३१ जेठ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा किशोर किशोरीहरुका लागि दुई दिने मनोसामाजिक समस्या सम्बन्धी परामर्श कार्यक्रम संचालन गरिएको छ। बिद्यालय तहमा अध्ययनरत बिद्यार्थीहरुका लागि लक्षित गरी कञ्चनका किशोर किशोरीहरुलाई मनोसामाजिक परामर्श कार्यक्रम गरिएको हो।
कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले शिक्षा जिवनको तेश्रो आँखा भएको र उक्त तेश्रो आँखाले समाज विकासलाई सही र गलतको दुईवटा विचारबाट अध्ययन गर्न सकियो भने आफु भित्र आउने अनकेन समस्याहरुसंग सजिलै जुध्न सकिने बताउनु भयो। गलत साथीको संगत, गलत कार्यहरुमा अभ्यस्त हुने कार्यमा बढी जोड दिदाँ ब्यक्तीमा मनोसामाजिक समस्या देखा पर्ने उल्लेख गर्दै किशोर किशोरी अवस्था भनेको आफ्ना अभिभावक, आफन्तहरुको भन्दा साथीको कुरामा बढी विश्वास हुने भएकोले असल साथीको संगत गरियो भने जिवनमा कुनैपनि समस्यन नआउने उपाध्यक्ष थापा मगरले बताउनु भयो। किशोर किशोरी अवस्थामा आउने परिवर्तन, मनभित्रको द्वण्ड, अस्थिर मनलाई नियन्त्रण गर्न पनि सदैव अभिभावक र अग्रजहरुको समिपमा रहेर राम्रा कुरा र ब्यबहारिक ज्ञान लिन सकेमा मानसिक र शारिरीक रुपमा स्वस्थ र अव्वल भईने उपाध्यक्ष थापा मगरले बताउनु भयो।
यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक चित्रलाल तुलाचनले शिक्षा विना मानव जातीको बिकास र चेतनाको स्तरमा कुनै परिवर्तन नआउने बताउनु भएको छ। हिजोको शिक्षा नै आज परिस्कृत रुपमा आएको र उक्त शिक्षाले हरेक बिद्यार्थीहरुलाई प्रवृधि र बिज्ञानसंग जोड्ने उल्लेख गर्दै पालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचनले घरका अभिभावकहरुबाट पहिलो शिक्षा लिएर घरका अभिभावकहरुबाट सिकेको सिपलाई अझ ब्यबस्थित र आलोचनात्मक दृष्टिकोणको बिकास गर्न बिद्यालय शिक्षा ग्रहण गर्नु परेको बताउनु भयो। समयानुकुल बिकसित प्रवृधिलाई ज्ञानको उर्जा र सिप बिकास गर्न प्रयोग गर्न सकेमात्र मानसिक, शारिरीक तथा सामाजिक रुपमा सक्षम र सवल हुन सकिने प्रवक्ता तुलाचनले बताउनु भयो।
कार्यक्रमको औचित्यता माथी प्रकाश पार्दै प्रशिक्षक विनय महर्जनले किशोर किशोरी अवस्था भनेको संक्रमणकालिन उमेर भएको र यो समयमा गलत संस्कार, ब्यहार रप्रवृतिले संक्रमण गर्यो भने त्यसको निराकरणमा जटिलता आउने सक्ने बताउनु भयो। यो अवस्थामा के सही के गलत भन्ने कुरा समेत ठम्याउन नसक्ने अवस्था भएकोले आफ्ना अभिभावक, शिक्षक र समाजका अगुवाहरुको भनाईलाई आत्मसात गरी जिवनको बाटो सकारात्मक दिशातर्फ उन्मुख बनाउन यो कार्यक्रमको आयोजना गरिएको प्रशिक्षक महर्जनले बताउनु भयो।
कार्यक्रममा स्वागत गर्दै कार्यपालिका सदस्य कुमारी घर्ति मगरले जिवनलाई सही बाटोमा लैजनाका लागि कुन समयमा कसको अधिनलाई आत्मसात गर्ने भन्नेबारे बुझ्न र बुझाउन सकियो भने किशोर अवस्थाको अमुल्य समय सदुपयोग हुने बताउनु भयो। जुन बिद्यार्थी वा बालबालिका आफ्नो अभिभावक तथा शिक्षकहरुको अधिन, निर्देशन, सल्लाहलाई मननगरी अगाडी बढ्न सक्छ त्यो नै देशको असल नागरिक बन्न सक्ने उल्लेख गर्दै कार्यपालिका सदस्य घर्ति मगरले असल साथीको संगत र अभिभावकहरुको निर्देशनलाई सदैव आत्मसात गरे जिजवनमा आउने हरेक समस्या र चुनौतीहरुको सहजै सामना गर्न सकिने बताउनु भयो।
उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षता तथा सहायक महिला बिकास निरीक्षक राधा भट्टराईको संचालनमा शुरु गरिएको परमर्श कार्यक्रममा विनय महर्जन, भुमिका तरामु र बिष्णु सुनारले मनोसामाजिक परामर्श दिनु हुने छ। कार्यक्रममा कञ्चनका कक्षा ८,
९ र १० मा अध्ययन गर्ने ६० जना किशोर किशोरी बिद्यार्थीहरुलाई मनोसामाजिक समस्या भनेको के हो?, यसले के असर गर्दछ? पहिचान कसरी गर्ने र समाधान के हो भन्नेबारे परामर्श दिनुहुने छ। कार्यक्रम कञ्चन ४ स्थित दियो सभाहलमा भोलीसम्म संचालन हुने छ।