१ जेठ, कञ्चन
राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष तथा बैज्ञानिक डा. महाविर पुन आफ्नो आत्मकथा बिक्री गर्ने क्रममा रुपन्देहीको गैडहवामा सोमवार पुग्नु भएको छ। गैडहवामा पुगेर महाविर पुन, सम्झना, सपना र अविरल यात्रा नाम पुस्तक किनिदिएर ६० बर्ष पुरानो बिरगञ्जको कृषि औजार कारखाना संचालन गर्ने अभियानमा जाुडिन गैडहवावासीलाई आग्रह गर्नु भएको छ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-14/0110306451ae22504-3df4-481a-a233-0ea5e5323207.jpeg)
"पुस्तक मेरो जिवनमा आधारित आत्मकथा भएपनि पुस्तकमा उल्लेखित हरेक वाक्यांशहरु ३ करोड नेपालीको कथा ब्यथालाई समेटेको र राज्यले विरगञ्जमा कृषि औजार कारखाना संचालन गर्ने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रलाई हस्तान्तरण गर्यो तर एक पैसा समेत सहयोग नदिएपछि आत्मकथा बेच्नु परेको" डा. पुनले बताउनु भयो। "सायद सरकारले कारखाना मर्मत गर्नमा लागेको खर्चमात्र दिए भएपनि मैले किताव लेख्ने नै थिएन र यसरी घर घरमा गएर मेरो किताव किनिदिनुस भनेर आग्रह गर्नु पर्ने परिस्थिति आउने थिएन" डा. पुनले भन्नु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-14/0111185884b141bb3-e8c8-4fa5-a74f-e6ce1d7fd4ca.jpeg)
३ करोड नेपाली मध्ये १ प्रतिशत नपाली जनताले पुस्तक किनिदिएमा करिब १७ देखि १८ करोड रुपैया संकलन हुने र उक्त रकमले बिरगञ्ज कृषि कारखाना संचालन गरि साना किसानका लागि आवस्यक पर्ने कृषि औजार उत्पादन गरि बजारमा ल्याउन सकिने अवस्थामा पुग्ने डा. पुनले बताउनु भयो।
यदि कृषि औजार कारखानाबाट कृषि औजार उत्पादन भयो भने स्थानीय तहले खरिद गरेर आफ्नो पालिकाका किसानहरुलाई उपलब्ध गराउन समेत आग्रह गर्दै डा. पुनले आफुले मेरो घर बनाउन वा सम्पत्ती जोड्न नभई आफसंग भएको ज्ञान सिप यही देशका जनताकै लागि समर्पण गर्ने प्रण सहित आफु गैडहवावासीहरुको घर घरमा आइपुगेको बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-14/011136229eaff257a-cefd-4205-b7ac-a097f4314d15.jpeg)
गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष तथा बैज्ञानिक डा. महाविर पुनलाई स्वागत गर्दै डा. पुनको अभियानमा जोडिन पाएकोमा गर्व लागेको बताउनु भयो। राज्यले गर्नु पर्ने कामको जिम्मेवारी डा. पुन र वहाँको टिमले लिनु पर्ने अवस्था आउनु दुःखद भएको भन्दै अध्यक्ष पौडेलले मैले कृषि औजार कारखाना चलाएर कृषि औजार उत्पादन गर्छु भनेर आत्म बिश्वास बोकेर हरेक नेपालीको घर घरमा पुग्ने साहसको कदर र सम्मान स्वरुप पालिकाको तर्फबाट १०० थान र ब्यक्तीगत रुपमा २० थान पुस्तक खरिद गरेर
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-14/0117534029a79e696-4f84-4e7b-846e-1d13510c5761.jpeg)
डा.पुनले लिएको सपना र अभियानलाई साथ दिने प्रतिवद्धता जनाउनु भयो। यसैगरी गैडहवा गाउपालिकाको सुन्दर पर्यटकिय गैडातालको तस्विर अंकित मायाको चिनो हस्तान्तरण गर्दै अध्यक्ष पौडेलले विरगञ्ज कृषि औजार कारखानाबाट उत्पादन हुने कृषि औजार पालिकाले खरिद गरेर राष्ट्रि आविस्कार केन्द्रको महान अभियानलाई अझ बृहत्तर बनाउन आत्तुर रहेको समेत डा. पुन समक्ष बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-14/01181288862971801-bf5b-41da-b87d-346d84ab7575.jpeg)
कायर्यक्रममा गैडहवा गाउँपालिकाका बिषयगत शाखा प्रमुख, कर्मचारी जनप्रतिनधि, स्थानीय तथा संचारकर्मीहरुको समेत सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले डा. महाविर पुनलाई पालिकामा स्वागत गर्दै वहाँले चाल्नु भएको विरगञ्ज कृषि कारखाना संचालन गर्ने अभियानमा सहभागि हुन पाएकोमा गर्वान्वित भएको बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-14/011907849c9bdf593-69ad-43b1-a686-53e0485bf910.jpeg)
डा. पुन गैडहवा गाउपालिकाको वडा नं. ८ र ९ को वडा कार्यालयमा समेत पुगेर वडाका वडाअध्यक्ष, जनप्रतिनीधि, कर्मचारी र स्थानीयहरुसंग अभियानबारे जानकारी गराउनु भएको थियो। वडा नं. ८ मा वडा अध्यक्ष भुवन बहादुर राना र वडा नं. ९ मा वडाअध्यक्ष मिना थापा क्षेत्रीले स्वागत गर्नु भएको थियो।
अभियानकै क्रममा गैडहवा ९ धुसुवामा रहेको महेन्द्र माध्यमिक बिद्यालयमा पुगी बिधार्थी, शिक्षक र अभिभावकहरुसंग भेटघाट गरी आफ्नो आत्मकथा किनेर विरगञ्ज कृषि औजार कारखाना संचालन गर्ने अभियानमा जोडिन आग्रह गर्नु भएको थियो।
यस्तै गैडहवाको सूर्यपुरा बजारमा सूर्यपुरा ब्यापार मण्डलका पदाधिकारीहले डा. महविर पुनलाई संयुक्त रुपमा स्वागत गरिएको थियो। व्यापार मण्डलका ओम प्रसाद भट्टराइले डा. महाविर पुनलाई गैडहवामा स्वागत गर्न पाउदा खुशी गर्नु भयो।
यस्तै सूर्यपुरा ब्यापार मण्डलका शैलेन्द्र गुप्ताले देशको निम्ति आफुलाई जुनसुकै परिस्थितिसंग जुध्ने बैज्ञानकि डा. महाविर पुन र वहाको संस्था राष्ट्रिय आविस्कार केन्द्रले लिएको बिरगञ्जको कृषि औजार कारखाना संचालन गर्ने अभियानमा जोडिन पाएकोमा आफुलाई गर्व लागेको बताउनु भयो ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-14/013403865ea6151f8-9cc9-44bf-bb4e-a637ad2a5837.jpeg)
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-14/013347770f2b33c6d-0d67-4b7f-a6e6-eeb385002ccd.jpeg)
![](https://www.kanchankhabar.com/uploads/editor/2024-05-14/011924983f851b67c-1982-4dcf-a77d-aeeb46cc7939.jpeg)