एजेन्सी
फुटवल भन्नासाथ ब्राजिली फुटवलर पेलेको नाम अगाडी आउछ । त्यसपछि अर्जेन्टीनी फुटवलर म्याराडोनाको नाम। पछिल्लो पुस्ताका लोकप्रिय फुटवलर अर्नेटिनी खेलाडी लियोनन मेस्सी ।
आज फुटवलका पारखीहरुका लागि भगवान सावित बनेका विश्व तथा ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।
पेले पछिल्लो केही वर्षयता किड्नी र प्रोटेस्टको समस्यासँग जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्यान्सर समेत देखिएको थियो। क्यान्सरकै केमो थेरापीका लागि उनी एक महिना अगाडी देखि अस्पतालमा रहेका थिए ।‘कालो मोती’का रूपमा विख्यात ब्राजिलियन फुटबलर पेलेको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो ।

पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनकी छोरी केलि नासिमेन्तोले समर्थकलाई सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको स्वास्थ्य अवस्था अपडेट गराउँदै आएकी थिइन्।
उनले बिहिबार राति एक तस्बिर पोस्ट गर्दै बुवाको निधन भएको भन्दै श्रदाञ्जली दिएकी छिन। ‘हाम्रो लागि सबथोक दिएकोमा धन्यबाद, हामी सदा माया गरिरहने छौं। हार्दिक श्रदाञ्जली बुवा।’भन्दै आफ्नो बुवा प्रति अन्तिम श्रद्धाञ्जली दिएकी थिइन।
अस्पतालले पनि पेलेको निधन भएको पुस्टी गरेको छ। पेलेको मल्टी अर्गान फेल भएका कारण निधन भएको जनाउदै अस्पतालले पछिल्लो समय उनमा पेटको क्यान्सरका कारण उपचार प्रभावकारी हुन नसकेको समेत जनाएको छ।

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा १२८१ गोल गरेर कीर्तिमानी कायम गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।
फुटबलमा जादुगर छवि बनाएका पेले विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्ला खेलाडी समेत हुन् । उनले १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिललाई जिताउँदा मुख्य भुमिका खेलेका थिए। पेलेलाई फिफाले सन् २००० मा प्लेयर अफ द सेन्चुरीको उपाधि समेत दिएको थियो।
फुटवल प्रति पछिल्लो पुस्ताको क्रेज बढ्नुमा पेलेको मुख्य भुमिका रहेको थियो। फुटवलको संसराका पेलेको उदय नभएसम्म फुटवल खेललाई सामान्यय रुपमा हेरिदै आएको थियो। जव फुटवलमा जादुमय ढंगले उनि उदाए तव विश्वकपको रौनक पनि विश्का हरेक कुना कुनामा पुग्न सफल भयो। जव फुटवलको महासंग्राम विश्वकप शुरु हुन्छ तव हरेक खेलमा पेले र म्याराडोनाको खेलको चर्चा र उदाहरण प्रस्तुत गर्दै खेल हेर्ने गरिन्छ।
ब्राजिलियन फुटबल संघले त ‘पेले अल टाइम महान खेलाडीभन्दा पनि अझैमाथि थिए र प्रेरणादायि थिए।’ भनेर ,पेलेको आधिकारीक ट्वटिरमा लेखिएको छ ‘पेलेले आफ्नो यात्रामा प्रेरणा र मायाहरु छाडेर गए। उनी आज शन्तसँग स्वर्गवास भएका छन्। संधै उनलाई मायानै माया रहने छ।’ ब्राजिलियन फुटबल संघले भाव व्यक्त गगरेको छ।

ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर, १९४० मा उनको जन्म भएको थियो भने उनका पिता समेत क्लब स्तरका खेलाडी थिए, आमा गृहिणी थिइन् । आमा बुबाले उनको नाम एडिसन राखेका थिए । ‘पेले जन्मने बेला शहरमा बिजुलीको बल्ब पुगेकाले त्यसबेला बल्बको उज्यालोको प्रभावले पेलेको नाम उनका बुवा आमाले बल्व बनाउने थोमस एल्वा एडिसनको स्रमणर गर्दै एडिसन राखेका थिए ।
१५ वर्षको उमेरमा उनी ब्राजिलको चर्चित क्लब सान्टोसमा अनुबन्ध भए । उनले आफ्नो पुरै व्यवसायिक खेल करिअर नै सान्तोषमा नै बिताएका थिए ।

उनको निधनप्रति विश्वका प्रख्यात खेलाडीहरुसँगै खेलप्रेमीले र सम्बद्ध संघसंस्थाहरुले श्रद्धान्जली दिइरहेका छन् । अर्जेन्टिीनी फुटवलर तथा फुटवलका चुम्वक लियोनन मेस्सी, ब्राजिली नेयमार, पोर्चुगिज क्रिष्टियानो रोनाल्डो, स्पेनका सर्जियो रामोसससँगै फ्रान्सका केलियन एमबाप्पेले श्रद्धान्जली दिएका छन् ।
२० औं शताव्दीको फिफा प्लेयर अफ द सेन्चुरीबाट अवार्डेडफुटवलका अर्का नक्षेत्र तथा तारा म्याराडाोनाको २ बर्ष अगाडी अर्थात सन २०२०को नोभेम्वर २५मा निधन भइसकेको छ।