१९ भदौ, कञ्चन
रुद्रपुुर स्वास्थ्य चौकी, कञ्चन ४ रुपन्देहीले आफ्नो कार्यलयको बार्षिक समिक्षा गरेको छ। कार्यलयका स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका र वडा कार्यलयका जनप्रतिनीधि र कर्मचारीहरुको उपस्थितिमा उक्त बार्षिक समिक्षा गरिएको हो।
कार्यक्रममा रुद्रपुर स्वास्थ्य चौकीका जन स्वास्थ्य निरीक्षक दीपक जैसीले कार्यलयले संचालन गरेका बिभिन्न कार्यक्रमहरुको बार्षिक प्रगती र त्यसमा देखिएका समस्याहरुबारे जानकारी गराउनु भएको थियो। नियमित खोप, क्षयरोग, कुष्ठरोग, सुत्केरी गराउन आउने, जेष्ठ नागरिक स्वास्थ्य सेवा लगायत कार्यहरुकोबारेमा ज.स्वा.नि. जैसीले तथ्यांकगत रुपमा प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा थकालीचोक टोल बिकास संस्थाका अध्यक्ष तथा रुद्रपुर स्वास्थ्य चौकीका आमन्त्रिच सदस्य नन्द बहादुर खडकाथोकीले स्वास्थ्य चौकीको सेवास्तर बृद्धि गर्न पालिका तहबाटै भौतिक पुर्वाधार बिकास र स्वास्थ्यकर्मीहरुको क्षमता बिकासमा लगानी गर्न आवस्यक रहेको बताउनु भयो।
यस्तै कार्यपालिका सदस्य सुशिला थापाले स्वास्थ्यकर्मी र सामुदायिक महिला स्वास्थ्य स्पयम सेविकाहरुबाट स्वास्थ्य सेवामा पुराएको योगदानको कदर गर्दै आम नागरिकहरुको मन मनमा रुद्रपुर स्वास्थ्यचौकीबाट हुने सेवा प्रवाहबारे बिश्वसनियताको आधारलाई अझ बलियो बनाउदै जानु पर्नेमा जोड दिनु भयो।
कार्यक्रममा कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम, वडा सचिव चक्रपाणी पौडेलले पनि हरितालिका तीजको अवसरमा शुभकामना दिदै रुद्रपुर स्वास्थ्य चौकीले कञ्चनलाई शुन्य होम डेलिभरी बनाउन र नियमित खोपलाई अझ प्रभावकारी बनाउन गरेको प्रयासको सह्रना गर्नु भयो।
रुद्रपुर स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष तथा कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा महिला स्वास्थ्यकर्मी र स्वयम सेविकाहरुले स्वास्थ्य सचेतना सम्बबन्धी तीज गीत प्रस्तुत गरेका थिए।
कार्यक्रमको सहजिकरण रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज कर्णराज शर्माले गर्नु भएको कार्यक्रममा स्वास्थ्य चौकीले महिला स्वास्थकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई तीजको दर समेत खुवाएको थियो।
कार्यक्रममा सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका सुमित्रा बुढाथोकी र कृष्ण कुमारी श्रेष्ठ, जन स्वास्थ्य निरीक्षक दीपक जैसी र लक्ष्मी गौतमलाई सम्मान गरिएको थियो भने नव आगन्तुक स्वास्थ्यकर्मीहरु सिमा थापा र सावित्रा पोख्रेललाई कार्यलयमा स्वागत समेत गरिएको थियो। यस्तै कार्यक्रममा वडा कार्यालयले दुईजना सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका १-१ थान स्टिल दराज समेत प्रदान गरिएको थियो।