९ असार, कञ्चन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ,कञ्चन गाउँपालिका प्रथम भेला सम्पन्न भएको छ। भेलाले चेलिका भुजेलको अध्यक्षतामा १३ सदस्यिय राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ,कञ्चन गठन गरेको छ।
भेलाबाट उपाध्यक्षमा कोपिला श्रेष्ठ, सचिवमा दुर्गा गुरुङ्ग, कोषाध्यक्षमा सुभद्रा थारु र सहसचिवमा खगीसरा काउचा मगर निर्वाचित भएका छन। यस्तै ३ जना पछि मनोनित गर्ने गरी शोभा श्रेष्ठ, मधु श्रेष्ठ, पशुपति गुरुङ र रेखा कुमाललाई भेलााले सदस्यमा निर्वाचित गरेको छ।
![सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु पर्ने सूचना ward no. 1 ko suchana](https://kanchankhabar.com/uploads/bigyaapan/52335700.jpeg)
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-23/16421140967247836-be74-4c71-b163-fe6ec05615e5.jpeg)
निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै आदीवासी जनजाती महासंघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचनले अव राजनैतिक, सामाजिक शैक्षिक तथा सांस्कृतिक रुपमा पछाडी पारिएका आदीवासी जनजातीहरु आफ्नो हक र अधिकारका निम्ती संघर्ष गर्ने यात्राको अन्त्य नभएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका तुलाचनले विगतको भन्दा आदीवासी जनाजाती अगुवाहरुको काँधमा फरक रुपमा नभई परिस्कृत र चुनौतीको रुपमा जिम्मेवारी थपिदै आएको र बिगतका अगुवाहरुको संघर्षपुर्ण आन्दोलनबाट प्राप्त अधिकारहरुको उपयोग र संस्थागत गर्न आवस्यक रहेको बताउनु भयो । कञ्चन गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका आदीवासी जनजाती महासंघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष तुलाचनले अव आदीवासी जनजातीहरुको राजनैतिक, सामाजिक, सांस्कृतिक र शैक्षिक नेतृत्वका लागि शिक्षा अपरिहार्यतामा जोड दिदै कुनै न कुनै ढंगबाट अवका नयाँ पुस्तामा शिक्षामा लगानी गर्नु पर्ने उल्लेख गर्नु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-23/16422915613eb6bee-49b5-4f9a-a49b-a5598882fab4.jpeg)
कार्यक्रममा कञ्चन गाउँपालिकाका कार्यपालिका सदस्य सुशिला थापाले आदीवासी जनजाती महिलाहरु अझैपनि हरेक पक्षबाट पछाडी परिरहेको भन्दै अव "मैले केही जानेको छैन, मैले गर्न सक्दैन" भनेर संकुचित भएर पछि हट्ने नभई "म मेरो क्षमता अनुसार काम गर्दछु" भन्ने सोंचका साथ अगाडी बढ्नु पर्ने बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-23/1642559224dd28c5f-2b5a-43dc-a69f-8d1294e265a7.jpeg)
कार्यक्रमको अध्यक्षता गर्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद्, रूपन्देहीका अध्यक्ष होममाया गुरुङ्गले अव आदीवासी जनजाती महिलाहरुको नेतृत्व र ब्यक्तित्व बिकासका लागि संघर्षका यात्रालाई अझै राजनैतिक रुपमा संस्थागत गर्न जरुरी रहेको बताउनु भएको छ। घरको र परको सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक नेतृत्वमा आदीवासी जनजाती महिलाहरुको अव्वलतालाई संस्थागत गर्न पनि राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ साझा छाताको रुपमा रहने अध्यक्ष गुरुङ्ले उल्लेख गर्नु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-23/164326538e7d9e2bd-802d-416b-b5c0-f0971912d6e0.jpeg)
कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य सुस्माले आदीवासी जनजाती महिलाहरुमा नेतृत्व गर्ने क्षमता भएर पनि कुनै पनि संघ संस्थाहरुको नेतृत्व लिन र दिन संकोच र आफुले आफैलाई अविश्वास गर्ने संस्कारका कारण हरेक क्षेत्रमा पछाडी परेको बताउनु भयो। हामी आदीवासी जनजाती महिलाहरु कुनै न कुनै क्षेत्र, समुदाय र दलभित्र रहेपनि ती ठाउँहरुमा आफुलाई नेतृत्व र बिकासमा सदैव सक्रिय रहनु पर्ने प्रदेश सदस्य थापाले बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-23/1645534932143a050-082c-4f4e-ae5e-845da3e53525.jpeg)
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चेलिका भुजेलले कञ्चनका आदीवासी जनजाती महिलाहरुको हक अधिकार र उनिहरुको नेतृत्व र ब्यक्तित्व बिकासको क्षमता अभिबृद्धिका लागि सदैव अग्रसर भई अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो। नेपाल मगर बौद्ध सेवा समाज लुम्बिनी प्रदेशका अध्यक्ष पार्वती घर्ति मगर, नेपाल मगर संघ, कञ्चनका उपाध्यक्ष थम बहादुर सिंजालीले समेत आदीवासी जनजाती महिलाहरुको क्षमता र नेतृत्वका लागि राजनैतिक र शैक्षिक रुपमा सशक्तीकरणमा जोड दिन आवस्यक रहेको बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-23/1646113952fc4d68b-e312-4925-b266-63162fd73ab8.jpeg)
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, जिल्ला समन्वय परिषद्, रूपन्देहीका कोषाध्यक्ष राधिका चौधरीको स्वागत तथा सचिव आकृति थापा मगरको संचालनमा भएका उक्त भेला कञ्चन ४ स्थित दियो सभाहलमा सम्पन्न भएको थियो। भेलामा निसा देय दबुः, नेपाल मगर महिला संघ, तमु छोंज ढी महिला संघ, थारु कल्याणकारीणी महिला, कुमाल, तामाङ जातीका महिला अगुवाहरुको सहभागिता रहेको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-23/164625242e7d9e2bd-802d-416b-b5c0-f0971912d6e0.jpeg)