
२५ असोज, कञ्चन
आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्य पदका हुने निर्वाचनमा प्रदेश सभा तर्फ रुपन्देही ५ को १ र २ मा गरी २८ जनाले उमेद्वार दर्ता गरेका छन। रुपन्देही क्षेत्र नं. ५ निर्वाचन अधिकृत कार्यालय, गैडहवामा पुगेर आइतवार बिभिन्न राजनैतिक दल स्वतन्त्र गरी उमेद्वारी दिएका हुन। निर्वाचन अधिकृत कार्यालय, गैडहवाले कार्यालयमा प्रदेश सभा तर्फ दर्ता भएका उमेद्वारहरुको नामावली प्रकाशन गरेको छ।
रुपन्देही ५ (१) मा १४ जनाले उमेद्वारी दर्ता गरेका छन। प्रदेश सभा १ बाट नेपाली कांग्रेसका बिष्णु पोख्रेल, नेकपा एमालेबाट भुमिश्वर ढकाल, नेकपा माओवादी केन्द्रबाट विनोद पहाडी, नेपाल मजदुर किसान पार्टीबाट जगी लाल थापा, राष्ट्रिय जनमुक्ती पार्टीका लिल बहादुर थापा दर्लामी, जनमत पार्टीका अनुराग नाथ शुक्ला, मंगोल नेश्नल अर्गानाइजेसनबाट नर माया मिदुन, हाम्रो नेपाली पार्टीबाट कमल ढकाल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)बाट राम दुलारे चौधरीले उमेद्वारी दर्ता गरेका छन। यसैगरी स्वतन्त्र तर्फ जिवलाल अधिकारी, देविलाल पौडेल,भिमलाल सुवेदी, मदनलाल पौडेल र शसिधर सापकोटाले उमेद्वारी दिएका छन।
यसैगरी रुपन्देही ५ (२) मा पनि १४ जनाले उमेद्वार दर्ता गेका छन। निर्वाचन अधिकृतको कार्यलय रुपन्देही ५ गैडहवाले उमेद्वारी दर्ता गरेका उमेद्वारहरुको नाम प्रकाशित गरेको छ। कार्यलयमा प्रकशित सूचना अनुसार नेपाली कांग्रेसबाट फकरुद्धिन खान, नेकपा एमालेबाट रामचन्द्र यादव, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उदयराज प्रसाद लोध, लोकतान्त्रिक समाजवादी पार्टीबाट अवुल कैयम मुसलमान, नपाल जनता पार्टी बृज भुषण शुक्ला, जनसमाजवादी पार्टी नेपालबाट रहम तुल्लाह फकिरले उमेद्वारी दिएका छन।
यसैगरी स्वतन्त्र रुपमा उमेद्वार दर्ता गर्नेहरुमा एकरा मुद्धिन खाँ, एकरामुद्धिन खाँ, ओमप्रकाश कुर्मी, कान्ती कुमारी गुप्ता, जितेन्द्र कुमार कहाँर, जितेन्द्र मोहन चौधरी, सन्त कुमार कुर्मीले उमेद्ववारी दिएको निर्वाचन अधिकृतको कार्यलय, रुपन्देही क्षेत्र नं.५ गैडहवाका सहायक निर्वाचन अधिकृत सन्तोष कुमार मिश्रले जानकारी दिनु भयो।
निर्वाचन अधिकृतको कार्यलय गैडहवाले उमेद्वारहरुको अन्तिम नामावली असोज २६ गते प्रकाशन गर्ने छ।