट स्वस्थता आहार बिहारमा परिवर्तन ल्याउनु पर्ने र बालबालिकाहरुका लागि सबैभन्दा नजिकको स्वास्थ्यकर्मीको रुपमा आमा नै भएकोले आमाले नै आफु गर्भवती हुँदा देखिनै स्वस्थ र पोषणयुक्त खानपानमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो।
कार्यक्रममा सेतो गुराँस बाल बिकास सेवा रुपन्देहीका कार्यक्रम संयोजक मिनु पुन श्रेष्ठले संस्थाले कञ्चनमा संचालन गर्ने पोषण र खाध्य सुरक्षा सुरक्षा र बर्तमान अवस्थामा कुपोषण बालबालिकाहरुको स्वास्थ्य अवस्थाबारे अभिमुखीकरण गर्नु भएको थियो भने सेतो गुराँस बाल बिकास सेवा रुपन्देहीका कृषि तथा पोषण अधिकृत प्रदीप राज पाण्डेले आफ्नै घरमा उत्पादित खाध्यबस्तुहरुबाट निर्माण गर्न सकिने पोषण बारे अभिमुखीकरण गर्नु भएको थियो। कार्यक्रममा हेलेन केलरका जितेन्द्र कोहाँरले नेपालमा कुपोषित बालबालिकाहरुको अवस्थाा र उनिहरुमा देखा पर्ने शारीरिक, मानसिक तथा मनोसामाजिक समस्या र त्यसले पार्ने असर र प्रभावबारे जानकारी दिनु भएको थियो।
कञ्चन गाउापालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले कार्यक्रमको सहजिकरण गर्दै कञ्चनमा पोषण तथा खाध्य सुरक्षा सम्बन्धी पालिका तथा वडास्तरीय योजना र उपलब्धीबारे जानकारी दिनु भएको थियो। कञ्चन गाउपालिकाको सभाहलमा भएको कार्यक्रममा सेतो गुराँस बाल बिकास सेवा केन्द्र रुपन्देहीका अध्यक्ष ओमी पुन, उपाध्यक्ष उमा भण्डारी, सहजकर्ता सविना पाण्डे, भवि क्षेत्री, मुना कुवँर, गोपाल पराजुली, चेतन ज्ञवाली, कञ्चन गाउपालिका स्तरीय पोषण तथा खाध्य सुरक्षा निर्देशक समितिकाका सदस्य जुना परियार, अम्बिका पुन, वडा अध्यक्षहरु, बिषयगत शाखा प्रमुखहरुको सहभगिता रहेको थियो।