२३ जेठ, कञ्चन
आज विश्व वतावरण दिवस। कञ्चनमा साथी सञ्जालको आयोजना तथा समयमाई सामुदायिक बन उपभोक्ता समूहको समन्वयमा रुपन्देहीको एकमात्र रमणिय दानापुर ताल परिसरमा सरसफाई तथा बृक्षारोपण गरिएको छ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-05/151925786b3b1495a-8e84-49ae-b3fc-f7b9380cc595.jpeg)
कञ्चन साथी सञ्जालमा आवद्ध किशोर किशोरी र जनज्योति माध्यमिक बिद्यालयका बिद्यार्थीहरुको सहभागितामा तालको वरीपरी रहेका फोहोर संकलनगरी सफाई गरिएको थियो। तालको परिसर सफाई पछि विभिन्न फलफुल तथा बनस्पती जन्य बिरुवाहरुको बृक्षारोपण गरिएको कञ्चन साथी सञ्जालका सचिव उषा सुनारले जानकारी दिनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-05/1519432868d036cfc-1599-458a-8007-2a4d7af3aeed.jpeg)
कार्यक्रममा श्री समयमाई सामुदायिक बन उपभोक्ता समूहका सचिव ओमकला राहादी स साना किशोर किशोरीहरुद्वारा समाजका लागि समेत शिक्षा दिने खालको रचनात्मक कार्यक्रम गरेर उदाहरणिय कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्नु भयो। आगामी दिनहरुमा पनि दानापुरको पर्यावरणिय संरक्षण र सम्बद्र्धन गर्न एकल प्रयासले मात्र सम्भव नहुने सचिव राहादीले बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-05/1519578824e87a80a-b926-453e-ab91-3d001411c79d.jpeg)
यसैगरी कार्यक्रममा जनज्योति माध्यमिक बिद्यालयका प्रधानाध्यापक तिलकराम लोधले प्रकृतिसंग बिद्यार्थीहरुलाई सामिप्यता जोड्न सकियो भनेपनि बिद्यार्थीहरुले बिद्यालयमा सिक्ने शैक्षणिक कृयाकलाप सहयोग पुग्ने बताउनु भयो। हामी बस्ने ठाउको वातावरणलाई स्वच्छ बनाउन सार्वजनिक ठाउ र घर वरपरी बृक्षारोपण गर्नु अति आवस्यक रहेको उल्लेख गर्दै प्रधानाध्यापक लोधले कञ्चनको गहनाको रुपमा रहेको रुपन्देहीको एकमात्र रममणिय ताल दानापुरलाई सधै सफा र स्वच्छ राख्न सकियो भने यहाँको सुन्दरता बढ्दै जाने बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-05/15201176488eb10ba-0e9d-4cdc-9d77-5c53d442aa1f.jpeg)
कार्यक्रमको औचित्यताबारे जानकारी दिदै कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीले हाम्रो वरीपरीको वातावरण स्वच्छ भयो भने हाम्रो जिवन पनि स्वस्थ हुने भएकोले वातावरणलाई सफा र स्वच्छ राख्नका लागि बृक्षरोपण र प्रदुषणलाई न्युनिकरण गर्नु पर्ने बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-05/152027581a7a25090-5595-4274-838b-7cee1b708f44.jpeg)
सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण कञ्चन साथी सञ्जालका सचिव उषा सुनारले गर्नु भएको थियो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-05/1521115568e1be621-7f72-4bd0-99a9-2505fad4a9de.jpeg)
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-05/152056566dad0a6d1-7837-4b53-969f-9a6cfc73f42a.jpeg)