३१ भदौ, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकाले उपभोक्ता समितिहरुका लागि संचालन गरेको योजना संचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको चौथो दिन वडा नं. २ मा संचालन गरिएको छ। वडा नं. २ का उपभोक्ता समितिहरुका लागि योजना संचालन गर्नु पुर्व पुरा गर्नु पर्ने मापदण्ड र प्रकृयाबारे बिषयगत शाखा प्रमुख तथा अधिकारीहरुले अभिमुखीकरण गरेका छन।
वडा नं. २ मा संचालन हुने बिभिन्न योजनाहरु कार्यानवयनका लागि गठित भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समुन्नत कञ्चन, सुखी कञ्चनवासी भन्ने पालिकाको नारालाई सार्थक बनाउन उपभोक्ता समितिबाट संचालन गरिने योजनाहरुको गुणस्तरियता र दिगोपनालाई प्राथमिकता दिनु पर्ने बताउनु भयो। भौतिक पुर्वाधार बिकासलाई दिगो र अपवनत्व बनाउन कञ्चनवासीमा मानविय र सकारात्मक सोंचको बिकास हुन आवस्यक पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले अरुको भरमा नभई आफ्नो लागत सहभागितामा बृद्धि गर्न उत्प्रेरित गर्न सकेमात्र कुनै पनि योजना र बिकासको अपनत्व पनि स्थानीयको अपनत्व हुने बताउनु भयो।
यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले आफ््नो गाउठाउँमा आएको योजनाहरुलाई पारदर्शी र दिगो बनाउन जनश्रमदान र लागत सहभागिता आवस्यक रहेको बताउनु भयो। आफु सहभागी नभई भएका कुनैपनि बिकासमा संरक्षण र अपनत्व लिने भुमिका कमजोर हुने उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले उपभोक्ताहरुको सहभागितालाई स्थानीय तहले बढी प्राथमिकता दिदै आइरहेको बताउनु भयो।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले आफ्नो गाउँ आफै बनाउन भन्ने सामाजिक चिन्तनलाई ब्यबहारमा उतार्न उपभोक्ता स्वयमको नै प्रत्यक्ष र सक्रिय सहभागिता अनिवार्य रहनेमा जोड दिनु भयो। उपभोक्ता समितिलाई आफुले संचालन गर्ने योजना कार्यान्वयन गर्न र गराउन सहज होस भन्ने उद्धेश्यले वडा वडामा पुगेर वडागत रुपमा गठन भएका उपभोक्ता समितिहरुलाई योजना संचालनका प्रकृया, मापदण्ड र उपभोक्रा समितिको काम, कर्तब्य र अधिकारबारे अभिमुखीकरण कार्यक्रम संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत गौतमले बताउनु भयो ।
यस्तै कार्यक्रममा लेखा अधिकृत सन्तोष गैरेले योजना संचालन पश्चात कार्य सम्पादन पछि हुने भुक्तानी र भुक्तानी लिन पुरा गर्नु पर्ने पकृया र कर प्रणालीबारे अभिमुखीकरण दिनु भएको थियो भने पुर्वाधार शाखा प्रमुख सुबोध ज्ञवालीले योजना संचालन गर्दा अपनाउनु पर्ने सतर्कता, निर्माण समाग्रीहरुको बैधता, गुणस्तरियता, लागत अनुमानको अध्ययन र जिम्मेवारी तथा कार्य सम्पादनबोर अभिमुखीकरण दिनु भएको थियो।
वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले आफ्नो ठाउँको बिकास आफैले आफ्नै सहभागितामा बनाउने र आफुले गरेको हरेक बिकास योजनाहरुको गुण्णस्तरियता, लागत सहभागिता र दिगोपनको नियमित अनुगमन गर्नु पर्ने बताउनु भयो। काम गर्दा हुने समस्याहरुबारे जनपै्रतिनीधि, सम्बन्धित कर्मचारी तथा टोल बिकास संस्थाका अध्यक्ष वा प्रतिनीधिहरुलाई समयमै जानकारी गराउन सके ती समस्याहरुको समाधान तत्काल गर्न सकिने वडा अध्यक्ष गुरुङ्गले बताउनु भयो।
कार्यक्रममा योजना शाखा प्रमुख चन्द्रमणी घिमिरेले उपभोक्ता समितिको गठन, त्यसको जिम्मेवारी, काम, कर्तब्य र अधिकार तथा अपनत्वबारे अभिमुखीकरण दिनु भएको थियो। वडा नं. २ को सभाहलमा भएको कार्यक्रममा सहभागी उपभोक्ता समितिका पदाधिकारीहरुलाई सम्बोधन गर्दै कञ्चन गाउापालिकाका प्रवक्ता चित्र तुलाचनले उपभोक्ता समितिले गर्ने हरेक कार्यहरु पारदर्शी र गुणस्तरिय हुने बिश्वास रहेको बताउनु भयो। जहाँ जहाँ उपभोक्ता मार्फत योजना संचालन गरिएका छन ती योजनाहरुको अपनत्व र दिगोपनाको सुनिश्चित्ता हुने उल्लेख गर्दै प्रवक्ता तुलाचनले आफु प्रत्यक्ष संलग्न भई गरेका हरेक बिकास योजनाहरुको माया र संरक्षण गर्नु पर्छ भन्ने भावनाको बिकास हुने भएकोले सम्भव भएसम्म हरेक योजनाहरुलाई उपभोक्तामैत्री बनाउने स्थानीय तहको उद्धेश्य रहेको बताउनु भयो।
कार्यक्रम वडा सचिव लक्ष्मी शर्माको सहजिकरणमा सम्पन्न भएको हो।