२० भदौ, कञ्चन
रुपन्देहीको कञ्चनमा २२ औं निजामती दिवसको पुर्वसन्ध्यामा बिभिन्न प्रजातीका बिरुवाहरु रोपण गरिएको छ। कञ्चन गाउपालिकाको कार्यलय परिसरमा सौन्दर्यकरण कार्यक्रम अन्तर्गत स्वामी, हेज प्लान्ट, मखमली र बाह्रमासे फुलका विरुवाहरु रोपण गरिएको हो।
बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै अन्य कञ्चन गाउापँलिकाका अध्यक्ष नवारज ढकालले स्थानीय तहहरुमा भन्दा कञ्चनको सेवा प्रवाहलाई पारदर्शी, नियमित असल शासनको प्रत्याभूति हुनेगरी कार्यगर्ने स्थानीय तहको रुपमा बिकास गर्न सबै कर्मचारीहरुमा उर्जा थपिने बिश्वास ब्यक्त गर्नुभयो। पालिकाको हरेक सेवालाई जनमुखी र नीति, कानुन र ऐनमा रहेर झनझटरहित गुणस्तरीय सेवा प्रवाहमा कसैले पनि कन्जुसाई नगरी नागरिकमैत्री सेवा दिदै पािलकालाई उत्कृष्ट स्थानीय तहमा स्थापित गराउन सबैको सहकार्य, समन्वय र पारस्परिक सहयोगलाई प्राथमिकता ध्यान दिनु हरेक निजामती कर्मचारीहरुबाट जिम्मेवारी बहन गर्न सके सेवा दिवसको सार्थकता रहने अध्यक्ष ढकालले बिचार ब्यक्त गर्नु भयो।
यसैगरी प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले अहिलेसम्म कर्मचारीहरुको भविष्य के हो?, हाम्रो उत्तरदायित्वहरु के के हुन? अधिकार क्षेत्र के के हुन भन्ने सबै तहका कर्मचारीहरुको सम्मान र सम्बोधन हुनेगरी कार्यविधि तयार भइनसकेको अवस्थामा आगामी बर्ष विशिष्टकृत निजामती सेवा ऐन आउने बिश्वास गर्नु भयो। व्यबसायिक र सृजनशिल प्रशासन, विकास, समृद्धि र सुशासन भन्ने निजामती सेवा दिवसको मूल नाराको मर्मलाई अक्षरसः पालना गर्दै पालिकाको सेवा प्रवाहलाई गुणस्तरीय र बिश्वासयोग्य बनाउन सबै तहका कर्मचारीहरु एक्यबद्धता कायम गर्न २२ औं निजामती सेवा दिवसले प्रेरणा प्रदान गर्ने बिचार प्रमुख प्रशासकिय अधिकृत गौतमले ब्यक्त गर्नुभयो।
प्रमुख प्रशासकिय अधिकृत सागर गौतमको अध्यक्षता तथा धनपति ज्ञवालीको सहजिकरणमा भएको बृक्षारोपण कार्यक्रममा पालिकाको कार्यलय परिसरमा २ हजार बिरुवाहरुको बृक्षारोपण गरिएको थियो। कार्यक्रममा पालिका कर्मचारी, ५ वटै वडा कार्यलयका कर्मचारी, सेतो गुरांसका प्रतिनीधि लगायतले बृक्षारोपण गरेका थिए।
निजामती सेवा दिवस हरेक बर्ष भदौ २२ गते राष्ट्रिय रुपमा मनाइदै छ। यस बर्षको २२ औं निजामती सेवा दिवसको नारा व्यबसायिक र सृजनशिल प्रशासन, विकास, समृद्धि र सुशासन रहेको छ ।