१ असोज, कञ्चन
रुपन्देहीको कञ्चनले गत भदौ २६ गते देखि शुरु भएको ५ दिने उपभोक्ता समितिका पदाधिकारीहरु योजना संचालन सम्बन्धी तालिम हिजो सम्पन्न भएको छ। कञ्चनका ५ वटै वडामा गठित बिभिन्न योजना तथा कार्यक्रम संचालन सम्बन्धी उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सञ्चालन सम्बन्धी कार्यविधि, मापदण्ड, कार्य सम्पादन, कार्य मुल्यांकन र उपभोक्ता समितिको काम्, कर्तब्य र अधिकारबारे तालिममा प्रशिक्षण दिइएको थियो।
तालिमको समापन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले पालिकाले संचालन गर्ने हरेक योजनाहरुको पार्दशिता, मितव्ययिता, ब्यस्थित र स्थानीयहरुको अपनत्व बढाउने उद्धेश्यका साथ उपभोक्ता समितिका पदाधिकारीहरुलाई उनिहरुले संचालन गर्ने योजनाका बारेमा सहजिकरण गर्न तालिम संचालन गरिएको बताउनु भयो। आफुले गरेका हरेक कार्यहरुको जवाफदेहिता पनि आफु नै हुनुपर्ने उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले हरेक योजनाका उपभोक्ता समितिहरुबाट कार्यान्वय हुने योजनाहरुको गुणस्तरियता, दिगोपना र संरक्षणको अपनत्व पनि स्थानीय उपभोक्ताहरु नै हुने भएकोले साना साना योजनाहरुलाई उपभोक्ता समिति मार्फत कायर्नन्वय गर्ने पालिकाले नीति अख्तियार गर्दै आइरहेको समेत बताउनु भयो। आफ्नो सहभागिता सहित हुने कुनै पनि बिकासका योजनाहरु प्रति बढी उत्तरदायी, माया र नियमनमा समेत अधिकार हुने भएकोले योजना संचालनका आधारभूत बिषयहरुबारे उपभोक्ता समिति र स्थानीयहरुलाई जानकारी हुनुपर्ने उपाध्यक्ष थापा मगरले उल्लेख गर्नु भयो।
यस्तै प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले स्थानीय श्रोत साधनको अधिक्तम उपयोग गरी स्थानीयहरुकै प्रत्यक्ष सहभागितामा योजनाहरुको कार्यान्वयन गर्दा ती सार्वजनिक योजनाहरुको संरक्षणमा बढी अपनत्व बढ्ने भएकोले सरकारले उपभोक्ता समितिको अवधारणा ल्याएको बताउनु भयो। उपभोक्ता समिति मार्फत बिकासकमाा योजनाहरु संचालन गर्दा बेरोजगारहरुलाई रोजगारको अवसर प्राप्त हुने र आफ्नो गाउँ आफै बनाउनु पर्छ भन्ने अवधारणाको बिकासलाई संस्थागत गर्न पनि उपभोक्ता समितिको अवधारणा आएको उल्लेख गर्दै प्रमुख प्रशासकिय अधिकृत गौतमले सरकारको अवधारणा अनुसार उपभोक्ता समिति मार्फत कार्य नभई आपसी मिलेमतोमा निर्माण ब्यबसायी मार्फत कार्य गर्ने प्रचलन बढ्दै गइरहका कारण बिद्युतिय बेलपत्रका आधारमा बिकास कार्यलाई अगाडी बढाउने अवधारण सरकारले ल्याइरहेको समेत बताउनु भयो। उपभोक्त मार्फत गरिने बिकास कार्यहरु उपभोक्ता समितिको काम, कर्तब्य र अधिकार भित्र रही उपभोक्ताहरुको लागत सहभागितामा कार्य गर्न गराउन उत्प्रेरित गर्न वडातहमै पुगेर उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना संचालन र कार्यान्वयनबारे तालिमको आयोजना गरिएको समेत प्रमुख प्रशासकिय अधिकृत गौतमले बताउनु भयो।
तालिममा लेखा अधिकृत सन्तोष गैरे, ईन्जिनियर सुबोध ज्ञवाली, योजना शाखा प्रमुख चन्द्रमणी घिमिरे, सूचना अधिकृत अनिल थापा लगायतले उपभोक्ता समिति मार्फत संचालन तथा कार्यान्वय गर्नु पुर्व पुरा गर्नु पर्ने मापदण्ड, योजना संचालन पछि योजनालाई दिगो र गुणस्तरिय बनाउन आवस्यक पर्ने सामग्री, श्रोत साधन, जनसहभागिता, सिमा र अनुगमनको प्रभावकारिता, बिल भपाई तथा लेखा प्रणाली, कार्य सम्पालन तथा मुल्यांकनका लागि आवस्यक पर्ने कागजात, उपभोक्ता समितिको भुमिका र दायित्वबारे प्रशिक्षण दिनु भएको थियो।
र्काक्रमको अध्यक्षता गर्दै वडा नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले पालिकाको समुन्नतका लागि वडामा संचालन हुने बिकास योजनाहरु ब्यबस्थित र गुणस्तरिय हुने पर्नेमा जोड दिनु भयो। स्थानीयहरुको सक्रिय सहभगिताले मात्र हरेक क्षेत्रहरुको समुचित बिकास र त्यसको प्रभावकारिता पनि हुने बताउदै उपभोक्ता समिति र टोल बिकास संस्था सरकार र स्थानीय बिचको पुलको कार्य गर्ने स्थानीय सरकारको अभिन्न अंग भएको समेत वडा अध्यक्ष थारुले बताउनु भयो। गाउँमा के कस्तो र कसरी बिकास गर्दा प्रभावकारी र स्थानीयहरुले प्रत्यक्ष लाभ लिन सक्छन र त्यसको दिगोपनाको आधारहरु के के हुन सक्छन भन्नेबारे स्थानीयहरुलाई अनुभव र जानकारी हुने भएकोले जनप्रतिनीधि र कर्मचारीहरुलाई समय समयमा जानकारी दिएमा बजेट ब्यबस्थापन र योजना निमार्ण गर्न सहज हुने वडा अध्यक्ष थारुले बताउनु भयो।
वडा नं. १ को सभाहलमा भएको कार्यक्रममा वडा सचिव मधुकला घर्तिले संचालन गर्नु भएको थियो भने वडा सदस्य लेखा राहादीले स्वागत गर्नु भएको थियो।