२७ कार्तिक, कञ्चन
देशको सीमा सरक्षा र देशको सार्वभौमिकता रक्षाको संघर्षको लागि थप बल पुर्याउन नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादलमा मतदात गर्न नेमकिपाको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का उमेद्वार हिमलाल पाढडेले आग्रह गर्नु भएको छ। रुपन्देही ५ को लुम्बिनी सांस्कृतिक नगरपालिकाका खुनगाई, पडरिया, महलीवार, पर्सा चौराह, एकला, भैसाहियाका मतदाताहरु बिच पुगेर उमेद्वार पाण्डेले सो कुरा बताउनु भयो।

उमेद्वार पाण्डेले सिद्धान्तहीन निर्वाचन गठबन्धन मार्फत पूँजीवादी सरकारको भागबण्डाको चाँजोपाँजो मिलाउनेहरुलाई पराजित गर्न र मजदुर किसानको नेतृत्वमा प्रगतिशिल, देशभक्त बुद्धिजीवी र राष्ट्रिय पुँजीपति वर्गको सरकार निर्माण गरी कामगरी खाने बहुमत कामदार जनताको पक्षमा कानुन निर्माण गर्न नेपमल मजदुर किसान पार्टीका उमेद्वारहरुलाई मादल चिन्हमा मतहाली विजयी बनाउन आग्रह गर्नु भयो। निर्वाचनमा सामान र पैसा बाँड्ने तथा भोज खुवाएर जनतालाई धोका दिने शासक दलहरुलाई नहराए सम्म बास्तविक मजदुर किसानको जिवनस्तर कहिल्यै माथी नउठ्ने बताउदै उमेद्वार पाण्डेले भ्रष्टचारी, कालावजारिया, तस्कर, कानुन, हातमा लिने र गुण्डा गर्ने दल र उमेद्वारहरुलाई हराउन नेमकिपाको चुनाव चिन्ह मादलमा मतदान गर्न आग्रह गर्नु भयो।

यसैगरी नेमकिपाले गैडहवाको मंगलपुर, गुलहरिया, सूर्यपुरा बजारमा पनि चुनाव प्रचार प्रसार गरेको छ। मंगलवार नेमकिपाको तर्फबाट रुपन्देही ५(१) का उमेद्वार जगी लाल थापाले मतदाताहरुका घर घरमा पुगी दुई दलिय तानाशाही व्यबस्थाउन्मुख शासक दलहरुलाई उद्याङ्गयाउन र प्रजातन्त्र बिरोधी तीन प्रतिशतको मतसीमा खारेज गराउन मादलमा मतदान गर्न आग्रह गर्नु भयो। कृषिमा आत्म निर्भर बनाउन जमिन जोत्नेलाई वितरण गराउन र रासायनिक मल कारखाना स्थापना गराउन र किसान, मजदुर र कामदार वर्गको हितमा कानुन बनाउन, जेष्ठ नागरिक अशक्त टुहुरा–टुहुरीको सम्मान सहित सुरक्षित स्याहार सुसार तथा जिवन निर्वाह भत्ताको व्यबस्था गर्न नेमकिपाका उमेद्वारहरुलाई मादलमा मतदान गरी विजयी बनाउन उमेद्वार थापाले आग्रह गर्नु भयो।

नेपाल मजदुर किसान पार्टीले मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देही ५ मा प्रतिनीधि सभा तर्फ हिमलाल पाण्डे र प्रदेश सभा तर्फ रुपन्देही ५ (१)मा जगी लाल थापालाई उमेद्वार बनाएको छ।
