२९ भदौ, कञ्चन
कञ्चनमा कृयाशिल साथी सञ्जाल रुद्रपुर र साथी सञ्जाल गजेडीको आयोजनामा कञ्चनका दुई छुट्टा छुट्टै स्थानमा बाल अधिकार संरक्षण र लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम समपन्न भएका छन।
"बालमैत्री समाजको आधार,जिम्मेवार परिवार र उत्तरदायी सरकार" भन्ने मुल नाराका साथ लागु पदार्थ दुर्व्यसनी रोकथामका लागि सरोकारवाला निकाय र अभिभावकहरु बिच अन्तरकृया तथा प्रतिबद्धता र बाल अधिकार सुनिश्चित्तामा स्थानीय सरकार र अभिभावक बिच अन्तरकृया कार्यक्रम गरी बाल अधिकार संरक्षणका लागि सरोकारवालाहरुले जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन।
कञ्चन १ को प्रगती माध्यमिक बिधालयमा भएको लागु पदार्थ दुर्व्यसनी रोकथामका लागि सरोकारवाला निकाय र अभिभावकहरु बिच अन्तरकृया कार्यक्रममा सहभागी हुदै वडा नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले कञ्चन गाउपालिका लागु औषध दुरुपयोगको ट्रान्जित पोइन्ट जस्तै बनिरहेको बताउनु भयो। लागु औषध दुर्व्यसनीका कारण कञ्चनका अधिकांश किशोर किशोरीहरुले आफ्नो भविष्य अन्धकारतिर धकेलिरहेको बताउदै वडा अध्यक्ष थारुले यसको रोकथामका लागि अभिभावक, बिधालय, टोल बिकास र स्थानीय संघसंस्थाहरुले समय समयमा सचेतना कार्यक्रम संचालन गरी सचेत बनाउनु पर्नेमा जोड दिनु भयो।
गजेडी साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीले साथी सञ्जाल मार्फत विगत ६ बर्ष अगाडी देखि लागु औषध दुर्व्यसनी र यसको दुरुपयोग नियन्त्रणका लागि बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताउनु भयो। समुदाय स्तरबाटै नै समस्या समाधानको उपाय नखोजेसम्म कञ्चनमा लागु औषध दुर्व्यसनी र यसको दुरुपयोगमा कुनै नियन्त्रण नआउने साथी सञ्जालका अध्यक्ष नेपालीले बताउनु भयो।
यस्तै कञ्चन ४ को बगिया बजारमा भएको बाल अधिकार सुनिश्चित्तामा स्थानीय सरकार र अभिभावक बिच अन्तरकृया कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले कञ्चनका हरेक बालबालिकाहरुको बाल अधिकार संरक्षणको सुनिश्चित्तामा गाउपालिका प्रतिबद्ध रहेको बताउनु भयो। यसैगरी वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले कञ्चनको हरेक क्षेत्र, समुदाय र सेवा प्रदायक संस्थाहरुबाट बालबालिकाहरुको अधिकार संरक्षणका लागि जिम्मेवार हुन नसके बाल अधिकारको बिषय कार्यक्रमहरुमा मात्र सिमिति हुने बताउनु भयो।सोही कार्यक्रममै वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले कञ्चनका बालबालिकाहरुको पढ्न लेख्न, मनोरञ्जन र सेवा प्रदायक संस्थाहरुबाट सूचना पाउने नैसर्गिक अधिकार भएको र कुनै पनि बहानमा गरिने बालबालिकाहरुको श्रम शोषण, बाल अधिकारको हनन, यातनाका बिरुद्ध वडा नं. ५ र गाउपालिका सदैव सचेत र जिम्मेवार हुने र उनिहरुको अधिकार संरक्षणमा आफु र आफ्नो संस्था प्रतिबद्ध रहेको बताउनु भयो।
रुद्रपुर स्वास्थ्इ चौकीका इन्चार्ज बिमला पाण्डे, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम यादव, बिभिन्न टोल बिकास संस्थाका प्रतिनीधि, बिधालयका प्रधानाध्यापक तथा शिक्षक, अभिभावक र बिभिन्न संघसंस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन ४ रुपन्देहीको सहयोग तथा कञ्चन गाउपालिकाको समन्वय रहेको थियो।
५८ औं राष्ट्रिय बाल दिवको अवसरमा बालबालिकाहरुको पहुंच सहज रुपमा बिधालय सम्म पुगेको हुनेछ, बालबालिकाहरुलाई कुनै पैकारको बालहिंसा, बालश्रम, बाल शोषण हुनबाट जोगाई संरक्षण तथा सुरक्षा प्रदान गर्नेछौं बालबालिकाको सवालमा रही स्थानीय तह र सेवा प्रदायक संघ संस्थासंग सहज पहुंच हुनेछ लगायत ६ बुंदे प्रतिबद्धता पत्रमा सरोकारवाला र अभिभावकहरुले आफ्नो प्रतिबद्धता सहित हस्ताक्षर गरेका थिए।
साथी सञ्जालका समिक्षा रानाको अध्यक्षता, अरुणा बिश्वकर्माको स्वागत तथा पुजा परियारको संचालनमा समपन्न कार्यक्रममा साथी सञ्जालका अध्यक्ष टीका थापा मगरले पनि बोल्नु भएको थियो।