१ असार, कञ्चन
रुद्रपुर माध्यमिक बिद्यालयको आसन्न स्वर्ण महोत्सवलाई भव्य रुपमा सफल बनाउन बिद्यालय क्षेत्र भित्रका बिभिन्न टोलहरुमा अभिभावक तथा शुभेच्छुकहरुको भेलाको शुरुवात गरिएको छ। बिद्यालयले आगामी पुस २२ गते बिद्यालयको ५० औं बार्षिक उत्सव तथा स्वर्ण जयन्ती बर्षको रुपमा मनाउन बिभिन्न तयारी भेला र बैठक संचालन गर्दै आइरहेको छ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-15/1147276478736d371-4eab-4702-af48-9e68ce3a4abf.jpeg)
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक चिरञ्जीवी खनालको नेतृत्वमा टोल भेलाहरु संचालन गर्ने र भेलाबाट स्वर्ण महोत्सव तयारी टोल उपसमिति गठन गरिने छ। आज कालिका टोल बिकास संस्थामा भएको पहिलो भेलामा कालिका टोल बिकास संस्था अन्तर्गत रुद्रपुर युवा क्लव, कल्याण्कारी आमा समूह र मनकामना आमा समूहका पदाधिकारी, शुभेच्छुक, सल्लाहकार, सदस्यहरुको सहभागिता रहेको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-15/114849749bf246974-ee28-4ccf-a827-1d6c7cf1b4ef.jpeg)
भेलाामा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक चिरञ्जीवी खनालले बिद्यालयको नभई आफ्नो स्वर्ण महोत्सव जत्तिकै महत्वपुर्ण र अग्रजहरुले गरेको योगदानको सम्मानका लागि स्वर्ण महोत्सवलाई भव्य रुपमा मनाउन आवस्यक रहेको बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-15/114740593bf0e8cbc-3fc8-4c7b-aa5f-958b286f803f.jpeg)
बिद्यालयका शिक्षक अभिभावक संघको निवर्तमान अध्यक्ष पुरण बहादुर श्रीस र दिल बहादुर थापाले बिद्यालयको स्वर्ण महोत्सवलाई ऐतिहासिक बनाउन सबै क्षेत्र र पक्षको हातेमालो र सहकार्यलाई रिन्तरता दिन आवस्यक रहेको बताउनु भयो।
कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक ध्रुव पौडेलले बिद्यालय स्थापना गर्दा अनकेन दुःख र कस्ट गरेका अग्रजहरुको योगदानलाई सम्मान गर्न पनि स्वर्ण महोत्सव मनाउनै पर्ने र स्वर्ण महोत्सवलाई ऐतिहासिक बनाउन सबै एक भएर लाग्नुको बिकल्प नभएको बताउनु भयो।
यसैगरी कल्याण्कारी आमा समूहका अध्यक्ष कुमारी श्रीसले बिद्यालयको महोत्सवलाई सफल रुपमा मनाउनका लागि टोलका आमा समूहका सबै सदस्यहरुको सक्रिय भुमिका रहने प्रतिवद्धता ब्यक्त गर्नु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-15/114804860bf246974-ee28-4ccf-a827-1d6c7cf1b4ef (1).jpeg)
कालिका टोल बिकास संस्थका अध्यक्ष लोक बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका सदस्य तथा इतिहास खोज तथा लेखन उपसमितिका सदस्य गोपाल पौडेलले टोल भेलाको आवस्यकता र औचित्यताबारे बताउनु भएको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-15/114817148e0aa3ec0-60cd-46cc-8d72-8544c6aba7ee.jpeg)
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका असदस्य जगी लाल थापाले भेलाको सहजिकरण गर्नु भएको कार्यक्रममा रुद्रपुर युवा क्लवका सचिव तथा अभिभावक लक्षमण बस्नेतले समेत सुझाव दिनु भएको थियो। यस्तै आज नै बागेश्वरी टोल बिकास संस्थामा समेत टोल भेला सम्पन्न भएको छ। उक्त भेलामा बागेश्वरी आमा समूह, बिद्यालय बयबस्थापन समितिका पदाधिकारी, शिक्षकहरुको सहभागिता रहेको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-15/1148326531544e634-6fd9-4eef-9449-32ae808b0660.jpeg)