२० मंसिर, सैनामैना/विनोद के.सी
रुपन्देहीको सैनामैना-१, वनकट्टामा अवस्थित अभियान नेपाल बाल आश्रममा आश्रय लिइरहेका बालबालिकाहरुलाई लिट्ल वर्डस् इङ्लिस स्कुल, रानिबगैचा“द्वारा आज एक विशेष कार्यक्रमकाबीच विभिन्न अत्यावश्यक सामागी्र प्रदान गरिएको छ ।
लिटिल वर्डस् इङलिस स्कूलमा स्थापना भएको लिटिल वर्डस् बाल क्लबले यो वर्ष आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकमबाट उक्त सामागी्र खरिद गरि सहयोग गरिएको हो । उक्त सहयोग क्लबका अध्यक्ष सागर मुराव, उपाध्यक्ष प्रतिक्षा बुढाथोकी एवंम् सदस्य सुदिप थापाको संयोजकत्वमा अभियान नेपाल बाल आश्रमका सस्थापक अध्यक्ष तिलक शाही तथा उपाध्यक्ष पुष्पराज सिग्देललाई हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै बाल आश्रमका सस्थापक अध्यक्ष तिलक शाहीले उक्त आश्रम आफ्नो २६ वर्ष पहिलेको योजना रहेको जानकारी दिनुभयो । सामाजिक दायित्व वहन गर्दै यो आश्रम स्थापना भएको हो, उहॉले थप्नुभयो । कार्यक्रममा क्लबका अध्यक्ष्ँ सागर मुरावले लिटिल वर्डस् इङ्लिस स्कुल यस्तै सामाजिक कार्यहरुमा सधै अग्रणी रहेको र क्लबले पनि आगामी दिनहरुमा यस्ता सामाजिक सेवालाई निरन्तरता दिने कुरा उल्लेख गर्नुभयो ।
६ कठ्ठा जग्गामा आवस्थित उक्त बाल आश्रममा अहिले ७ जना बालबालिकाहरु आश्रित रहेका छन् ।
लिट्ल वर्डस् इङ्लिस स्कुलका प्राचार्य श्रवण कुमार गौतम, सह प्राचार्य शुरेस पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक अनिश भण्डारी, सिनियर शिक्षिका यशोदा सिग्देल लगायतको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन शुरेस पौडेलले गर्नु भएको थियो ।