२२ भदौ, कञ्चन
रुपन्देहीको गैडहवामा किशोरकिशोरी सशक्तीकरणका लागि सम्वाद कार्यक्रम (साथी) सम्मलेन २०८१ सम्पन्न भएको छ। सम्मेलन सहभागी किशोर किशोरीहरुलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकालले सचेत र शिक्षित युवाहरुले देश र जनताका लागि राजनीति क्षेत्रमा लाग्नु पर्नेमा जोड दिनु भएको छ।
देशमा केही छैन भनेर निराशा बोकेर बिदेश जाने लहडलाई तोड्नका लागि स्वदेशमै उच्च शिक्षा हासिल गरी स्वदेशमै बसेर देशको आर्थिक पक्षलाई बलियो बनाउने स साना उद्यम, व्यबसाय र सिपमुलक कार्यहरु गर्नु पर्ने मन्त्री ढकालले बिचार ब्यक्त गर्नु भयो। केही छैन "केही छैन" भनेर होइन की "यहाँ सिप, क्षमता, केही गर्छु" भन्ने दृढ ईच्छा शक्ती भएकाहरुका लागि स्वदेशमै थुप्रै अवसर र उत्तिकै चुनौती छ भनेर चुनौतीको सामना गर्दै अवसरलाई सदुपयोग गर्न जरुरी रहेको मन्त्री ढकालले बताउनु भयो।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईले कुनै पनि क्षेत्रलाई समाजले समेत अपनत्व लिनेगरी संचालन गरिने कार्यक्रमहरुले प्रभावकारिता पाउने बताउदै सुनगाभा सामुदायिक बिकास केन्द्रको सहयोगमा साथी सञ्जालहरुले गरेका गतिविधिहरु जिल्ला भरिमै चर्चाको बिषय बनिरहेको बताउनु भयो। असल समाज निर्माणमा साथी सञ्जालको भुमिकालाई अझ बढाउनु पर्ने समेत अध्यक्ष चापागाईले जोड दिनु भयो।
यस्तै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैडहवालाई नमुना स्थानीय तह बनाउन गैडहवामा भएका दाइजो प्रथा, बालविबाह मुक्त र उत्पादनमुखी पालिका बनाउन सुनगाभा सामुदायिक बिकास केन्द्र र साथी सञ्जालले पुराएको योगदानलाई पालिकाको मुख्य प्राथमिकतामा राख्दै आइरहेको बताउनु भयो। आफु बैदेशिक रोजगारमा बिदेश जान बैंकले ऋण दिन नसकेपछि २ लाख रुपैयाबाट शुरु गरेको व्यबसायले रुपन्देहीमै गणनायोग्य व्यबसायको रुपमा स्थापित भएको स्मरण गर्दै देशमै अवसर र चुनौती दुबै भएको अध्यक्ष पौडेलले बताउनु भयो। सुनगाभा सामुदायिक बिकास केन्द्र र स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा किशोर किशोरीहरुको सशक्तीकरणका लागि गैडहवामा बिभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरेर उनिहरुको ब्यक्तित्व र नेतृत्व बिकासमा अतिनै प्रशंसनिय कार्य गरेको अध्यक्ष पौडेलले बताउनु भयो।
यसैगरी कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समाजमा बिभिन्न असामाजिक कृयाकलापबाट टाढा राख्न सुनगाभा सामुदायिक बिकास केन्द्रले किशोरकिशोरीहरुलाई सम्बाद कार्यक्रम मार्फत संचालन गरेका हरेक कार्यहरु समाजका लागि अतिनै उदाहरणिय कार्य भएको बताउनु भयो। किशोरकिशोरीहरुलाई बिकृति र बिसंगती अनि लागु औषध दुर्ब्यसनीबाट सुरक्षित राख्न किशोरकिशोरीहरुबाटै संचालन गरिएका प्राय कार्यक्रमहरुले सम्मुनत समाज निर्माण गर्न सहयोग गर्ने अध्यक्ष ढकालले बिश्वास ब्यक्त गर्नु भयो।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले किशोरकिशोरीहरुलाई शिक्षा, स्वास्थ्य, सामाजिक सरोकारहरुमा सशक्तीकरण गर्दै नयाँ पुस्तमा अव्वल, सवल र असल नेतृत्व बिकासमा साथी सञ्जालले संचालन गरेका सृजनात्मक र चेतनामुलक कार्यक्रमहरुको समाजमा सकारात्मक प्रभाव परिरहेको बताउनु भयो। बिशेषगरी बाल बिबाह र दाइजो प्रथा बिरुद्ध संचालन गरिएका सबैखाले कार्यक्रमहरुले समाजलाई बहसमा उतारेको र साथी सञ्जालमा हरेक पटक नयाँ नयाँ चुनौतीहरु पनि थपिदै गएको उल्लेख गर्दै उपप्रमुख हरिजनले समाजलाई समतामुलक बनाउन साथी सञ्जाललाई सबैपक्ष र सारोकारवालाहरुको सहयोग र साथ रहिरहनु पर्नेमा जोड दिनु भयो।
सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देही र स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा भएको सम्मेलनमा दीगो बिकासका लागि युवा सहभागिता र सहकार्य आवस्यकता र अपहिार्यता बिषयक सामुहिक छलफल समेत गरिएको कार्यक्रममा डा. आविस्कार पराजुलीले सहजिकरण गर्नु भएको थियो। कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरिकेश लोध, कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, गैडहवा गाउँपालिका वडा नं. ५ का विजय शर्मा र वडा नं. ९ का वडा अध्यक्ष मिना थापा क्षेत्री, लुम्बिनी प्रदेश स्तरीय किशोर किशारी युवा सञ्जालका निर्वतमान अध्यक्ष द्वारिका हरिजन, लुम्बिनी प्रदेश स्तरीय युवा परिषदका निवर्तमान उपाध्यक्ष गोविन्द के.सी. सिद्धार्थ सामाजिक बिकास केन्द्र, कपिलबस्तुका निवर्तमान अध्यक्ष तेज प्रसाद आचार्यले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
गैडहवाका साथी सञ्जालका अध्यक्ष सरिता कुमार हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा शुद्धोधन, गैडहवा, लुम्बिनी सांस्कृतिक नगरपालिका र कञ्चन गाउपालिका स्तरीय ४ वटा साथी सञ्जालद्वारा बिभिन्न सचेतनामुलक सडक नाटक, नृत्य र आयमुलक कार्यक्रम अन्तर्गत बिभिन्न उत्पादनहरुको प्रदर्शनी समेत गरेका थिए। रुपन्देहीको ४ वटा स्थानीय तहमा गठन भएका वडा तथा पालिका स्तरीय साथी सञ्जालमा करिब ५ हजार भन्दा बढी किशोर किशोरीहरु आवद्ध रहेका छन। अहिलेसम्म वडास्तरीय १४ वटा र पालिका स्तरीय ४ वटा गरी १८ वटा साथी सञ्जालहरु कृयाशिल रहेका छन।
सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देही र स्ट्रोम फाउण्डेसन नेपालको सहयोग, कञ्चन, गैडहवा, शुद्धोधन, लुम्बिनी सांस्कृतिक नगरपािलका र लुम्बिनी प्रदेश स्तरीय किशोरकिशोरी तथा युवा सञ्जालको समन्वयमा भएको सम्मेलनको आयोजना साथी सञ्जालले गरेको थियो। कार्यक्रममा कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीको स्वागत तथा लुम्बिनी साथी सञ्जालका सचिव श्याम कुमार यादव र हामी सक्छौ साथी सञ्जालका पुजा सुनारले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रम गैडहवाको सिद्धार्थ रिसोर्टमा भएको थियो।