१८ पुष,कञ्चन
कञ्चन तुल्सीघाट बिकास तथा ब्यबस्थापन संस्था,कञ्चन–४,ढुंगेरह,रुपन्देहीको आज तेश्रो साधारण सभा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
शबदहन स्थलको निर्माण र ब्यबस्थापन गर्ने उद्धेश्यका साथ स्थापना भएको कञ्चन तुल्सीघाट बिकास तथा ब्यबस्थापन संस्थाको तेश्रो साधारण सभामा कञ्चन गाउपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको समृद्धिको लागि कञ्चनका बिभिन्न स्थानहरुमा पर्यटकिय स्थलहरुको निर्माण गर्न गाउपालिकाले योजनाबद्ध रुपमा कार्य गरेको बताउनु भएको छ।कञ्चनको बिेशषतालाई प्रर्यटनसंग जोड्नको लागि कञ्चनका बिभिन्न स्थानहरुमा पार्क,धार्मिक स्थल,सामुदायिक बन र पर्याबरणिय क्षेत्रहरुको बिकासमा जोड दिने बताउदै तुल्सीघाट क्षेत्रलाई उपत्यका बाहिरको आर्यघाटको रुपमा बिकास गर्नको लागि स्थानिय सरकारले प्रदेश र केन्द्र सरकारमा समेत पहल गर्ने बताउनु भएको छ । अव तुल्सीघाटमा सुबिधा सम्पन्न शवदहनको भट्टी बनाइने र तुल्सीघाटमा ब्यबस्थित शवदहन बनाउन सबैक्षेत्रबाट सबैको सकारात्मक सहयोग हुनुपर्ने बताउनु भएको छ।
कञ्चनको भौतिक पुर्वाधार बिकासको प्रसंग जोड्दै गत आर्थिक बर्षमा देशभरका स्थानिय निकायहरु मध्ये सबैभन्दा बढी सडकमा कालोपत्रे गर्ने स्थानिय सरकार भएको बताउनु भएको छ ।गत बर्ष कञ्चन गाउपालिकामा २५ किलोमिटर सडकमा कालोपत्रे भएको उल्लेख गर्दै भ्रमण बर्ष २०२० लाई लक्षित गरी कञ्चनका हरेक सडक र चोकहरु सफा गरी स्वच्छ र स्वस्थ कञ्चन बनाई कञ्चन हुदै लुम्बिनी आउने प्रर्यटकहरुलाई आकर्षित गर्नको लागि सबै संघसंस्थाहरुले कम्तीमा साताको एकपटक आफ्नो गाउ सफा गर्ने अभियानमा लाग्न आग्रह गर्नुभएको छ । अध्यक्ष क्षेत्रीले भन्नुभयो कञ्चनको बिकास अरुले भन्दा पनि हामी कञ्चनवासीले मिलेर बिकासमा जुट्नुपर्ने र कञ्चनको बिकासको बाधक कञ्चन नदी भएकोमा अव सोही नदीमा ४ वटा पक्की पुल र झोलुङगे पुल बनेपछि कञ्चनको मुहार बुटवलसंग जोडिने बताउनु भएको छ ।
बिशिष्ट अतिथिको रुपमा रहनु भएका कञ्चन गाउपालिका वार्ड नं. ४ का वडा दुर्गासिंह क्षेत्रीले कञ्चनलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्न तुल्सीघाट पनि एउटा महत्वपुर्ण ठाउ बन्न सक्ने बताउनु भएको छ ।तुल्सीघाटलाई बताबरणिय दृष्टिले सुरक्षित बनाउनको लागि दाउराले शवदहन गर्नु भन्दा बिधुतिय शवदहन बनाउनुपर्ने र सोको लागि गाउपालिकाले बिशेस पहल गर्ने बताउदै कञ्चन भित्र भएका सामुदायिक बनहरुलाई पर्यटन क्षेत्र बनाउन सकिने र बिभिन्न धार्मिक स्थलहरुलाई ब्यबस्थित रुपमा बिकास गर्न सकिने बताउनु भएको छ।वहाले भन्नु भयो कञ्चनको सुनगाभा शान्तीपार्क,मलावरदेबी थान,धमिनाताल,सामुदायिक बनहरु,सरकारी बोरिङ बजारमा रहेको मन्दिर क्षेत्र,भैरमघाट स्थल,दानापुरताल जस्ता स्थलहरुको बिकासलाई ध्यान दिन सकिएमात्र पनि कञ्चनको पर्यटन क्षेत्रको बिकास हुने बताउनु भएको छ ।
यसैगरी रुद्रपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष तथा सामुदायिक बन उपभोक्ता महासंघका रुपन्देही जिल्ला अध्यक्ष दीनानाथ आचार्यले कञ्चनको समृद्धिको आधार सुरक्षित खानेपानी भएको बताउदै तुल्सीघाटको शवदहन जस्तो ब्यबस्थित आर्यघाट पनि नभएको र मृत्यु पश्चात सुरक्षित शवदहनको लागि कञ्चनको मात्र नभै छिमेकी गाउ र जिल्लाहरुबाट पनि शब ल्याउने क्रम बढीरहेको बताउनु भएको छ । अध्यक्ष आचार्यले तुल्सीघाटमा हाल भएको दुइवटा शवदहन अपुग भएको र यसलाई अझ ब्यबस्थित बनाउन गाउपालिकाले सहयोग गर्नुपर्ने र समयपरिस्थिती अनुसार दाउराबाट शवदहन गर्दा बाताबरण प्रदुषण हुने भएकोले बिधुतिय शवदहन तत्काल निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ ।
नेपाली कांग्रेसका जिल्ला सदस्य देबिराम रेग्मीले तुल्सीघाटको शवदहन क्षेत्रलाई सुरक्षित र ब्यबस्थित बनाउन आफुले सक्दो सहयोग गर्ने बताउदै मानिसको जन्मसंगै मृत्यु असम्भावी भएकोले मृत्यु पछिको बिश्राम स्थलको बिकास गर्न सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनु भएको छ। अव बिधुतिय शवदहन निर्माणको लागि ब्यबस्थापन समितिलाई सहयोग गर्नको लागि पहल गर्ने बताउनु भएको छ ।
कञ्चन तुल्सीघाट बिकास तथा ब्यबस्थापन संस्थाका अध्यक्ष क्या.बिष्णुनारायण श्रेष्ठले तुल्सीघाटमा शवदहन निर्माणको लागि सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यबाद दिदै बिधुतिय शवदहन निर्माण गर्न,तुल्सीघाट क्षेत्रको ब्यबस्थित बिकास र नदी तत्बन्धन गर्नको लागि गाउपालिकाले बिशेष सहयोग सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गर्नु हुदै संस्थाको बार्षिक प्रतिबेदन तथा कार्ययोजना प्रस्तुत गर्नु भएको कार्यक्रममा संस्थालाई सहयोग गर्ने कञ्चन गाउपालिका वार्ड नं.४ का रुप बहादुर थापा,रुद्रपुर सामुदायिक बन उपभोक्ता स्मूह,लगायतलाई सम्मान गरिएको थियो ।संस्थाका सचिव नाम बहादुर के.सी.को संचालनमा सम्पन्न भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष गेम बहादुर थापाले स्वागत गर्नु भएको थियो ।