
२३ असोज, कञ्चन
रुपन्देही क्षेत्र नं. ५बाट नेकपा एमालेको तर्फबाट प्रतिनीधि सभा सदस्य पदका लागि उमेद्वारी दर्ता गर्नु भएका बासुदेव घिमिरेले आम मतदाता समक्ष अमफे्नो अमुल्य मतद्वारा सक्षम नेतृत्व चयन गर्न अपिल गर्नु भएको छ। निर्वाचन अधिकृतको कार्यालय गैडहवामा आफ्नो उमेद्वारी दर्ता गरेपश्चात बडा दसैँ, तिहार, छठ, नेपाल संवत् तथा इद लगायतका चाडपर्वका अवसरमा शुभकामना दिदै
आसन्न २०७९, मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन जनताले आफ्नो अमूल्य मतद्वारा सक्षम नेतृत्व चयन गर्ने विशेष दिन भएको र उक्त दिन उक्त अमुल्य मतले सक्षम नेतृत्वको चयन गर्न समेत आग्रह गर्नु गर्नु भएका छ। आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो अमूल्य मतद्वारा सक्षम नेतृत्व चयन गर्न बिशेष अपिल गर्नु भएको हो।
सामाजिक सञ्जाल फेसबुकमा उमेद्वार घिमिरेले नेपाली जनताको गौरवशाली पार्टी नेकपा (एमाले) ले मलाई रूपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा उभ्याएको जानकारी गराउदै नेकपा एमालेका तर्फबाट सिफारिस गरी निर्वाचनमा उम्मेदवार बनाउने क्षेत्रीय कमिटी तथा जिल्ला, प्रदेश र केन्द्रीय कमिटीप्रति हार्दिक कृतज्ञता प्रकट गर्नु भएको छ। तिलोत्तमा नगरपालिकाको निवर्तमान प्रमुख समेत रहनु भएका उमेद्वार घिमिरेले आफुप्रति सद्भाव देखाउने सम्पूर्ण पार्टीका सङ्गठित सदस्यहरू तथा सुभचिन्तकहरु प्रति सेमत आभार प्रकट गर्नु भएको छ।
२०७४ सालमा सम्पन्न गणतान्त्रिक नेपालको प्रथम स्थानीय निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रथम नगरप्रमुखका रूपमा जनताबाट निर्वाचित भएपश्चात सबैको साथ सहयोग तथा अपार माया, सद्भाव, सहयोग र सहकार्यबाट नै तिलोत्तमा नगरपालिकालाई नेपालकै नमुना नगर बनाउन सफल भएको स्मरण गराउदै उमेद्वार घिमिरेले २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा मेरो उम्मेदवारीलाई स्थानीय तहको कार्यकारी भूमिकाबाट विकास निर्माण तथा सेवाप्रवाहमा बटुलेको अनुभवलाई राष्ट्रिय तहको नीति निर्माण र विकासको नेतृत्व गर्ने क्षेत्रमा उपयोग गर्ने अवसरका रूपमा लिएको र रूपन्देही क्षेत्र नं. ५ का आम सचेत जनसमुदायले पनि सोही रूपमा लिने बिश्वास गर्नु भएको छ ।
अहिलेको समयमा देशमा गतिशील नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै उमेद्वार घिमिरेले सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्ने तथा सामाजिक न्यायमा आधारित समाजवाद उन्मुख आर्थिक तथा सामाजिक आधार तयार गर्ने जिम्मेवारी नेकपा (एमाले) पार्टीको काँधमा आएको समेत बताउनु भएको छ । वर्तमानका आकाङ्क्षा पूरा गर्न तथा आगामी पुस्ताको भविष्य सुनिश्चित गर्नका लागि यस क्षेत्रको सामाजिक, आर्थिक र भौतिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै यस क्षेत्रका मतदाताहरुको चाहना बमोजिम युवा ऊर्जा बोकेर नेकपा (एमाले) का तर्फबाट आफु प्रतिनिधि सभा सदस्यका लागि रूपन्देही, क्षेत्र नं.५ मा उम्मेदवार भएको समेत घिमिरेले आम मतदातहरुलाई जानकारी गराउनु भएको छ। आम मतदाताहरूको माया, सद्भाव र विश्वासको उच्च सम्मान गरी जनताको सेवकका रूपमा रहने प्रतिबद्धतासमेत प्रकट गर्दै सामाजिक सञ्जाल फेसबुक मार्फत मङ्सिर ४ को निर्वाचनमा सूर्य चिह्नमा मतदान गरी नेकपा एमालेको आधिकारिक उम्मेदवारलाई विजय गराउन हार्दिक अपिल गर्नु भएको छ।
उमेद्वार घिमिरेद्वारा प्रेसित अपिलको पुर्ण पाठ
हार्दिक अपिल
आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरू ।
सर्वप्रथम त नेपालीहरूको महान् पर्व बडा दसैँ, तिहार, छठ, नेपाल संवत् तथा इद लगायतका चाडपर्वका अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
आसन्न २०७९, मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन जनताले आफ्नो अमूल्य मतद्वारा सक्षम नेतृत्व चयन गर्ने विशेष दिन हो । नेपाली जनताको गौरवशाली पार्टी नेकपा (एमाले) ले मलाई रूपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा उभ्याएको सहर्ष जानकारी गराउँदछु । नेकपा एमालेका तर्फबाट सिफारिस गरी निर्वाचनमा उम्मेदवार बनाउने क्षेत्रीय कमिटी तथा जिल्ला, प्रदेश र केन्द्रीय कमिटीप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । यस क्रममा मप्रति सद्भाव देखाउनुहुने सम्पूर्ण पार्टीका सङ्गठित सदस्यहरू तथा सुभचिन्तक हरु प्रति आभार प्रकट गर्दछु ।
२०७४ सालमा सम्पन्न गणतान्त्रिक नेपालको प्रथम स्थानीय निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रथम नगरप्रमुखका रूपमा जनताबाट निर्वाचित भएपश्चात यहाँका आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरूको साथ सहयोग तथा अपार माया, सद्भाव, सहयोग र सहकार्यबाट नै तिलोत्तमा नगरपालिकालाई नेपाल कै नमुना नगर बनाउन सफल भएका थियौँ । २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा मेरो उम्मेदवारीलाई स्थानीय तहको कार्यकारी भूमिकाबाट विकास निर्माण तथा सेवाप्रवाहमा बटुलेको अनुभवलाई राष्ट्रिय तहको नीति निर्माण र विकासको नेतृत्व गर्ने क्षेत्रमा उपयोग गर्ने अवसरका रूपमा लिएको छु र मलाई विश्वास छ, रूपन्देही क्षेत्र नं. ५ का आम सचेत जनसमुदायले पनि सोही रूपमा लिनुहुने छ ।
अहिलेको समयमा देशमा गतिशील नेतृत्वको आवश्यकता छ । सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्ने तथा सामाजिक न्यायमा आधारित समाजवाद उन्मुख आर्थिक तथा सामाजिक आधार तयार गर्ने जिम्मेवारी नेकपा (एमाले) पार्टीको काँधमा आएको छ । वर्तमानका आकाङ्क्षा पूरा गर्न तथा आगामी पुस्ताको भविष्य सुनिश्चित गर्नका लागि यस क्षेत्रको सामाजिक, आर्थिक र भौतिक विकास अपरिहार्य छ । यसैका लागि यहाँहरूकै चाहना बमोजिम युवा ऊर्जा बोकेर नेकपा (एमाले) का तर्फबाट म प्रतिनिधि सभाको निर्वाचन, रूपन्देही, क्षेत्र नं. ५ मा उम्मेदवार भएको छु । यहाँहरूको माया, सद्भाव र विश्वासको उच्च सम्मान गरी जनताको सेवकका रूपमा रहने प्रतिबद्धतासमेत प्रकट गर्दै मङ्सिर ४ को निर्वाचनमा सूर्य चिह्नमा मतदान गरी सूर्यध्वजाबाहक उम्मेदवारलाई विजय गराउनुहुन हार्दिक अपिल गर्दछु ।
वासुदेव घिमिरे
उम्मेदवार
प्रतिनिधि सभा सदस्य, नेकपा (एमाले)
रूपन्देही, क्षेत्र नं.५
बासुदेव घिमिरेको फेसबुकबाट साभार
तर नेकपा एमालेबाट दुबैले एउटै क्षेत्रको लागि टिकट दिएपछि को आधिकारिक उमेद्वार हो भन्ने कुरामा भने एमालेका नेता तथा कार्यकर्तामा अन्यौल र निरासा छाएको छ। आइतवार नै निर्वाचन अधिकृतको कार्यालय, गैडहवामा पुगेर नेकपा एमालेको तर्फबाट सूर्य चिन्ह लिएर खिमलाल भट्टराईे्ले समेत उमेद्वारी दिनु भएको छ।