तिलोत्तमा ।
थारु बगिया रुपन्देहीले बिहीबार तिलोत्तमा र शुद्धोधनको विभिन्न वडाहरुमा वडा भेला सम्पन्न गरेको छ ।
बगियाले तिलोत्तमाको वडा नं. १३ मा रामनरेश थारुको अध्यक्षतामा ९ सदस्यीय वडा इकाई समिति गठन गरेको छ । उपाध्यक्षमा सोनकुमारी थारु, सचिव राजेन्द्र थारु, कोषाध्यक्ष पशुपति कंवर थारु र सहसचिव मिना थारु रहेका छन् भने सदस्यहरुमा करन थारु, उर्मिला थारु, शंकर थारु, सोन केशरी थारु र वैकल्पिक सदस्यमा गौतम थारु रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा चन्द्रवली थारु, एकनारायण थारु, रामप्रसाद थारु, हरि थारु र धन बहादुर थारु रहेका छन् ।
त्यस्तै, बगियाले तिलोत्तमाकै वडा नं. १४ मा दामोदर थारुको अध्यक्षतामा ९ वडा इकाई समिति गठन गरेको छ । उपाध्यक्षमा आशा थारु, सचिव पुजा थारु, कोषाध्यक्ष सोम बहादुर थारु र सहसचिव रोशन थारु रहेका छन् भने सदस्यहरुमा अनु थारु, कमला कुमारी थारु, सीता थारु र प्रेम प्रसाद थारु रहेका छन् । त्यसैगरी सल्लाहकारहरुमा बिहारी थारु, दयानन्द थारु र राम अवतार थारु रहेका छन् ।
थारु बगिया रुपन्देहीले सोही दिन शुद्धोधनको वडा नं. ३ मा समेत रुकुम नारायण थारुको अध्यक्षतामा ९ सदस्यीय वडा इकाई समिति गठन गरेको छ । उपाध्यक्षमा विष्णु थारु, सचिव यशोधा थारु, कोषाध्यक्ष बेचुप्रसाद थारु र सहसचिव प्रतिमा थारु रहेका छन् भने सदस्यहरुमा किसन प्रसाद थारु, उमेश थारु, तुलसीराम थारु र लिखरानी थारु रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा भागवत थारु, झाबरलाल थारु र रामकिशुन थारु रहेका छन् ।
तीन वटै वडा भेला जिल्ला अध्यक्ष मनजीत चौधरी थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।