२ कात्तिक, एजेन्सी ।
बढ्दो मुद्रास्फीतिका कारण विश्वभर जनजीवन प्रभावित भएको छ । कयौं देशका जनताहरु खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तुको मूल्यवृद्धिको विरोधमा सडकमा उत्रिएका छन् । बढ्दो इन्धनको मूल्यले हाम्रो दैनिक जीवनलाई धेरै तरिकाबाट असर गर्छ । मालवाहक वाहनदेखि निजी गाडीसम्मलाई प्रभावित बनाउँछ । जसका कारण खानाको खर्च, बिजुलीको बिलको खर्च बढ्छ । संसारभर यस महँगीको विरोधमा प्रदर्शनहरु भईरहेको छ, धेरै महँगो पेट्रोलको मूल्य घटाउन माग गरिरहेका छन् । कतिपय मुलुकमा प्रदशन शान्तिपूर्ण छन् भने केही स्थानमा प्रदर्शनकारी सरकारविरुद्ध आक्रामक देखिएका छन् ।
अगस्ट १० मा सानो अफ्रिकी मुलुक सियरा लियोनमा भएको यस्तै प्रदर्शनले हिंसात्मक रुप लियो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा छेउको आफ्नो घरबाट प्रदर्शन हेरिरहेकी खादिजा बाहलाई गोली लागेको थियो । उन तल झरिन् र त्यही उनले अन्तिम सास लिइन् । सियरा लियोनमा सामान्यतया यस्तो प्रदर्शन र हिंसा त्यति हुँदैन । तर यस वर्ष अगस्टमा भएको प्रदर्शन २५ जनाको मृत्यु भयो, जसमध्ये पाँच प्रहरी अधिकारी थिए । मर्नेहरू सबै देशको राजधानी फ्रिटाउनमा भएको प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा मारिएका थिए ।
पेट्रोल र डिजेलको मूल्यवृद्धिले ढुवानीमा मात्रै असर गर्दैन, त्यसले खाद्यवस्तुको मूल्य पनि बढाइदिन्छ । सियरा लियोनमा इन्धनको मूल्य मार्चदेखि दोब्बर भएको छ । जसका कारण खाद्यवस्तुको मूल्य ह्वात्तै बढेको छ । मुद्रास्फीतिको चपेटामा परेको यस मुलुकमा यसै वर्षको साउनमा केन्द्रीय बैंकले नयाँ नोट जारी गरेर अर्थतन्त्रप्रति जनताको विश्वास जगाउने प्रयास गरेको थियो । साथै हिंसात्मक प्रदर्शन रोक्न सरकारले पूरै सहरमा कर्फ्यू लगाउनुपरेको थियो । इन्टरनेट सेवा पनि सीमित हुनुपर्यो ।
सियरा लियोनका राष्ट्रपति जुलियस माडा बोयोले पछि प्रदर्शन खासमा उनलाई सत्ताबाट हटाउनको भएको आरोप लगाए । तर प्रदर्शनकारीहरूले उनी मुद्रास्फीतिको विरुद्ध सडकमा उत्रेको बताइरहेका थिए । तर अहिले महँगीको सामना गर्ने मुलुक सिएरा लियोन मात्र होइन । यस्तै द्वन्द्व संसारका अन्य धेरै ठाउँहरूमा भइरहेको छ ।
पेट्रोलको विश्वव्यापी संकट
संसारमा भईरहेको विरोध प्रदर्शनको तथ्यांक संकलन गर्ने संस्था हो, आम्र्ड कान्फ्लिक्ट लोकेशन एण्ड इवेन्ट डेटा प्रोजेक्ट । यसको तथ्यांक विश्लेषण गरेर बीबीसीले यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म ९० भन्दा बढी देशमा खाद्यान्न र इन्धनको मूल्यलाई लिएर प्रदर्शन भएको पत्ता लगाएको छ । तीमध्ये एक तिहाइ देशमा सन् २०२१ मा इन्धनको मुद्दामा कुनै प्रदर्शन भएको थिएन । उदाहरणका लागि, २०२१ मा स्पेनमा कुनै प्रदर्शन थिएन, जबकि यो वर्ष मार्चमा मात्रै देशभर ३३५ प्रदर्शनहरू भए । पछिल्लो नौ महिनामा विश्वका हरेक महादेशमा कतै कतै मुल्यवृद्धि विरुद्ध प्रदर्शन भएका छन् ।
यो वर्ष इन्डोनेसियामा पेट्रोलको मूल्यवृद्धिको विरोधमा हालसम्म ४०० प्रदर्शन भइसकेका छन् । यस वर्षको पहिलो आठ महिनामा इटालीमा २०० वटा प्रदर्शन भएका छन् । त्यसको तुलनामा गत वर्ष दुईवटा मात्र प्रदर्शन भएको थियो । यस वर्षको जुन महिनामा मात्रै महँगी र इन्धनको मुल्यवृद्धिविरुद्ध इक्वेडरमा एक हजारभन्दा बढी प्रदर्शन भएका छन् । हेनरी विल्किन्सन ‘ड्र्यागनफ्लाइ’ नामक संस्थाका प्रमुख इन्टेलिजेन्स अधिकारी हुन् । यो कम्पनीले सुरक्षा र गुप्तचर क्षेत्रमा काम गर्छन् र उनका अनुसार हाल विरोध भएका क्षेत्रहरुको नाम हेर्दा अचम्म लाग्दो छन् ।
विल्किन्सनले यसबारे व्याख्या गदै भनेः ‘ यस पटक यस्ता ठाउँहरुमा पनि विरोध प्रदर्शनहरू देखिएका छन्, जहाँ सामान्यतया पहिले प्रदर्शन हुँदैनथे । यो युक्रेन युद्धको ठूलो साइड इफेक्ट हो । यदि त्यो युद्ध समाप्त भयो भने, विश्वव्यापी संकट धेरै हदसम्म समाधान हुनेछ ।’
के युक्रेनको कारणले मात्रै पेट्रोलको मूल्य बढेको हो रु
अहिले युक्रेन युद्धको कारणले मात्र पेट्रोलको मुल्य बढेको भने होइन । विश्वमा पेट्रोलको मूल्य बढ्नुको मुख्य तीन कारण छन् ।
कच्चा तेल (क्रुड ओयल)
कोभिड संकटको सुरुवातमा कच्चा तेल सस्तो थियो किनभने धेरै व्यवसायहरू बन्द थिए । ऊर्जाको मागमा उल्लेखनीय गिरावट आएको थियो । तर जनजीवन सामान्य हुन थालेपछि ऊर्जाको माग बढ्दै गयो र मूल्य उकालो लाग्न थाल्यो ।
अमेरिकी डलर
हाल, अमेरिकी डलर ब्रिटिश पाउन्ड, यूरो ९युरोपेली देशहरूको मुद्रा०, युआन ९चीनको मुद्रा० र येन ९जापानको मुद्रा० को तुलनामा उच्च स्तरमा छ । कच्चा तेल जसबाट पेट्रोल बनाइन्छ अमेरिकी डलरमा भुक्तानी गरिन्छ । यदि स्थानीय मुद्रा डलरको तुलनामा अवमूल्यन हुन्छ भने, स्पष्ट रूपमा इन्धनको मूल्य पनि बढ्ने गर्छ ।
युक्रेन–रुस युद्ध
युक्रेन युद्धका कारण धेरै देशहरूले रूसी तेल आयातमा प्रतिबन्ध लगाएका छन् । त्यसले गदा अन्य उत्पादक देशहरूको तेलको मूल्य बढेको छ ।
आर्थिकदेखि राजनीतिक अस्थिरतासम्म
इन्धनको मूल्यमा अस्थिरता भोग्ने ९० देशमध्ये श्रीलंकाले धेरै समाचारमा छायो । हजारौं प्रदर्शनकारीहरू राष्ट्रपति निवासमै प्रवेश गरेका थिए । चर्को विरोधपछि राष्ट्रपति गोताबाया राजापाक्षेले पद त्याग्नुपरेको थियो । एसियाली महादेशमा सबैभन्दा उच्च मुद्रास्फीति दर भोगेको श्रीलंकामा इन्धनदेखि औषधि र खाद्यान्नसम्म सबै चीजहरूको मूल्य आकाश छोएको छ ।
विमला डिसनायके कोलम्बो उपनगरमा तरकारी पसल चलाउँछिन्, जसका अनुसार महँगी बढेर अहिले उनको परिवार मुस्किलले बाच्न मात्र सक्षम छ । ‘मेरो तीन छोराछोरी छन्, मुद्रास्फीति यति बढेको छ कि अहिले हरेक बालबालिकाको विद्यालय जाने गाडीको भाडा १०० छ, तिनको आउजाउमा दैनिक ६०० भाडामा जान्छ । हरेक कुराको भाउ बढेको छ तर आय बढेको छैन ,’ विमलाले भनिन् । ‘मूल्य यति बढेको छ कि मेरा ग्राहकहरू पनि खासै धेरै सामान किन्न चाहँदैनन् । पहिले एक किलो तरकारी किन्नेहरू अहिले १०० ग्राम वा २०० ग्राम किन्छन् । पहिले गाडीमा यात्रा गर्नेहरू अहिले पैदल हिँडिरहेछन् ,’ विमलाले दुखी हुदै भनिन् ।
महँगी तत्कालै अन्त्य हुने छैन
विश्वभरका सरकारहरूले आफ्नो देशको आर्थिक संकटको समाधान खोज्ने प्रयास गरिरहेका छन् । तर त्यसको असर महसुस नहुँदा महँगीविरुद्ध प्रदर्शन पनि भइरहेको छ । यसको मूल्य धेरैले चुकाउनु परेको छ ।बीबीसीले गरेको अनुसन्धानले विगत नौ महिनामा मात्रै आन्दोलनका कारण ८० जनाभन्दा बढीले ज्यान गुमाएको देखाएको छ । मृत्यु हुनेमा अर्जेन्टिना, इक्वेडर, गिनी, हाइटी, काजाकिस्तान, पनामा, पेरु, दक्षिण अफ्रिका र सियरा लियोनजस्ता देशका नागरिक छन् ।
अर्कोतर्फ, सिएरा लियोनको फ्रीटाउनमा सडकहरू शान्त छन् । अधिकांश पसलहरु खुलेका छन् । चीजहरू सामान्य अवस्थामा फर्किदै गएको देखिन्छ । तर, खादिजाको आमा र बुबाको जीवन कहिल्यै उस्तै हुने छैन। ‘मेरी छोरी धेरै होनहार थिइन् तर अब उनी कहिल्यै फर्केर आउने छैनन् , अहिले रहेनन् ,’ खादिजाकी आमाले भनिन् ।
-बीबीसीको सहयोगमा