२६ साउन, कञ्चन
रुपन्दे्हीको कञ्चन गाउँपालिकाले घुम्ती शिविर मार्फत टोल टोलमा गई सामाजिक सुरक्षा भत्ता लाभग्राहीको परिचय पत्र नवीकरण गर्ने सम्पन्न भएको छ। करिब ४ हप्ता सम्म संचालन भएको घुम्ती शिविरमा कञ्चन गाउँपालिकाका ३ हजार ५ सय ४७ जनाको सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण भएको छ ।
आव २०८०र८१ को चौथो किस्ता बुझने लाभग्राही ४ हजार ५ सय ३४ रहेका थिए । पालिकाले संचालन गरेको घुम्ती शिविरबाट ७८.२३ प्रतिशत लाभग्राहीहरुको नवीकरण कार्य सम्पन्न भएको कञ्चन गाउँपालिकाका पञ्जिकरण शाखाका सुरेन्द्र पोख्रेलले जानकारी दिनु भएको छ।
पोख्रेलका अनुसार दलित बालबालिका २६९ जना, अति अशक्त अपाङ्ग ११७ जना, पुर्ण अपाङ्ग ४२ जनाले परिचय पत्र नविकरण गराएका हुन। यस्तै जेष्ठ नागरिक एकल महिला ३०९ जना , जेष्ठ नागरिक दलित २८८ जना, विधवा महिला ५९५ जना, जेष्ठ नागरिक अन्य १९२७ जनाले घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण गराएको पञ्जिकरण शाखाका सुरेन्द्र पोख्रेलले जानकारी दिनु भएको छ ।
त्यस्तै वडागत रुपमा वडाका बिभिन्न टोलहरुमा संचालन गरिएको शिविरबाट वडा नं १ मा ६४४ जना, वडा नं. २ मा ५८९ जना, वडा नं. ३ मा ८३१ जना, वडा नं. ४ मा ९२३ जना र वडा नं. ५ मा ५६० जनाले लाभग्राही परिचय पत्र नवीकरण गरेका हुन।
सरकारले लाभग्राही परिचय पत्र नविकरणका लागि यस आर्थिक बर्षबाट राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक प्रणाली अनिवार्य गरेपछि २९३ जनाको राष्ट्रिय परिचयपत्र नभए पछि लाभग्राहीले स्वघोषणा गरी नवीकरण गरिएको वडा नं. १ का वडा सचिव मधुकला घर्तिले जानकारी दिनु भएको छ।
यस्तै सरकारले ९० बर्ष माथी र दलित बालबालिकालाई राष्ट्रिय परिचयपत्र नभए पनि नवीकरण गर्ने गरि सर्कुलर गरेको थियो । शिविरमा छुटेका लाभग्राहीले भाद्र मसान्त भित्र वडा कार्यालयमा गई आफ्ने सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न सक्ने सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाई प्रमुख पोख्रेलले बताउनु भएको छ।
शिविरको क्रममा टोल टोलमा पुगेर लाभग्राहीहरुको परिचय पत्र नविकरण कार्यमा सहजिकरण गर्नमा सहयोग गर्ने जनप्रतिनिधीहरु, स्थानीय टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारी, गाउँपालिका सुचना प्रविधी अधिकृत, अपरेटर, फिल्ड सहायक, वडा सचिव, सहायक कम्युटर अपरेटर, वडाका कार्यालय सहयोगी, नगर प्रहरी लगायतलाई सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाई प्रमुख सुरेन्द्र पाख्रेलले कृतज्ञता ज्ञापन समेत व्यक्त गर्नु भएको छ।