१४ मंसिर, भक्तपुर
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपाका जनप्रतिनिधि र कर्मचारीहरुको लागि २ दिने विपद् व्यवस्थापनसम्बन्धी तालिम भक्तपुर नगरपालिकाको सभाहलमा आज शुरु भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले विपद् जोखिम अप्रत्यासित रुपमा आइपर्ने काबु बाहिरको परिस्थिति भएको हुँदा त्यसबाट जोगिनको लागि सदा तत्पर रहनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले कोभिड नियन्त्रण र रोकथामको लागि गरेको व्यवस्थापन उत्कृष्ट भई बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट विपद्सेवी पदकबाट सम्मान गरिएको स्मरण गर्नुहु“दै कोभिडकै समयमा जनताको सहयोगबाट अक्सीजन प्लान्ट स्थापना गर्न सफल भएको तथा नगरबासीहरुले निःशुल्क अक्सीजन प्राप्त गरिरहेको जानकारी दिनुभयो ।
“विपद्बाट भाग्ने होइन यसबाट नयाँ कुरा सिक्नुपर्छ” भन्नुहुँदै उहाँले विपद्सम्बन्धी पूर्वतयारी र विपद्बाट जोखिगन सँधै तत्पर रहन बलियो संरचना निर्माण गर्नुपर्ने र नगरस्तरीय विपद् व्यवस्थापन समिति विपद्को समयमा सकृय हुन र विपद्लाई रोकथाम गर्नका लागि तत्पर रहन विपद् व्यवस्थापन तालिम प्रदान गरी जनशक्ति तयार गरिरहेको जानकारी गराउनु भयो । उहाँले नगरपालिकाले भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्न डकर्मी तालिम तथा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रम उपप्रमुख रजनी जोशीले विपद् कुनै पनि समय र कुनै पनि स्वरुपमा आउन सक्ने भएको हुँदा संरचना निर्माणमा भवन आचारसंहिता अनिवार्य रुपमा पालना गर्नुपर्ने बताउनुहुँदै बाढी,पहिरो, आगलागि, महामारीको रुपमा पैmलिने रोगहरुबाट हुने धनजनको क्षतीबाट बच्न नगरबासीहरुलाई सचेत र शिक्षित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहा“ले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा गर्दै आएका कार्यहरुको संक्षिप्त जानकारी दिनुहुँदै देशभरीमा शिशुस्याहारदेखि कलेजसम्म सञ्चालन गर्दै १०० शैøयाको अस्पताल सञ्चालन लगायत नियमित रुपमा खोप, शिविरहरु, स्काउट तालिम र जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने विपद् जोखिम व्यवस्थापन तालिममा पहिलो दिनको प्राविधिक सेसन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत सन्तोष कुमार खत्रीले सञ्चालन गर्नुभएको थियो भने डा. राजु थापा र अनिरुद्र नेपालले तालिममा सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । तालिम कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरु गरी ४५ जनाको सहभागिता रहेको छ ।