१५ जेठ, शुद्धोधन
रेडियो शुद्धोधनद्वारा फर्साटिकट व्यापार सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कराँते खेलाडीहरुलाई सम्मान गरेको छ। रेडियो शुद्धोधनले फर्साटिकट व्यापार सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कराँते राष्ट्रिय प्रतियोगितामा छनोटमा पर्न सफल भएका खेलाडीहरुलाई एक कार्यक्रम बीच सम्मान गरेको हो।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमुख अतिथि तथा शुद्धोधन गाउँपालिकाका वडा नम्बर ४ का अध्यक्ष एवं प्रवक्ता केशव अधिकारीले सम्मान गर्दै राज्यको अर्थ ब्यबस्थालाई चलायमान बनाउन उद्योग, ब्यापार तथा ब्यबसायको निकै ठूलो महत्व र भुमिका हुने बताउनु भयो। खस्कदो आर्थिक अवस्थालाई चलायमान गराउन उद्योगी तथा ब्यबसायीहरुलाई ब्यापार ब्यबसाय गर्र्ने र सुरक्षित लगानी ज्ञारेन्टी राज्यले गर्नु पर्ने प्रवक्ता अधिकारीले जोड दिनु भयो।
फर्सटिकट व्यापार सङ्घलाई अब गोलबद्ध गरी शुद्धोधन व्यापार सङ्घ या सुद्धोधन उद्योग वाणिज्य सङ्घ बनाउनु पर्ने कुरामो जोड दिदै समस्त शुद्धोद्धोधन गाउँपालिका भित्र रहेका उद्योग र व्यापारीहरुलाई समेटेर अगाडी बढ्नु पर्ने प्रमुख अतिथि तथा शुद्धोधन गाउँपालिकाका प्रवक्ता अधिकारीले सुझाव दिनु भएको थियो।यसैगरी प्रवक्ता अधिकारीले देशको गहनाको रुपमा रहेका खेलाडीहरुको सम्मान र देशको निम्ती खेल्न तयार हुने वातावरण तयार गर्नु सबैको कर्तब्य र जिम्मोवरी भएको उल्लेख गर्दै राष्ट्रिय प्रतियोगितामा शुद्धोधनका लागि कराँते खेलाडीहरुले उत्कृष्टता प्रदर्शन गरी मेडलिस्ट भएर आउनेमा पुर्ण विश्वस्त रहेको बताउनु भयो।कराते खेलको राष्ट्रिय प्रतियोगितामा शुद्धोधनबबाट छनौट भएका शुभम कडेल र प्राञ्जल खड्का भएका छन।
फर्साटिकर ब्यापार संघको निर्वाचित लालमणी श्रेष्ठले आफू निर्वाचित भएसँगै यस क्षेत्रका व्यापारीहरूलाई एकजुट गरी व्यापारीहरूको समस्यालाई आफ्नै समस्याको रुपमा लिई ती समस्याहरुको समाधान गर्नमा आफ्नो बिशेष जोड हुने बताउनु भएको थियो । नव निर्वाचित अध्यक्ष श्रेष्ठले यस क्षेत्रको व्यापार व्यवसायलाई वृद्धि गर्ने खालको योजनाहरु ल्याइ रेडियो शुद्धोधनसँग सहकार्य गरी काम गर्ने कुरामा समेत प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै व्यापार संघका वरिष्ठ उपाध्यक्ष शोभा आलेले आफूहरूलाई रेडियोले सम्मान तथा सफल कार्यकालको शुभकामना शुभकामना गरेकोमा धन्यवाद व्यक्त गर्दै यो सम्मानले आफूहरूलाई व्यापार क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि काम गर्न हौसला मिल्ने बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै रेडियो शुद्धोधनका अध्यक्ष चुडामणी डुम्रेले सम्पूर्ण नवनिर्वाचित व्यापार संघका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो। अध्यक्ष डुम्रेले यस क्षेत्रको एकमात्र संचार माध्यमलाई पनि व्यापारसंघका हरेक गतिविधिमा संलग्न गराई लैजानुपर्ने कुरामा जोड दिनुभएको थियो।
कार्यक्रममा फर्साटिकर व्यापार संघका अध्यक्ष लालमणी श्रेष्ठ, फर्साटिकर व्यापार संघकी वरिष्ठ उपाध्यक्ष शोभा आले, व्यापार सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव कृष्ण अर्याल, सचिव विष्णु पंगेनी, कोषाध्यक्ष विशाल गौतम सदस्यहरु उमानाथ भण्डारी राजन गुप्ता, निर्जङ्ग खत्री, जीवन गहतराज, तारा बहादुर श्रेष्ठ, अक्रम अलि, सागरप्रसाद खनाल, प्रेमकुमारी चौधरी लेखा संयोजक यज्ञ मूर्ति अधिकारी र कराँते प्रशिक्षक सुनिल यादव मान बहादुर भर्ताल, इशान घिमिरे, आदेश अर्याल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
रेडियोका शेयर सदस्य तथा वडा नम्बर ३ का वडा सदस्य अनम कुमारी पंगेनीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रेडियोका स्टेसन म्यानेजर रवि राानले गर्नुभएको थियो।