#सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकाको ७३ स्थापना दिवसको अवसरमा यहाँ उपस्थित सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक शुभकामना दिन चाहन्छौं । भक्तपुर नगरपालिकालाई आजको अवस्थासम्म ल्याइ पुर्याउन समाजका अगुवा र सामाजिक कार्यकर्ताहरु तथा स्थानीय जनताले धेरै मिहेनत, परिश्रम र दुख गर्नु भयो । नगरपालिकाको हरेक काममा प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग गर्ने यहाँका तमाम नगरबासी दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक नमस्कार गर्न चाहन्छौं ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोश्रो निर्वाचनमा भक्तपुर नगरका जनताले नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण उम्मेद्वारहरुलाई अत्यधिक मतले विजयी गराउनु भएकोमा आजको यस अवसरमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । निर्वाचन घोषणापत्रमार्फत स्वास्थ्य क्षेत्रमा हामीले ‘ख्वप अस्पताललाई सय शैय्याको सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने, वडा वडामा स्वास्थ्य केन्द्रहरुको विस्तार गर्ने, विशेषज्ञहरुमार्फत नियमित स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने’लगायतका प्रतिबद्धता व्यक्त गरेका थियौं ।
२०७९ जेठ ६ गते हामीले दोश्रो कार्यकालका लागि सपथ ग्रहण ग¥यौं र लगतै हामी निर्वाचनको बेला जनताबीच गरेका प्रतबद्धताहरु पुरा गर्नमा केन्द्रित भयौं । २०७९ जेठ २३ गते बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट ख्वप अस्पताल सय शैय्याको स्तरोन्नति भएको पत्र प्राप्त भयो । त्यस कार्यमा धेरै मित्रहरुले सहयोग गर्नु भयो । विशेष गरी प्रदेश स्वास्थ्य मन्त्रालय, निर्देशनालय र बागमती प्रदेशसभाका सदस्यहरु मा. सुरेन्द्रराज गोसाइ, सृजना सायजू, जिल्ला जन स्वास्थ्य कार्यालयलगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने तमाम सहयोगी मित्रहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
भक्तपुर नगरबासीहरुको स्वास्थ्य उपचारको सहज पहुँचका लागि घर दैलो नर्सिङ सेवालाई निरन्तरता दिंदै भनपा १ सल्लाघारी, भनपा २ ब्यासी र भनपा ५ भगवतीस्थानमा चिकित्सकसहितको स्वास्थ्य केन्द्रहरु स्थापना गरी नियमित सेवा प्रदान गर्दै आएका छौं । भनपा ९ च्याम्हासिह स्थित ख्वप अस्पतालले दैनिक ७५० भन्दा बढी बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहित ३६ जना चिकित्सकहरु विभिन्न तहमा गरी कूल १५६ जना भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । आवश्यकताअनुसार स्वास्थ्य उपकरणहरु र जनशक्ति व्यवस्थाको लागि अस्पताल व्यवस्थापन समिति प्रयाशरत छ ।
यस अस्पतालले गत आ.ब. २०७८।७९ मा ५०भन्दा बढी जिल्लाका १लाख ७५हजार ९ सय भन्दा बढी बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्यो । नगरबासीहरुलाई अझ सहज सेवा पु¥याउने उद्देश्यले हाल भनपा १० मा स्वास्थ्य केन्द्र निर्माणाधीन अवस्थामा छ भने यो वर्ष भनपा ७ ख“चामा स्वास्थ्य केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाउ“दै छौं । यो वडा वडामा स्वास्थ्य केन्द्रहरु विस्तार गर्ने चुनावी प्रतिबद्धता कार्यान्वयनको सिलसिला हो । हाल वडा वडामा दम खोकी सम्बन्धी स्वास्थ्य परीक्षण शिविरहरु चल्दैछन् ।
ख्वप अस्पताल २०७५ साल फागुन ९ गते शिलान्यास भइ झण्डै ३ वर्ष १० महिनामा आज उद्घाटन हुँदैछ । यस भवन निर्माणका लागि प्रारम्भिक ल.इ. ७६ करोड भएकोमा नेपाल सरकारको तर्फवाट ६ करोड, जिल्ला समन्वय समितिबाट १ करोड ५० लाख आर्थिक सहयोग प्राप्त भयो भने बाँकी सबै नगरपालिका कोषले व्यहोरेको हो र बाँकी कामको लागि आवश्यक बजेट नगरपालिकाले नै व्यहोर्ने छ । स्वास्थ्य उपकरणको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट आसियुका लागि २ करोड ७९लाख र एचडियुको लागि १ करोड २८ लाख ८४ हजार तथा बागमती प्रदेश सरकारबाट रु१ करोड प्राप्त भएको थियो । त्यसै गरी भक्तपुर नगरपालिकाको भगिनी सम्बन्ध भएको जनबादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान शहरबाट पहिलो पटक २०७८ जेठ ३० गते भेन्टिलेटर १ थान, अक्सिजन कन्सन्टे«टर ३२ थान, अक्सिजन सिलिण्डर(४० लिटरका) १०० थान र बेड ५० वटा तथा दोश्रो पटक २०७९ साउन ८ गते भेन्टिलेटर १ थान, ओटी टेवुल १ थान र ओटी लाइट सहयोग प्राप्त भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको तर्फवाट नेपाल मजदुर किसान पार्टीलाई प्राप्त स्वास्थ्य सामग्रीहरुमध्ये १५ हजार थान एन ९५ मास्क र ५ थान हाइद्रोजन अक्सिजन जेनेरेटर पार्टी सचिव प्रेम सुवालबाट २०७८ जेठ २४ गते ख्वप अस्पताललाई प्राप्त भयो । पछिल्लो चरणमा चीन सरकारको तर्फवाट रु. १ करोड बराबरको रकम प्राप्त भएकोमा स्वास्थ्य उपकरण खरिद प्रकृया चलिरहेको छ ।
हामीलाई थाहा छ, नेपालमा स्वास्थ्य सेवा अत्यन्त मह“गो छ । गरिब जनताहरु उपचारविना मर्नुपर्ने अवस्थामा छन् । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) काअनुसार नेपालमा स्वास्थ्य उपचारको कारण हरेक वर्ष ५ लाख मानिसहरु गरिबीको रेखामुखी झर्छन् । नेपालजस्तो विकासोन्मुख देशले प्रतिव्यक्ति स्वास्थ्यमा ८६ अमेरिकी डलर खर्च गर्नुपर्ने भनिएपनि नेपाल सरकारले प्रतिव्यक्ति १७.३ डलरमात्रै खर्च गरिरहेको उल्लेख छ । राज्यको कूल बजेटको १० प्रतिशत भन्दा माथि स्वास्थ्यमा लगानी गर्नुपर्ने मान्यता रहे पनि आ.व. २०७९÷८० मा ६.८७ प्रतिशत मात्रै लगानी भएको तथ्यांक छ । यस अर्थमा अहिले पनि नेपाली जनता झण्डै ८० प्रतिशत निजी क्षेत्रमा गएर सेवा लिनुपर्ने बाध्यता छ । सरकारी अस्पतालहरुमा सुधार नगर्ने र बिरामीहरु उपचारको लागि निजी अस्पतालहरुमा गइरहनुपर्ने बाध्यताको अन्त्य गर्न सकेनौं भने जनता स्वास्थ्यकै कारण घरखेत बेच्न बाध्य हुनुपर्ने र ऋणको पासोमा परेर अकाल मृत्यु वरण गर्नु पर्ने अवस्थाको अन्त्य हुनेछैन । हामी जनतालाई त्यो अवस्थाबाट मुक्त गर्न चाहन्छौं ।
त्यसको निम्ति हामीले २०३० सालदेखि सञ्चालित च्याम्हासिंहस्थित जन स्वास्थ्य केन्द्रलाई २०७८ साल वैशाख १७ गतेबाट ख्वप अस्पतालको रुपमा सञ्चालन ग¥यौं । जिल्ला जनस्वास्थ्य कार्यालयबाट २०७३ सालमै २५ शैय्याको स्वीकृति पाएका थियौं । कोभिड महामारीबीच ख्वप अस्पताल सञ्चालन गर्दा हाम्रा सामु कोभिड बिरामीहरुको जीवन रक्षा, ठाउँको समस्या, स्वास्थ्य सामाग्रीहरु र जनशक्तिको अभाव जस्ता थुप्रै चुनौतीहरु थिए । तर जनप्रतिनिधिहरुमा इच्छा शक्तिमा कुनै कमी थिएन । अत्यन्तै प्रतिकूल अवस्थामा पनि स्थानीय जनतास“ग हातेमालो गरी निरन्तर जनताको सेवामा अगाडि बढी रह्यौं । जनताको साथ र सहयोग भयो भने हरेक क्षेत्रमा सफलता हासिल गर्न सम्भव छ भने एउटा उदाहरण बन्यो भक्तपुर नगरपालिका ।
विश्वव्यापी महामारीको रुपमा कोरोना फैलिएको बेला जनता अत्यन्तै त्रसित थिए । अक्सिजनको अभावमा विभिन्न ठाउँका जनताको अकाल मृत्यु हुन थालेपछि भक्तपुरबासी जनताको जीवनरक्षालाई हामीले पहिलो प्राथमिकतामा राख्यौं र निर्माणाधिन ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा पुग्यौं । अक्सिजन प्लान्ट र अन्य स्वास्थ्य उपकरण खरिद गर्न विपद व्यवस्थापन कोष खडा गरी आर्थिक सहयोग संकलन ग¥यौं । छोटो अवधिमै ६ करोड २६ लाख भन्दा बढी सहयोग संकलन भयो । कोरोनाका बिरामीहरु र आइसोलेसनमा बस्नुभएका तमाम संक्रमित दाजुभाइ तथा दिदी बहिनीहरुको निःशुल्क सेवा ग¥यौं । त्यतिबेला ४५५ भन्दा बढी कोरोनाका बिरामीहरुलाई भर्ना गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्यौ ।
अक्सिजन प्लान्ट राख्न नगरबासी मात्रै होइनन्, देश र विदेशमा बस्ने धेरै मित्रहरुले आर्थिक र स्वास्थ्य उपकरण सहयोग गर्नुभयो । त्यही सहयोगले आज भक्तपुरका जनताले निःशुल्क अक्सिजन पाउनु भएको छ भने अन्य नागरिकहरुले न्यून शुल्कमा अक्सिजन पाउनुकासाथै सारा जनताले सस्तो र सहज उपचार पाइरहनु भएको छ । उहा“हरुको उच्च मूल्यांकन गर्दै रु. ५ लाखभन्दा बढी सहयोग गर्ने सहयोगी दाताहरुलाई आजका दिन कदर पत्र दिने व्यवस्था गरेका छौं ।
कोभिड रोकथाम र नियन्त्रणको क्रममा जात्रा पर्वहरुलाई औपचारिकतामा सीमित गर्ने, किटनाषक औषधी छर्ने, राहत वितरण, घरघरमा गएर कोभिड संक्रमितहरुको सेवा गर्ने तथा जनतालाई स्वास्थ्य सम्बन्धी जानकारी दिन नियमित रुपमा सूचना प्रवाह गर्ने काम ग¥यौं । कोरोना महामारीबीच भक्तपुर नगरपालिकाले गरेको कामको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश सरकारले भक्तपुर नगरपालिकालाई प्रदेश राजधानी हेटौडामा २०७९ असार ३० गते विपद सेवी पदकबाट सम्मान गर्यो । यहाँका जनताले गरेका कामको उच्च मूल्याङ्कन भएकोमा हामी खुशी छौं ।
कामको सिलसिलामा हाम्रा थुप्रै कमी कमजोरीहरु भए होलान् तर जनताको सेवा गर्ने भावना नै हाम्रो मुख्य उद्देश्य हो । आज ती सबैको विवरण संग्रहित पुस्तक ‘कोरोना नियन्त्रणमा भक्तपुर नगरपालिका’ पुस्तक नेमकिपाका श्रद्धेय अध्यक्ष का. नारायणमान बिजुक्छे“ज्यूबाट सार्वजनिकीकरण भयो । भनपाले कोभिडमा जनतास“ग मिलेर कसरी काम ग¥यो भन्ने कुरा त्यस पुस्तकबाट यहा“हरुले जानकारी पाउनु हुनेछ ।
ख्वप अस्पताल स्थान अभावको कारण अन्तरड्ड विभाग ब्रम्हायणीको भवनमा सञ्चालन हु“दै आएकोमा अब क्रमशः नया“ भवनमा सार्नेछौं । ब्रम्हायणीको भवनलाई प्रसुति केन्द्रको रुपमा विकास गर्ने योजना छ । त्यसको लागि हामी तयारी गर्दैछौं ।
भनपाले श्वासप्रश्वास पुनःस्थापना केन्द्र र नगरस्तरीय आयुर्वेदिक उपचार केन्द्रहरु व्यवस्थापन गरी स्वास्थ्य क्षेत्रमा जनताको सेवा गर्दै आएको छ । तिलगंगा आँखा प्रतिस्ठानसित समन्वय गरी नगरपालिकाकै व्यवस्थापनमा सामुदायिक आ“खा उपचार केन्द्र संचालन गर्दै आएकोमा उक्त केन्द्रबाट गत आ.ब.२०७८।७९ मा २३,०३७ जनाको उपचार गरिएकोमा मोतिबिन्दुको ३९० वटा अपरेसन भएको थियो । कोभिड १९ रोकथाम र नियन्त्रणका लागि खोप नै भरपर्दो उपाए भएको चिकित्सकहरु कुरालाई ध्यानमा राखी व्यापक खोप अभियान चलायौं । त्यस क्रममा ख्वप अस्पतालबाट कोभिशिल्ड १८,२४४, भेरोशिल्ड १,१७,७९२, जोन्सन एण्ड जोन्सन ३,८९२, मोर्डना २६,५४५ र फाइजर १३,८५६ गरी कूल १,८०,३२९ डोज खोप लगाउन सफल भर्यौ ।
जनताको सहज पहु“चका लागि हरेक दिन बिहान ७ बजेदेखि सा“झ ६ बजेसम्म दैनिक ११ घण्टा ओपीडीे सेवा, शनिबार र कुनै पनि सार्वजनिक बिदाको दिन बन्द नहुने गरी वर्षको ३६५ दिन नै ओपीडी सेवाको व्यवस्था मिलाएका छौं । गुणस्तरीय स्वास्थ्य उपचारको लागि थप स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति जुटाउन प्रयासरत छौं ।
उपचारविना कुनै पनि नागरिकले मृत्युवरण गर्न नपर्ने अवस्थाको लागि हाम्रो अधिकत्तम प्रयास जारी रहनेछ । नेपाल सरकारको विशिष्टिकृत अस्पतालहरु भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त अड्ड प्रत्यारोपन केन्द्र भक्तपुरमै छन् । बागमती प्रदेशअन्तर्गतको जनरल अस्पतालको रुपमा भक्तपुर अस्पताल छ । भक्तपुर देशकै सानो नगरपालिका भए पनि यहाँ चार वटा महत्वपूर्ण सरकारी अस्पतालहरु छन् । बाल वच्चा र आमाहरुको लागि सिद्धि स्मृति अस्पतालले सेवा दिइरहेको छ । भक्तपुरका जनता उपचारको लागि भक्तपुर बाहिर जान नपर्ने व्यवस्थाको लागि हाम्रो प्रयास निरन्तर रही आएको छ । यी अस्पतालहरुले राम्रो सेवा दिन सकेमा व्यापारका लागि खोलिएका महंगा महंगा निजी अस्पतालहरुमा गएर उपचार गर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।
अन्त्यमा, ख्वप अस्पतालमा बरोबर निरिक्षण गर्नु भई सुधारको निम्ति सन्धै हामी जन प्रतिनिधिहरुलाई प्रेरणा दिइरहने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । अस्पतालको विकासको निम्ति सहयोग गर्ने मा.प्रेम सुवाल प्रति पनि हार्दिक आभार व्यक्त गर्दछौं । कोरोनाको समयमा आफ्नो जीवन दाउमा राखेर अहोरात्र खट्नुभएका जनप्रतिनिधि, कर्मचारी, राजनैतिक कार्यकर्ता, स्वयम्सेवक, चिकित्सकलगायत आर्थिक र भौतिक सहयोग गर्ने तमाम जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । हाम्रा गतिविधिहरु प्रचारप्रसार गरी सुसुचित गर्ने पत्रकार मित्रहरु पनि धन्यवादका पात्र हुुनुहुन्छ । ख्वप अस्पताल जनताको आफ्नै अस्पताल हो भन्ने भावनालाई मनन् गर्दै विगतका दिनहरुमा झैं निरन्तर सहयोगको अपेक्षा गर्छौं । यहा“हरुको नैतिक सहयोग नै हाम्रो निम्ति जनताको सेवा गर्ने उत्प्रेरणाको स्रोत बन्नेछ ।
(भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसरमा ख्वप अस्पताल उद्घाटन समारोहमा प्रमुख सुनिल प्रजापतिको मन्तव्य)