१४ भदौ, कञ्चन
नेपाल मगर महिला संघ, रुपन्देहीले आयोजना गर्न लागेको प्रथम मगर साहित्य महोत्सवलाई सफल बनाउन गाउँ गाउँमा जागरण सहितको प्रचार गर्ने उद्धेश्यका साथ रुपन्देहीका १६ वटै स्थानीय तहमा अन्तरकृया कार्यक्रम संचालन गर्दै आइरहेको छ। यसैक्रममा आफ्नो कथा आफै लेखौं अभियान लिएर नेपाल मगर महिला संघ, रुपन्देही आज कञ्चन गाउँपालिकामा पुगेको हो।
कञ्चनमा भएका अन्तरकृया कार्यक्रममा महोत्सवबारे जानकारी दिदै प्रथम मगर साहित्य महोत्सव मूल तयारी समितिका सदस्य तथा प्रवक्ता शंकर गाहाले विभिन्न स्थानमा रहेका मगरहरूको विषयमा सोधखोज गरी आपसी भातृत्वको भावना जगाई आपसी समन्वयकारी सञ्जाल निर्माण गर्नु गराउन महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो। जवसम्म आफ्नौ कथा आफुले लेखिदैन वा लेख्नु उत्प्रेरित गरिदैन तवसम्म हाम्रो भाषा, साहित्य, कला संस्कृति र परमपराको उत्खनन र अभिलेखिकरण हुन नहुने भएकाले मगर लेख, साहत्यिकार, आख्यानकार, अध्यता, समालोचकहरुलाई उत्प्रेरित गर्ने मुख्य उद्धेश्यका साथ मगर साहित्य महोत्सवको आयोजना गर्न लागिएको प्रवक्ता गाहाले प्रष्टिकरण गर्नु भएको थियो।
महोत्सव पछि मगर जातीको कला, साहित्य र बौद्धिक तथा मानसिक अभ्यासलाई अझ सशक्त र तथ्यपरक इतिहासको अभिलेकिरणमा उत्प्रेरक मञ्चको रुपमा बिकास हुने प्रवक्ता गाहाले बताउनु भयो। मगर लेखक तथा गैर मगर लेखकहरुद्वारा मगर समुदायको बारेमा लेखिएक आख्यान, लेख, रचना र पुस्तकहरुको संकलन र अध्ययनलाई संस्कृतिको रुपमा बिकास गर्न र साहित्यमा मगरहरुको उपस्थितिलाई अब्बल बनाउन महोत्सव ऐतिहासिक बन्न सक्ने भएकोले महोत्सवलाई सफल बनाउन हरेक क्षेत्रबाट आर्थिक, नैतिक तथा भौतिक सहयोग समेत संकलनमा जुट्न आवस्यक रहेको समेत प्रवक्ता गाहाले जोड दिनु भयो।
कार्यक्रममा आफ्नो बिचार ब्यक्त गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले साहित्य समाजको अभिन्न दर्पण भएकोले समाज रुपान्तरणका लागि साहित्यमा मगर समुदायको उपस्थितिलाई बलियो बनाउनु पर्नेमा जोड दिनु भयो। मगर जातीको भाषा कला साहित्य र संस्कृतिको उन्नयनका लागि साहित्य महोत्सव बलियो स्तम्भ बन्ने भएकोले महोत्सवलाई सफल बनाउन आफुले आवस्यक सक्दो सहयोग र समन्वयलाई प्राथमिकता दिनु प्रतिवद्धता समेत उपाध्यक्ष थापा मगरले ब्यक्त गर्नु भयो।
कार्यक्रममा कार्यपालिका सदस्य सुशिा थापा, नेपाल मगर संघ कञ्चनका पुर्व अध्यक्ष तथा पुर्व जिल्ला सदस्य भैरब बहादुर थापा, नेपाल मगर संघ, लुम्बिनी प्रदेशका पुर्व सदस्य दुर्गा बहादुर थापा, नेपाल मगर संघ, लुम्बिनी प्रदेशका सदस्य सुस्मा थापा, नेपाल मगर संघ, कञ्चनका सदस्य प्रकाश थापा, रुम बहादुर फौंजा, जयन्ती बुढाथोकी, टोप बहादुर बुढाथोकी, लागयत मगर अगुवाहरुले साहित्य मार्फत मगर समुदायमा जागरण फैलाउँदै हाम्रो इतिहास, वर्तमान र भविष्यसँग हरेक मगरहरुलार्ई साहित्य लेखनमा आकिर्षत गर्न जरुरी रहेको बिचार ब्यक्त गर्नु भएको थियो।
नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरले कुनै पनि जाती समुदाय र क्षेत्रलाई ब्युझाउने माध्यम भनेको कला र साहित्य भएकोले साहित्यलाई संस्थागत गर्न प्रथम मगर साहित्य महोत्सव आयोजना गर्न लागिरहेको बताउनु भयो। मगरहरुको ऐतिहासिक उत्सवकै रुपमा आयोजना गर्न लागिएको साहित्य महोत्सवलाई भब्य रुपमा सफल बनाउन सहयोगको अपेक्षा समेत गर्दै अध्यक्ष थापा मगरले महोत्सवले मगर लेखकहरुलाई साहित्यको माध्यमबाट मगर जातीको भाषा कला संस्कृति र परम्पराको गहन अध्ययन र लेखन तथा पुनर्लेखनमा नयाँ उत्साह थप्ने बिश्वास ब्यक्त गर्नु भयो।
नेपाल मगर महिला संघ, रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरको अध्यक्षता तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर संघ, कञ्चनका अध्यक्ष कविराज काउचाले स्वागत गर्नु भएको थियो भने प्रथम मगर साहित्य महोत्सव तयारी समितिका सदस्य राधिका श्रीसले संचालन गर्नु भएको थियो।
नेपाल मगर महिला संघ रुपन्देहीको आयोजना तथा नेपाल मगर संघ, कञ्चनको समन्वयमा कञ्चन गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो।