कोबांग,मुस्तांग
थकाली सेवा समिति नेपालका केन्द्रीय अध्यक्षमा गजेन्द्र तुलाचन निर्विरोध चयन हुनु भएको छ। मुस्ताङमा बिहिबार सम्पन्न १३ औ महाधिवेशनले तुलाचनसहित २७ जना केन्द्रीय सदस्यहरु पनि निर्विरोध चयन भएका हुन।
नेपाल निजामती सेवाबाट अवकास पश्चात तुलाचन निरन्तर रुपमा थकाली जातिको उत्थान र समवर्द्धनमा लागिपरेका व्यक्तित्व हुनुहुन्छ। नवनियुक्त अध्यक्ष तुलाचन थकाली सेवा समिति काठमाडौं क्षेत्रका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
अधिवेशन स्थल थाकसातसय तथा आदर्श अमरसिंह विद्यालय कोवांग, थासाङ गापा वडा नं. २ का समाजसेवी तथा पर्यटन व्यवसायी अर्जुनसिंह तुलाचनलाई शिक्षाक्षेत्रमा निरिन्तर महत्त्वपूर्ण योगदान पुर्याए बापत सम्मान समेत गरेको छ ।
महाधिवेशनबाट काठमाडौं क्षेत्रबाट ५,पोखराबाट ३, बुटवलबाट २, थासाङबाट २ दुई जना र जोमसोमबाट, दाना तातोपानी, वुर्तिवाङ, बेनी, दरवाङ, बाग्लुङ, भरतपुर, मुग्लिङ, भैरहवा, नेपालगञ्ज, बिरेठाँटी, कुस्मा, गल्कोट र स्याउलीवाङबाट एकएक जना केन्द्रीय सदस्यमा निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक डा. ज्योती शेरचनले जानकारी दिनु भएको छ।
समितिको संशोधित विधान २०७५ अन्तर्गत भूगोल र क्षेत्रगत समावेशीताको आधारमा भएको निर्वाचनमा १९ क्षेत्रका २६ जना केन्द्रीय सदस्य निर्विरोध चयन भएका हुन । नव निर्वाचित कार्य समितिको कार्यकाल आगामी ३ वर्षसम्म रहनेछ ।
थकाली सेवा समितिको केन्द्रिय महाधिबेशनवाट निर्वाचित केन्द्रिय सदस्यहरु श्री मोहन कुमारी शेरचन (जोमसोम क्षेत्र ), श्री कृष्ण कुमार शेरचन (थासाङ क्षेत्र) श्री बिमला शेरचन (थासाङ क्षेत्र), श्री नविन शेरचन (दाना तातोपानी क्षेत्र), श्री शंकर शेरचन (बेनी क्षेत्र), श्री अनुप गौचन (दरबाङ क्षेत्र), श्री हर्क प्रसाद गौचन (बाग्लुङ क्षेत्र), श्री ध्रुव शेरचन (बुर्तिवाङ क्षेत्र), श्री अोम प्रसाद गौचन(पोखरा क्षेत्र),श्री बिष्णु शेरचन (पोखरा क्षेत्र), श्री शिव शंकर गौचन (पोखरा क्षेत्र), श्री रञ्जित शेरचन (बुटवल क्षेत्र), सुश्री माया गौचन (बुटवल क्षेत्र), श्री मोहन गौचन (काठमाडौं क्षेत्र), श्री सरस्वती शेरचन (काठमाडौं क्षेत्र) रहेका छन।
यसैगरी महाधिबेशनबाटै श्री राज कुमारी गौचन (काठमाडौं क्षेत्र), श्री दिल बहादुर गौचन (काठमाडौं क्षेत्र), शंकर गौचन (काठमाडौं क्षेत्र), श्री विरेन्द्र कुमार भट्टचन (भरतपुर क्षेत्र), श्री शेर सिंह गौचन (भैरहवा क्षेत्र), श्री प्रदीप गौचन (नेपालगञ्ज क्षेत्र), श्री विकाश तुलाचन (मुग्लिन क्षेत्र), श्री कृष्ण गौचन (बिरेठाँटी क्षेत्र), श्री राजु तुलाचन (पर्वत कुश्मा क्षेत्र), क्या श्री बेल बहादुर गौचन (गल्कोट क्षेत्र), श्री भूपाल शेरचन (स्याउलीवाङ क्षेत्र) निर्वाचित भएको थकाली युवा परिवारका केन्द्रीय उपाध्यक्ष चित्र तुलाचनले जानकारी दिनु भएको छ।
साथै टीकापुर क्षेत्रबाट पछि मनोनित गर्नेगरी एक जना रिक्त राखिएको थकाली सेवा समिति केन्द्रिय महाधिबेशन निर्वाचन समितिले जनाएको छ।