२१ कार्तिक,बुटवल
नेपाल मजदुर किसान पार्टी रुपन्देहीले रुपन्देही क्षेत्र नं. १ मा सोमवार आफ्नो चुनाव प्रचार प्रसार गरेको छ। नेपाल मजदुर किसान पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नं. १ मा उमेद्वार रहनु भएका तुल्सीराम धुख्वाको नेतृत्वमा चुनाव प्रचार प्रसार शुरु गरेको हो।
चुनाव प्रचार प्रसारको क्रममा देवदह नगरपालिका वडा नं. १० अन्तर्गत चरङ्गे ४ नम्वर मगरबस्ती, लडियावास, घोडाहा बजार क्षेत्र,वडा नं. ५, र ६ को खैरहनी बजार क्षेत्र, वडा नं. ६ को शितलनगर बजार क्षेत्र, वडा नं. ४ को केरवानी सेमरहना चोक र भवानीपुर बजार क्षेत्र, वडा नं. ३ को सूर्यपुरा चोक ,वडा नं. १ को ६ नमवर चोक बजार क्षेत्र, वडा नं. ११ र १२ को शंकरपुरचोक बजार क्षेत्र र सुक्रौली चोकमा पार्टीको घाषणापत्र सहित उमेद्वारको प्रतिबद्धता पत्र वितरण गरी चुनाव प्रचार प्रसार गरेको थियो।

नेमकिपाको तर्फबाट रुपन्देही क्षेत्र नं. १ का उमेद्वार तुल्सीराम धुख्वाले वैदेशिक हस्तक्षेप र अतिक्रमणको विरोध गर्दै आएको बताउॅदै देशको स्वाधीनता र सार्वभौमसत्ता जोगाउन मादल चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो । नेमकिपाले निर्वाचनमा देशघाती एमसीसी र नागरिकता विधेयकको विरोधलाई मुल मुद्दा बनाएको चर्चा गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार धुख्वाले देशद्रोही शासक दलहरूलाई निर्वाचनमा परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी नेमकिपाले सोही क्षेत्रको ओमसतिया वडा नं. ६ को मझौली गाउँ, रोहिणी गाउपालिका वडा नं. ३ को धकधही बजार क्षेत्र, वडा नं. २ र ७ अन्तर्गत भारतिय सिमा क्षेत्रको भगवानपुर बजार क्षेत्र र तिलोत्तमा नगरपालिका वडा नं. ८ को ३ र ४ नं. बजार क्षेत्र मा पर्चा वितरण गरि प्रचार प्रसार गरेको छ। उमेद्वार धुख्वाले संसदमा प्रखर प्रतिपक्षको भुमिका निर्वाह गरी प्रजातन्त्र र जनअधिकारको रक्षा गर्न र अमेरिकी साम्राज्यवादसंगको देशघाती एमसीसी सम्झौता, एसपीपी नामको सैनिक साझेदारी खारेज गराउन मादल चिन्हमा मतदान गर्न मतदाताहरु बिच आग्रह गर्न भयो।
चुनाव पैचार अभियानको क्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति रुपन्देहीका कोषाध्यक्ष तथा नेमकिपा रुपन्देहीको चुनाव प्रचार प्रसार अभियानका संयोजक जगी लाल थापाले किसान, मजदुर र कामदार वर्गको हितमा कानुन बनाउन र देशलाई कृषिमा आत्म निर्भर बनाउन, जमिन जोत्नेलाई वितरण गराउन र रासायनिक मल कारखान स्वदेशमै स्थापन गर्न मादलमा मतदान गर्नुको बिल्प नभएको मतदाताहरु बिच बताउदै नेमकिपाको चुनाव चिन्ह मादलमा मतदान गर्न आग्र गर्नु भयो।
नेमकिपाको तर्फबाट रुपन्देही क्षेत्र नं. ५(१)का उमेद्वार समेत रहनु भएको प्रचार संयोजक थापाले स्वास्थ्य सेवा निशुल्क र सुलभ गराउनु कक्षा १२ सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा उच्च शिक्षा निशुल्क बनाउनको नेपाल मजदुर कसान पार्टीका उमेद्वारहरुलाई चुनावमा जिताउन आवस्यक रहेको भन्दै नेमकिपाका उमेद्वारहरुले चुनाव जितेमा महिलाहरुको श्रमशक्ती बृद्धि गर्न स्थानीय तहको वडा र टोलहरुमा शिशु स्याहार केन्द्र तथा बालोद्यान संचालन गराउनमा बिशेष जोड दिने समेत प्रतिवद्धता जनाउनु भयो।
