२९ मंसिर, गैडहवा
रुपन्देहीको गैडहवा गाउपालिकामा प्रथम प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७९ को बिहिवार शुभारम्भ भएको छ। रुपन्देही जिल्लाकै ठूलो सिमसार तालको रुपमा रहेको गैडहवातालको पर्यटन प्रबद्र्धनका लागि पहिलो पटक सञ्चालन गरिएको प्रथम अध्यक्ष भलिवल प्रतियोगिताको शुभारम्भ गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गर्नु भयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष पौडेलले गैडहवाताल रुपन्देहीकै गौरव र ठूलो सिमसार ताल भएको र यसको उचित प्रचार प्रसार सही ब्यबस्थापनको कमीका कारण ओझेलमा परेको उल्लेख गर्नु भयो। अव गैडहवातालको सहि व्यबस्थापन र उचित सौन्दर्यकरण गरेर जल तथा पर्या पर्याटनको प्रबद्र्धन गरी स्थानीयहरुको आर्थिक स्तरमा पनि बृद्धि गरिने बताउदै अध्यक्ष पौडेलले स्थानीयहरुको आर्थिकस्तर सवल बनाउन होमस्टे निर्माणको कार्ययोजना समेत तयार भइरहेको बताउनु भयो। गैडहवाताललाई गैडहवाको मात्र नभई सम्भव भएसम्म देशकै नमुना र पर्यटकिय दृष्टिकोणले नमुना बनाएर आन्तरिक तथा बाह्य पर्यटकहरुके आकर्षण्को केन्द्र बनाउन पालिका तहबाट प्रदेश र संघमा आवस्यक योजना सहितको बजेट ब्यबस्थापनका लागि पहल गरिरहेको समेत अधयक्ष पौडेलले बताउनु भयो।

खेलकुदको माध्यमबाट गैडहवातालको पर्यटन प्रबद्र्धनका लागि प्रचार प्रसार गर्ने उद्धेश्यका साथ खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरिएको बताउदै अध्यक्ष पौडेलले बिभिन्न जिल्लाबाट प्रतियोगितामा सहभागी हुन आउनु भएका खेलाडीहरुको माध्यमबाट गैडहवातालको प्रचार प्रसार गर्न आग्रह गर्नु भयो। गैडहवाबाट पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडाी उत्पादन भएको र नवौ राष्ट्रिय खेलकुदमा खो खो खेलमा प्रथम हुन सफल खो खो खेलाडी भरत सारु लगायत खेलाडीहरुको सम्मान गर्ने प्रतिबद्धता सहित खेलकुदको बिकासका लागि पालिका तहबाट आवस्यक योजना र बजेट ब्यबस्थापन गरिने अध्यक्ष पौडेलले बताउनु भयो।

कार्यक्रममा गैडहवा जटायु रेष्टुरेण्ट सञ्चालक समितिका पुर्व अध्यक्ष बावुराम मल्लले हिजो जिल्ला बिकास समिति हुँदा पनि गैडहवा उपेक्षित हुदै आयो । आज नजिकको सरकारको रुपमा रहेको पालिकाले समेत गएको ५ बर्षमा गैडहवातालको उचित प्रबद्र्धन र ब्यबस्थापनमा आवस्यक बजेट ब्यबस्थापन नहुदा अझै पनि गैडहवा रुपन्देहीको ठूलो ताल भनेर भजन गाउनु बाहेक कुनै परिवर्तन हुन नसकेको दुखेसो ब्यक्र गर्नु भयो। वर्तमान पालिका अध्यक्ष सुरेन्द्र पौडेललाई बिकास प्रेमी र सामाजिक ब्यक्तित्वको रुपमा गैडहवावासीले मुल्यांकन गरेको भन्दै संयोजक मल्लले आगामी ५ बर्षमा गैडहवातालको स्वरुपमा परिवर्तन आई पर्यटकिय रुपमा आकर्षक बनाउन जोडवल गर्नु हुने बिस्वास गर्नु भयो।
प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७९ मा रुपन्देही, गुल्मी, पाल्पा, स्याङ्गजा, कपिलबस्तु र नवलपरासीका गरी १५ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैया सहित मेडल र कप प्राप्त गर्ने छन भने उपविजेता टिमले नगद ३० हजार सहित मेडल र कप प्राप्त गर्ने आयोजक श्री शान्ती युवा क्लव, गैडहवा ४, रुपन्देहीका अध्यक्ष टंक बहादुर बस्नेतले जानकारी दिनु भएको छ।

गैडहवा गाउपालिकाको आर्थिक सहयोग र स्थानीय शान्ती युवा क्लवको आयोजनामा संचालित प्रतियोगितामा अन्तिम ४ मा पुग्न सफल २ टिमले जनही १० हजार रुपैया सान्त्वना वापत पुरस्कार पाउने छन। यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट सेटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्वर र उत्कृष्ट खेलाडीलाई समेत सम्मान र पुरस्कार पाउने छन।
श्री शान्ती युवा क्लवका अध्यक्ष टंक बहादुर बस्नेतको अध्यक्षता तथा तेज कुमारी बि.क.को स्वागतमा शुरु भएको प्रतियोगिताको उद्धघाटन शत्रको कार्यक्रमको सञ्चालन दिनेश घिमिरेले गर्नु भएको थियो। पुष २ गते सम्म सञ्चालन हुने प्रतियोगिता रुपन्देहीको ठूलो सिमसार ताल गैडहवातालमा सञ्चालन भइरहेको र प्रतियोगितामा सांस्कृतिक कार्यक्रम समेत हुने खेल संयोजक दीपक गुरुङ्गले जानकारी दनु भयो।