११ भाद्र, देवदह
आगामी मंसिर २१ र २२ गते हुन लागिरहेको प्रथम मगर साहित्य महोत्सवबारे देवदहमा अन्तरकृया सम्पन्न भएको छ। नेपाल मगर संघ, देवदह कमिटीको संयाृजनमा भएको उक्त अन्तरकृया कार्यक्रममा वक्ताहरुद्वारा मातृभाषा संरक्षण र सम्बर्द्धनका लागि मगर भाषा, साहित्य, कला र संस्कृतिलाई व्ष्यापकता बनाउन आवस्यक रहेको जोड दिएका छन।
अन्तरक्रिया कार्यक्रममा महोत्सवको वारेमा जानकारी दिदै प्रथम मगर साहित्य महोत्सव २०८१ मूल तयारी समितिका प्रवक्ता शंकर गाहाले महोत्सवमा ढुट, काइके र खाम गरी ३ वटा मगर भाषामा कविता वाचन प्रतियोगिता हुने र मगर कला संस्कृतिबारे कलम चलाएका मगर तथा गैर मगर लेखकहरुको महामेलाको रुपमा स्थापित हुने बताउनु भयो। कार्यक्रममा हुने कविता वाचनले मगरहरुको मातृभाषा संरक्षण, सम्बर्द्धनमा टेवा पुग्नेमा गाहाले जोड दिदै स्थानीय तहमा गठन भएका संघका पदाधिकारी, सदस्यहरु तथा आममगरहरुलाई जानकारी दिदै महोत्सवको प्रचार प्रसार मुख्य उद्देश्य राखेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको प्रवक्ता गाहाले बताउनु भयो ।
भाषा विना जातीय पहिचान स्थापित नहुने भएकोले आफ्नो कथा आफै लेखौं भन्ने मुल नारा सहित प्रथम मगर महोत्सवको मातृ भाषा, संस्कार, संस्कृतिको जर्गेना गर्न सकिनेमा प्रवक्ता गाहाले बताउनु भयो ।
कार्यक्रममा महोत्सवबारे थप जानकारी दिदै प्रवक्ता गाहाले उद्घाटनका दिन मगरका सांस्कृतिक भेषभूषा झल्किने पहिरन सहित ¥याली गर्ने, मातृभाषामा लेखिएका कविता प्रतियोगिता, मगर भाषामा लेखिएका किताव प्रदर्शनी, मगर लेखकहरुले प्रकाशन गरेको किताव विमोचन, मगर समुदाय, देश तथा समाजलाई महत्वपूर्ण योगदान दिएका मगर अगुवाहरुको चित्रकला प्रदर्शनी, विभिन्न सांस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रम गरिने जानकारी दिनु भयो
महोत्सवबारे रुपन्देही जिल्लाको १६ वटै पालिकामा पुगेर स्थानीय तहमै जानकारी दिएर प्रचार प्रसार गरी महोत्सवलाई व्यापक बनाउने मूल आयोजक समितिका प्रचार प्रसार संयोजक यम रानाले जानकारी दिनु भयो ।
कार्यक्रममा हरेक बर्ष उत्कृष्ट पुस्तकलाई आदिकवि जीतबहादुर सिंजाली र रेखबहादुर सारु मगर साहित्य पुरस्कार प्रदान गरिने र मगर समुदायमा योगदान दिएका एक जनालाई नेपाल मगर संघका पुर्व केन्द्रिय अध्यक्ष गोरेबहादुर खपाङ्गी पुरस्कार प्रदान गरिने प्रचार संयोजक यम रानाले जानकारी दिनु भयो ।
प्रचार संयोजक रानाले मगर तथा अन्य समुदायका अध्येता, अनुसन्धानता, लेखक, सामाजिक अभियन्ता तथा विज्ञहरुबाट विद्धृत प्रवचन समेत हुने जानकारी दिदै महोत्सवले निकालेको निष्कर्षलाई दस्तावेजको रुपमा किताव प्रकाशन गर्ने प्रचार संयोजक रानाले जानकारी दिनु भयो ।
नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर पुन, नेपाल मगर संघ रुपन्देहीका सदस्य शोभाकुमारी थापा, संघका देवदह नगर अध्यक्ष मनबहादुर राना, पदम थापा, खरसिं श्रीष, विन्दु थापा, भविन्द्र थापा, ताराबहादुर थापा, तिलविक्रम बुढाथोकी, जिल्ला सदस्य टेक बहादुर पुलामी, पुर्व सहसचिव विनोद थापा मगर लगायतले आ–आफना भनाई राख्नु भएको थियो । राधिका श्रीषको संचालनमा भएको कार्यक्रममा देवदह क्षेत्रका मगर अगुवाहरुको समेत सहभागिता रहेको थियो ।