-टिकाराम पौडेल
१७ भाद्र, बुटवल ।
दृश्टि सम्बन्धी लगायत अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि वकालतमा सक्रीय नेत्रहिन युवा संघ नेपाल, रुपन्देही द्वारा अपाङ्गता मैत्री निर्वाचन प्रणाली पूर्णरुपमा कार्यान्वयन गर्न माग सहित जिल्ला निर्वाचन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । संस्थाको शाखा रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको टोलिले जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा पुगेर उक्त ध्यानाकर्षण पत्र बुझाएको हो । नेत्रहिन युवा संघ नेपाल, रुपन्देहीका अध्यक्ष टिकाराम पौडेल, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सचिव सन्तोष पन्थी, स्वतन्त्र विकास समाजका अध्यक्ष सावित्रा घिमिरे, पहुँचयुक्त निर्वाचन प्रणाली परियोजना संयोजक लक्ष्मी पाण्डे, नेत्रहिन क्रिकेट संघ लुम्बिनीका सचिव समिक्षा ज्ञवाली, अपाङ्गता गिता जोशी लगायतको समुहले जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीलाई निर्वाचन प्रक्रियामा अपाङ्गता भएकाहरूको पूर्ण र प्रभावकारी सहभागिताका लागि लिखित ध्यानाकर्षण गराएको छ । नेत्रहिन युवा संघ नेपालसँगको भेट पछि कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका सचिव सन्तोष पन्थीले स्थानीय तहको निर्वाचनमा अधिकांस मतदान स्थलहरू अपाङ्गता मैत्री नभएको भन्दै आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि विशेष व्यवस्था गरी सहज मतदान गर्न पाउने वातावरण मिलाउनको लागि आग्रह गरे ।
स्वतन्त्र विकास समाज नेपालका अध्यक्ष सावित्रा घिमिरेले अघिल्लो पटकको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुले के कती मात्रामा निर्वाचनमा मतदान गरे भन्ने विवरण नआएको कारण यो पटक सो विवरण समेत समेटेर खण्डीकृत तथ्यांक संकलन गर्नको लागि निर्वाचन आयोगलाई आग्रह गरिन्।
नेत्रहिन युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीले सिमित स्रोत र साधनको भरमा कार्य गर्दा कहि कतै त्रुटी हुने गरेको बताउँदै अपाङ्गता भएका व्यक्तिहरुको सहज मतदानका लागि निर्वाचन कार्यालय जहिले पनि तयार रहेको बताए ।
उनले अपाङ्गता भएका व्यक्तिहरूको सहज मतदानका लागि निर्देशिकामा तोकीए बमोजिमको मतदान स्थल लेआउट गरी निर्माण गर्ने र जसमा र्याम्प सहितको व्यवस्थापन गर्ने जानकारी दिदै कहि कतै समस्या आएमा मततान अधिकृत वा कर्मचारीबाट सहजीकरण गरिने समेत जानकारी दिए ।
यस्तो छ नेत्रहिन युवा संघ नेपाल, शाखा रुपन्देहीको १५ बुँदे ध्यानाकर्षण पत्र
१. समावेशी सूचीबाट प्रतिनिधीत्व गराउँदा अपाङ्गता भएका व्यक्तिहरूको पहिचान खुल्ने परिचय पत्र अनिवार्य पेश गर्नु पर्ने व्यवस्था गर्नुपर्ने ।
२. मतदान केन्द्रमा व्हिलचियर प्रयोगकर्तालाई सजिलैसँग मतदान गर्न व्हिलचियर गुडाउन पर्याप्त ठाउँ बनाईनु पर्ने । न्यूनदृष्टियुक्त व्यक्तिहरुका लागि मतदान केन्द्रमा पर्याप्त उज्यालो हुनुपर्ने र मतपत्रमा रहेका चिन्हहरु प्रष्ट रुपमा देखिन मत पत्रको रङ्ग हुनु पर्ने र म्याग्निफाईङ्ग ग्लासको व्यवस्था हुनुपर्ने । दृष्टिविहीन व्यक्तिहरुका लागि छामेर मतपेटीकामा मतपत्र खसाल्नका लागि मतपेटीकामा ट्याक्टाईल स्टिकर टाँस्नुपर्ने र व्रेल लिपी र ठूलो छापामा मतपत्र निर्देशिका निर्माण गर्नुपर्ने । हात सम्बन्धि शारिरीक अपांगता भएका मतदाताका लागि मतपत्र लिँदा हस्ताक्षर गर्न समात्न सजिलो हुने ठूलो कलमको व्यवस्था गर्नुपर्ने । सुनाई सम्बन्धी अपांगता भएका मतदाताका लागि मतदान केन्द्रमा सांकेतिक भाषाका दोभाषेहरु उपलब्ध गराईनुपर्ने ।
३. मतदान निर्देशिकामा अपांगता सम्बन्धि विषय समावेश गरी मतदान गराउने कार्यमा खटिने कर्मचारीका लागि अपांगता भएका मतदातासँग गर्नुपर्ने व्यवहारबारे तालिमको व्यवस्था अनिवार्य गराईनुपर्ने ।
४. मतदानको दिन अपांगता भएका व्यक्तिहरुलाई मतदान केन्द्र सम्म पुर्याउन निर्वाचन आयोगले घरबाट मतदान केन्द्र र मतदान केन्द्रबाट घर सम्म ल्याउने र पुर्याउने व्यवस्था गर्नुपर्ने ।
५. निर्वाचन प्रक्रियालाई पहुँचयुक्त बनाउन निर्वाचन आयोगले सबै निर्वाचन साझेदारलगायत नागरिक समाज, अपांगता भएका व्यक्तिहरु सम्बद्ध संघ संस्थाहरु, अपांगता अधिकारकर्मीहरु, सुरक्षाकर्मीहरुलाई जनचेतना अभिवृद्धि, र सहकार्यका माध्यमबाट अभिमुखीकरण गर्नुपर्ने ।
६. निर्वाचन पर्यवेक्षकका रुपमा अपांगता भएका व्यक्तिहरुलाई सहभागी गराउन निर्वाचन पर्यवेक्षक निर्देशिकामा संशोधन गर्नुपर्ने । पर्यवेक्षण फारममा निर्वाचन पहुँचयुक्त रह्यो रहेन भन्ने विषय सम्बन्धि प्रश्नहरु समावेश गरिनुपर्ने ।
७. आचारसंहिता निर्माणका क्रममा अपांगता भएका व्यक्तिहरु र संस्थालाई सहभागी गराउनुपर्ने ।
८. मतदाता शिक्षा गतिविधिमा अपांगता भएका व्यक्तिलाई सहभागी गराईनुपर्ने ।
९. सञ्चार माध्यमलाई पहुँचयुक्त तरिकाले सुचना प्रसार गर्न प्रशिक्षित गर्नुपर्ने ।
१०. पहुँचयुक्त सुचना प्रणालीबाट निर्वाचन परिणाम घोषणा गरिनुपर्ने । यसका लागि निर्वाचन परिणाम घोषणाको सांकेतिक भाषा र क्याप्सन सहितको छोटो छोटो भिडियो नियमित रुपमा टिभिबाट प्रशारण गर्नुपर्ने । मतगणना स्थलमा सांकेतिक भाषाका दोभाषेहरुको व्यवस्था गर्नुपर्ने ।
११. अपांगता भएका व्यक्तिहरुलाई ईच्छाईका स्थानबाट मतदान गर्ने व्यवस्था मिलाईनुपर्ने ।
१२. निर्वाचन आयोग र निर्वाचन कार्यालयका वेबसाइटहरु पहुँचयुक्त बनाईनुपर्ने ।
१३. निर्वाचनमा सहभागि अपांगता भएका मतदाताको लगत राख्ने व्यवस्था मिलाईनुपर्ने ।
१४. निर्वाचनमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान स्थलमा नङमा मसि लगाउने कर्मचारी, मतदाता नामावली प्रमाणीकरण कर्मचारी, स्वयमसेवक, पर्यवेक्षक र अरु निर्वाचनसँग सम्बन्धित कर्मचारीहरु खटाउँदा अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिने व्यवस्था मिलाउनुपर्ने ।
१५. अपांगता भएका मतदाताहरुका लागि सहयोगीका रुपमा एकाघर