१८ भाद्र, वुटवल/विनोद खनाल
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोश बुढामगरले शिघ्र मानसिकताले क्रान्ति नहुने बताएका छन। "शिघ्र मानसिकतामा क्रान्तिलाई बुझ्दा गलत ठाउँमा पुगिन्छ, कतिपय साथीहरु शिघ्रतामा बुझ्दा भड्कावको बाटोमा लागेकाछन, पाईला अगाडी पछाडी पर्दा हड्बडाउनु हुँदैन" नेता बुढमगरले भन्नु भयो।
शनिबार बुटवलमा नेकपा रुपन्देहीको छैठौं जिल्ला सम्मेलन उदघाटन गर्दै नेता बुढामगरले उक्त कुरा बताउनु भएको हो । वहाँले पार्टीको आसन्न नवौं महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने र महाधिबेशनले क्रान्तिका कार्यभारहरुलाई नयाँढंगले शंस्लेषण गर्दै बर्तमान अन्तरबिरोधहरुको हल गर्ने र मुलुकलाई निकास दिनेमा महाधिबेशन केन्द्रित हुने बताउनु भयो। पार्टीलाई चुनावमा जान मात्र हैन महाधिवेशनलाई समेत प्रभावित पार्न पक्राउ पुर्जी लगायत अनेकौं सड्यन्त्र राज्यले गरिरहेको बताउँदै नेता बुढा मगरले यथा स्थितिमा चुनावमा जान नसकिने समेत बताउनु भएको छ। "अमेरिकाको योजनामा गठबन्धन सरकारले पार्टी नेतृत्वलाई पक्राउपुर्जी जारी गरेर द्वन्द्व निम्त्याउन खोजेको छ हामी त्यसको प्रतिबाद गर्छौं।" नेता मगरले बताउनु भयो।

फरक प्रसंगमा नेता बुढामगरले चाईनालाई घेर्ने उद्धेस्यले अमेरिकाले एमसीसी, एसपिपि लगायतका परियोजना नेपालमा लागू गर्न खोजेको भन्दै तिनलाई कुनै हालतमा कार्यान्वयन गर्न दिन नहुनेमा जोडदिनु भयो। अमेरिकाले विश्व साम्राज्यवादी संघियता जस्तो चलाउन खोजेको छ र विश्व परिस्थिति युद्धतनाबको स्थितिबाट गुज्रेको बताउदै नेता मगरले यदी अमेरिकाले आफ्नो सेना ल्याउँछ भने नेकपाले प्रतिबाद गर्छ प्रतिरोध गरेरै छोड्ने जिपकर गर्नु भयो। यस्तै नेपालकै मुख्य क्षेत्रमा पर्ने अंग्रेजसंगको लडाईमा समेत बिरता हाँसिल गरेको रुपन्देहीमा कम्युनिस्ट प्रभाव राम्रो भएकोले पार्टी केन्द्रको विशेष ध्यान रहेको बताउदै नेता मगरले सि जिङ ले महासचिव संगै भेट्न खोजेपनि अहिले परिस्थिति अनुकुल नभएकोले आफ्नो पार्टीको स्थिति र बदलिंदो राजनितिबारे छलफलकालागी पार्टीका प्रबक्तालाई चिन पठाइएको समेत नेता बुढामगरले बताउनु भयो।
यस्तै केन्द्रीय सदस्य तथा प्रकाशन प्रचार बिभाग प्रमुख प्रज्जवलनले सबै राजनितीक शक्तिहरुको बिचमा साझा रास्ट्रीय सहमति जरुरी रहेको बताउनु भएको छ। राष्ट्रियता जनजिविकाको सवालमा मुलुकलाई निकास दिन क्रान्तिकारीहरु एकजुट हुनुपर्नेमा जोड दिदै नेता प्रज्वलनले नेपालको क्रान्तिकारी आन्दोलनको विशिष्ट महत्व बोकेको रुपन्देही जिल्लाको सम्मेलनले विशेष नीति तय गरेर अगाडि बढ्न सुझाव दिनु भएको थियो। कसैको मनोगत चाहनाले क्रान्ति नहुने र क्रान्तिको आफ्नेै नियम हुन्छ जसको तालमेल हुन जरुरी रहेको भन्दै नेता प्रज्वलनले महाधिबेशनबाट थप परिष्कृतढंगले दर्शन, राजनिति, आर्थिक, सांस्कृतिक बिषयमा निकास दिने बताउनु भयो।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज कृती, केन्द्रीय सदस्य शरद वली, क्रान्तिकारी ट्रेडयुनियन महासंका केन्द्रीय अध्यक्ष श्याम सेन्चुरी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराई, उत्पिडित श्रमिक समुदायका केन्द्रीय कोषाध्यक्ष जानकी बराह, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बिष्णु क्षेत्री लगायले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
जिल्ला सेक्रेटरी बिश्वाशको अध्यक्षता एवं सचिवाल सदस्य नबिनको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला नेता जितबहादुर रसाईलिले गर्नु भएको थियो भने संग्रामी सांस्कृतिक परिवारले विभिन्न गित तथा नृत्यहरु प्रस्तुत गरेको थियो।
जिल्ला भेलाले बिस्वाशको नेतृत्वमा २९ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ भने पार्टीको राजनितिक संगठनिक प्रस्ताव समेत पारित गरेको छ।