कान्ति माध्यमिक विद्यालय बुटवलको ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७९ काे अवसरमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि शभा सदस्य माननीय विष्णुप्रसाद पाैडेलले रुपन्देहीका सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक कार्यक्रमहरुलाई देशकै उत्कृष्ट नमुना प्रस्तुत गरिरहेकाेमा खुसि व्यक्त गर्दै आगामी दिनहरुमा देशकाे शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने क्षमता विकास गर्दै लगेको बताए । रुपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयकाे भाैतिक पूर्वाधार विकास , विकास तथा सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रुपन्देहीकाे बुटवलमा रहेर मुलुकका २५ जिल्लाका विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिएको यस कान्ति माध्यमिक विद्यालयले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरुकाे पठन पाठनलाई ध्यान दिदै बढ्दै गएकाे शैक्षिक बेरोजगारी कम गर्नका लागि अगाडि बढ्नु पर्ने यसका लागि आफुहरु सधैं तयार रहेको कुरा कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य भाेज प्रसाद श्रेष्ठले बताए ।कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयहरुलाई अन्तरास्ट्रिय स्तरकाे गुणस्तरीय शिक्षा प्रदान गर्ने सस्थाका रुपमा विकास गर्दै लैजाने ध्येयका उप महानगरपालिकाले कार्यक्रम गरिरहेकाे बताए ।
कार्यक्रममा विशिष्ट अतिथि वडा नं ४ का अध्यक्ष नरिश्वर शर्माले बुटवल उपमहानगरपालिका विद्यालयकाे सर्वाङ्गिण विकासका लागि सधैंभरि तयार रहेकाले शिक्षालयलाई विवाद रहित बनाउन सुझाव दिनु भयाे । कार्यक्रममा पूर्व जिसिअ टेक बहादुर थापा , बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत , अभिभावक संघका लाेकनाथ ज्ञवालीले शुभकामना मनतव्य दिनु भएको थियाे । बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्राचार्यहरु , रुपन्देही जिल्लामा सक्रिय रहेका सम्पूर्ण राजनैतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका समाजसेवी , अभिभावकहरु, विद्यार्थीहरुकाे सहभागीता रहेको।
साे अवसरमा लगातार २५ वर्ष शिक्षण कार्यमा याेगदान पुराउनु भएको पूर्व शिक्षक यज्ञलाल सुवेदी र कार्यरत शिक्षक घनश्याम यादवलाई कान्ति दीर्घ सेवा पदक बाट सम्मान गरिएको छ । वर्षको उत्कृष्ट कर्मचारीका रुपमा प्रेम बहादुर बगाले, शिक्षकको रुपमा अमित कशाैधन र मञ्जु बस्नेत , उत्कृष्ट अभिभावकका रुपमा गाेकर्ण पराजुली र कमला पन्थी जि सि लाई सम्मानित गरिएको थियाे । जेहेन्दार तथा लगनशील विद्यार्थीहरुलाई विभिन्न सस्था र व्यक्तिबाट स्थापना गरिएको अक्षयकोषकाे ब्याज रकमबाट छात्रवृत्ति प्रदान गरिएको छ ।
कार्यक्रममा विद्यार्थी दिपिका घिमिरे स्वागत मनतव्य राखेकि थिईन भने सञ्चालन साहित्य विभाग प्रमुख शिक्षक लीलाधर पाण्डे र खेल शिक्षक महेश खनालले गर्नु भएको कुरा विद्यालयका शिक्षक हुमराज भुसालले बताउनु भयाे ।