त्यो दिन मैले आफ्नो आँखाबाट देखेँ कि एक स्वतन्त्र देशमा हुर्के बढेको मानिस र एक गुलाम देशमा जन्मेको मानिसको आचरणबिचमा कति अन्तर हुँदोरहेछ । एक स्वतन्त्र मानिससँग आफैँँ सोच्ने, फैसला गर्ने र त्यसलाई लागू गर्ने तागत हुन्छ । दास मानिससँग यी कुरा हुँदैन । ती सधैँ अरूकै आधारमा सोच्छन्; आफ्नो फैसला लिन सक्दैनन्† जोखिम मोल्ने हिम्मत गर्दैनन्; कुनै नयाँ काम गर्न सक्दैनन् । नौलो बाटोमा हिँड्न सक्दैनन् र त्यो घटनाबाट मैले एक पाठ सिकेँ । त्यो पाठ मेरो लागि निकै मूल्यवान साबित भयो । अहिलेसम्मको मेरो जिन्दगीमा मैले आफैँ महत्वपूर्ण फैसला लिएँ । मैले आफँैलाई एक स्वतन्त्र मानिस ठानेको छु । मेरो भावना बलियो बनेको छ । मेरो जिन्दगी खुसी भएर बाँचेको छु । किनभने मैले महसुस गरेँ – मेरो जिन्दगीको अर्थ छ ।
इमानदारीपूर्वक भनौँ भने यस्तो मौका सा¥है कम मात्र आयो । कैयौँ मौकामा, कैयौँ महत्वपूर्ण क्षणमा मेरो साहसले काम गरेन । त्यस्तो बेलामा मैले दोस्रो उपायको सहारा लिएँ । अरूबाट सल्लाह लिएँ । त्यो यस्तो मौका थियो । मैले जोखिम नमोलेर सुरक्षित बाटो अपनाउनु सही सम्झेँ । मैले मेरो परिवारको चाहनाअनुसार निर्णय लिएँ । मेरो परिवार ठुलो सम्भ्रान्त बुर्जुवा परिवारको थियो । त्यो निर्णय परिवारको जस्तो थियो । ती त्यही निर्णयहरू थिए जुन परिवारलाई ठीक लागेको थियो । परिवारमा विद्रोह गरौँ कि भन्ने सोच पनि बनाएको थिएँ । विद्रोह गर्न सकिनँ । परिवारको इच्छाको अगाडि घुँडा टेकेँ । यही कारण पछि कैयौँ मौकामा मलाई नराम्रो अनुभव भयो । मभित्र हिनताबोध भयो । मानवीय खुसीको कुरा गरौँ भने केही गलत साबित भयो । जुनसुकै बेला पनि मेरो साहस पराजित हुन्थ्यो, त्यसैबेला यस्तो लाग्थ्यो कि योे मेरो जीवन काम लाग्ने छैन । कुनै बोझजस्तो लाग्थ्यो ।
मैले तपाईँलाई त्यो अङ्ग्रेजको किस्सा बताएँ । सायद त्यसबाट प्रस्ट हुन्छ । त्यो समयमा म आफँैलाई कति सानो र कमजोर सम्झन्थँे । म सायद तपाईँलाई सरदार भगत सिंहको पनि उदाहरण दिन सक्थँे । उहाँलाई पनि त्यही वर्ष फाँसी दिइएको थियो । म तपाईँलाई महात्मा गान्धीको उदाहरण दिन सक्थँे । जोसँग सधैँ आफ्नो निर्णय लिने हिम्मत थियो । मलाई याद आउँछ । कुन किसिमले मेरो क्याम्पसका प्रोफेसर र मेरा सहरका बुद्धिजीवीहरू महात्मा गान्धीको मूर्खता अस्वीकार गरी आफ्नो टाउको हलाउँथे । गान्धीलाई लाग्थ्यो कि उहाँ आफ्नो सत्य र अहिंसाको युटोपियन काल्पनिक सिद्धान्तबाट संसारको सबैभन्दा शक्तिशाली साम्राज्यको टुपी समातेर बाध्य पार्छु । अङ्ग्रेजलाई हराउँछु । मलाई लाग्छ, मेरो सहरका एक प्रतिशतभन्दा थोरैलाई मात्र विश्वास थियो कि आफ्नो जीवनकालमै एक स्वतन्त्र हिन्दुस्तान हेर्न पाइनेछ । तर, महात्मा गान्धीलाई आफूमाथि भरोसा थियो । उहाँलाई आफ्नो देशप्रति विश्वास थियो । उहाँलाई आफ्नो जनताप्रति आत्मविश्वास थियो । तपाईँहरूमध्ये कतिले सायद गान्धीको त्यो चित्र देख्नुभयो होला, जुन नन्दलाल बोसले बनाएका थिए । त्यो एक यस्तो मानवको तस्बिर थियो । जसभित्र सोच्ने र त्यसलाई लागू गर्ने साहस थियो ।
म मेरो कलेज जीवनमा भगत सिंह अथवा महात्मा गान्धीबाट कति पनि प्रभावित थिइनँ । म पन्जाबको सबैभन्दा प्रतिष्ठित शैक्षिक संस्था, लाहोरको सरकारी क्याम्पसबाट अङ्ग्रेजी साहित्यमा एमए गरिरहेको थिएँ । निकै राम्रा विद्यार्थीहरू नै त्यहाँ भर्ना हुन्थे । स्वतन्त्रतापछि मेरा क्याम्पसका सहपाठी विद्यार्थीहरूले भारत र पाकिस्तानमा धेरै उच्च पद हासिल गरे – सरकारी नोकरीमा पनि सामाजिक क्षेत्रमा पनि । त्यो कलेजमा भर्ना लिनुअघि हामीले एउटा लिखित सुनिश्चितता दिनुपथ्र्यो । ‘म कुनै राजनीतिक आन्दोलनमा सहभागी हुँदिन ।’ त्यसक्रममा राजनीतिक आन्दोलनको अर्थ थियो स्वतन्त्रताको लडाइँ ।
यो वर्ष (सन् १९७२) हामी आफ्नो स्वतन्त्रताको २५ औँ वार्षिकोत्सव मनाइरहेका छौँ । तर के हामी इमानदारीपूर्वक भन्न सक्छौँ – हामीले आफ्नो दास मानसिकताबाट मुक्ति पाएका छौँ ? हामीभित्रको हीनभावनालाई जितेका छौँ ? के हामी दाबी गर्न सक्छौँ – निजी, सामाजिक, संस्थागत वा सोचाइमा निर्णयको विषयमा, यहाँसम्म कि हामी जे गरिरहेका छौँ, ती सबैमा स्वतन्त्रताको अनुभव हुन्छ ? हामीले आफ्नो विचार कतैबाट सापटी लिइरहेका त छैनौँ ? के हामी आध्यात्मिकरूपले स्वतन्त्र छौँ ? के हामीभित्र आफैँँ सोच्ने र आफ्नो लागि आफँै निर्णय लिने हिम्मत छ ? वा हामी आफँै निर्णय गरेको नक्कल मात्र गर्छौँ ? के हामी स्वतन्त्र भएको नाटक मात्र गरिरहेका छैनौँ ?
म तपाईँको ध्यान चलचित्र उद्योगतिर आकर्षित गराउन चाहन्छु । जुन क्षेत्रको म एक अङ्ग हुँ । मलाई थाहा छ, हाम्रा सारा चलचित्रबारे चर्चा गरेँ भने तपाईँहरू हाँस्नुहुन्छ । पढे–लेखेका, बुद्धिजीवीहरूको आँखामा हिन्दी चलचित्र कुनै मनोरञ्जनभन्दा केही पनि होइन । चलचित्रका कथावस्तुमा केटाकेटीपन छ । कुनै सच्चाइसँग सम्बन्ध छैन । कुनै तर्कको धारमा खरो उत्रिन सक्दैन । तपाईँ सबै सहमत हुनुहोला कि ती चलचित्रका सबैभन्दा कमी त्यसको कथा हो । त्यसलाई बनाउने तरिका हो । त्यसमा हुने नाचगान हो । ती चलचित्र बाहिरको चलचित्रबाट चोरिन्छ । बिना कुनै चिन्तन चोरिन्छ । कति त पूराका पूरा विदेशी चलचित्रबाट चोरेर हिन्दी चलचित्र बनाइन्छ । तपाईँ युवाहरूले हामी चलचित्रकर्मीलाई गिज्याउनु कुनै आश्चर्यको विषय होइन । तपाईँहरूमध्ये कति जना आफैँँ चलचित्र उद्योगमा आएर सुपरस्टार बन्ने सपना देखिरहनुभएको होला !
हिन्दी चलचित्रलाई गिज्याउन मलाई सुहाउँदैन किनभने यही मेरो लागि चलचित्रबाट म दुई छाक खाइरहेको छु । यही चलचित्रको कृपाबाट त मलाई यतिका पैसा, यतिमा नाम कमाएको छु । यहाँसम्म कि आज तपाईँले मलाई बोलाउनुभयो, सम्मान दिनुभयो । त्यसको लागि पनि केही सीमासम्म म यही चलचित्र क्षेत्रप्रति आभारी छु । तपाईँहरूजस्तै जब म एक विद्यार्थी थिएँ । हाम्रा शिक्षकहरू (अङ्ग्रेज र भारतीय पनि) हामीलाई कलाका विभिन्न क्षेत्रमा धनी छानी छानी लगाउन कोसिस गर्नुहुन्थ्यो । ती कलाबाट गोराहरूको संसार बुझ्न सकिन्थ्यो । महान् चलचित्र, महान् नाटक, महान अभिनय, महान चित्रकारी आदि । यी सबै या त युरोपमा सम्भव थियो वा अमेरिकामा । हामी हिन्दुस्तानीहरूको संस्कृति, हाम्रो भाषा कलाको आधारमा हामी धेरै पिछडिएको र ज्यान नभएको मानिन्थ्यो । यी सबै देखेर हामीलाई निकै दुःख लाग्थ्यो । बाहिर बाहिर त गुनासो पनि गथ्यौँ तर भित्र भित्र हामी अरूभन्दा पछाडि सम्झन्थ्यौँ ।
त्यो बेलादेखि आजसम्म परिस्थितिमा परिवर्तन आएको छ; धेरै फरक आएको छ । स्वतन्त्रतापछि भारतले कलाको हरेक क्षेत्रमा धेरै काम गरेको छ । चलचित्र बनाउनेहरूको समूहमा सत्यजित रे र विमल रायको नाम संसारका ठुला समकक्षीहरूको लहरमा लिन्छन् । हाम्रा कति कलाकार, क्यामरामेन्स र प्राविधिकको तुलना संसारका सबै कुनामा काम गरिरहेका उसका समकक्षीहरूसँग दाँज्न सकिन्छ । आजको मितिमा हाम्रो देशमा सबैभन्दा धेरै चलचित्र बनाइन्छ । हाम्रो चलचित्र हाम्रो देशभित्र मात्र लोकप्रिय छैनन् । बरु पाकिस्तान, अफगानिस्तान, इरान, सोभियत सङ्घ, मिश्र अरब देशहरू र अफ्रिकी देशहरूमा पनि निकै नै मन पराएका छन् । यो मामिलामा हामीले हलिउडको एकछत्र राज तोडेका छौँ ।
सामाजिक जिम्मेवारीको आधारमा पनि हाम्रा चलचित्र त्यति धेरै तल खस्केको छैन । जति पश्चिमा देशहरूभित्र खस्केको छ । भारतका चलचित्र निर्माताहरूले पैसा कमाउनको लागि यौन र अपराधलाई त्यति अगालेका छैनन् जति अमेरिकी चलचित्र निर्माताहरूले बितेका धेरै वर्षदेखि गर्दै छन् । तर, यी सबै कौशल एक कमीको कारण समाप्त हुन्छ । त्यो कमी हो, हामी मौलिक काम गर्दैनौँ, चोरी गर्छौं; नक्कल गर्छौँ । हामी पुरानो भइसकेको सूत्रमा चलचित्र बनाउछौँ । हामीभित्र हामी आफैँले केही बनाउने साहस छैन । यो हाम्रो वास्तविकता हो ।
म यी सबै सामान्यरूपमा बन्ने हिन्दी चलचित्र वा तमिल चलचित्रबारे मात्र बोलिरहेको होइन । यो मेरो गुनासो हाम्रा कथित प्रगतिशील र प्रयोगधर्मी भनिने चलचित्रको सन्दर्भमा पनि लागू हुन्छ । चाहे त्यो बङ्गालीमा होस्, हिन्दी होस् या मलयालम होस् । सत्यजित रे, मृणाल सेन, सुखदेव, बासु भट्टाचार्य र राजेन्द्र सिंह बेदीको कामको प्रशंसा गर्न म कोहीभन्दा पछाडि छैन । म जान्दछु । उहाँहरूको कामको धेरै सम्मान छ । उहाँहरू यो सम्मानका हकदार पनि हुनुहुन्छ । यो आफ्नो ठाउँमा छ । फेरि पनि म भन्छु । उहाँहरूको काममा पनि इटली, फ्रान्स, स्वीडेन, पोल्यान्ड र चेकोस्लोभाकियामा बनेका चलचित्र र त्यहाँको फेसनको असर छ । जो मानिसहरूको मैले नाम लिएको छु उहाँहरूले नयाँ तरिकाबाट काम गरिरहनुभएको छ । तर, त्यस्तो काम उहाँहरूले भन्दा अरूले गरिसकेको थियो । उहाँहरू जुन बाटोमा हिँड्नु भएको छ त्यो बाटोमा अरू नै अगाडि हिँडिसकेका थिए ।
अनुवाद : विजय