१२ भदौ, रुपन्देही ।
-बाबुराम आचार्य
एउटा राजनीतिक शक्ति जब उ विचारमा दृढ़ र कार्यमा प्रतिबद्ध रहन्छ तबसम्म जति बजनदार रहन्छ त्यति नै जब त्यो शक्ति विचारमा स्खलित र कार्यमा उश्रृङखल हुदै जादा उसलाई आफ्नो राजनीतिक विरासत धान्न कति मुस्किल पर्छ भन्ने कुरा मसाल समुहका नेता हरुले प्रदर्शन गरेका पछिल्ला केहि दृश्यहरुले छर्लङ्ग पारेका छन् । मसाल समूहले आफ्नो राजनीतिक चरीत्र झन् पछि झन् गुमाउदै गएको कुरा त मसाल सङ्ग संबंन्ध राख्ने पछ्यलाइ अवगत भएको विषय हो। तै पनि उसङ्ग सम्बन्ध रहेका पछ्य हरुको एउटा अपेक्षा के हो भने " यति छोटो समय मै मसाल समूहले आफ्नो राजनीतिक चरीत्र गुमाउने छैन "। तर विडम्बना नै मान्नुपर्छ कि आज त्यो अपेक्षामा घुनपुत्लो लाएको छ।
सातौं महाधिवेशनको स्पीड लाई लत्याउदै आएको मसाल समुहको नेतृत्वले आठौं महाधिवेशन यता औपचारिक रुपले नै क्रान्तिकारी नितिको परित्याग गरेर संसोधनबादी नितिको अनुसरण गर्दै आएको छ र अहिले विभिन्न चरणहरु पार गर्दै उ नेपाली काङ्ग्रेस सङ्गको गठबन्धन मा सामेल छ।
अहिले गठबन्धनका बीचमा विभिन्न आयोग, प्रतिष्ठान, संवैधानिक निकाय हुँदै सरकार सञ्चालन तथा मन्त्रिपरिषद्को गठन सम्ममा भागवण्डा कायम छ । यो प्रतिक्रियावादी दलाल पूँजीवादी संसदीय व्यवस्थाको रणनीतिकरुपमा रक्षा, हेरचाह र संरक्षण गर्नुपर्दछ भन्ने नेपाली कांग्रेसको मानक र प्रस्तावमा माओवादी केन्द्रदेखि सरकारी जनमोर्चा सम्म सबै एकमत छन् । यही विचारको जगमा नै असैद्धान्तिक र अप्राकृत जस्तो देखिने गठबन्धन टिकेको छ । त्यसकारण यो गठबन्धनका पछाडि विचार होइन संसदीय निर्वाचनको जोडघटाउ र सत्ता सुविधाको स्वार्थ नै प्राथमिकतामा रहेको देखिन्छ । गठबन्धनमा रहेर पनि प्रतिपक्षको जस्तो विचित्रको क्रान्तिकारिता प्रदर्शन गर्ने सरकारी जनमोर्चाले पनि पटक–पटक यो संसदीय व्यवस्थाको रक्षाका निमित्त अग्रमोर्चामा रहेर संघर्ष गर्ने कुरा औंल्याइरहेको छ । त्यसो त गठबन्धनमा रहेका कम्युनिष्टहरुको संसदीय भड्काव वा सैद्धान्तिक पथ विचलनको जगमा गठबन्धनको क्यामेष्ट्री मिलेको कुरामा शंका छैन । यो राजनीतिक परिदृश्य दलाल तथा नोकरशाही पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस वैचारिकरुपमा प्रोकम्युनिष्ट भएको परिदृश्य होइन, कम्युनिष्टहरु प्रोकांग्रेस भएको परिदृश्य हो । कम्युनिष्टहरु नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिनुका मुख्य उद्देश्य सत्ताको भागवण्डा र संसदीय सुविधा तत्काल प्राप्त गर्नु मात्र हो । यस्तो गठबन्धनबाट कम्युनिष्ट आन्दोलनका रणनीतिक लक्ष्यको सेवा हुन्छ भनेर विचार सम्प्रेषण गर्नु भ्रम पुर्ण महामुर्खता बाहेक अरु केहि होइन।अहिलेको बस्तुगत अवस्था को माग हो कि देशमा क्रान्तिकारी कम्युनिस्टहरु धुर्विकृत हुनुपर्ने हो।न्यूनतम र आधारभूत स्वार्थमा एक ठाउँमा रहेका बामपंथीहरु एक हुनुपर्ने हो, कम्तीमा देश भक्तहरू रास्ट्रीय स्वार्थमा एक भएर उभिनु पर्ने हो। दिन दुई गुणा , रात चार गुणाको रफतारमा गुम्दै गरेको रास्ट्रियता, स्वाधीनताको रछ्याका खातिर कम्युनिस्ट क्रान्तिकारी वा बामपंथीहरु जुर्मुराएर उठ्नु पर्ने र त्यो आन्दोलनको नेतृत्व पाका पुराना सबैले पत्याउने नेताले नेतृत्व गर्नुपर्ने प्रश्ननै यतिबेला को गम्भीर प्रश्न हो।
mcc, spp तथा हालै रास्ट्रपति ले फिर्ता गरेको नागरिकता विधेयक का बिरुद्धको जन संघर्ष नै अहिले को मुख्य प्रश्न हो।
पुराना पुस्ताले गरेका त्याग , बलिदान , निसेठा र आदर्शले भरिएका रशिला, जोशिला, उर्जावान जिवनी सुनाउदै नयाँ पुस्तालाई देश बचाउने आन्दोलनमा लामबाद्द बनाउन प्रेरित गर्ने प्रेणादायी भुमिका खेल्नुपर्ने बेलामा आज कम्युनिस्ट आन्दोलनको एउटा अभिछिन्न नेतृत्वमा रहेको एउटा शक्ति यो देशलाई सिक्किमिकरण वा फिजिकरण गर्ने कमाको अगुवाई गरिरहेका लेण्डुप रूपी देउवालाई बोकेर गठबन्धनको बाटो हुँदै रास्ट्रिय स्वाधीनताको मलामि बन्दै छ।आफुलाइ स्वघोसित क्रान्तिकारी बाताउदै आएको मोहन बिक्रमको मसाल समूहले लेख , रचना ,प्रशिक्षणमा देशभक्ति को प्रलाप गर्ने र व्यबहार मा नेपाली काङ्ग्रेस सङ्गै देश घाति सम्झौताहरु को लास बोक्दै सरकारी न्युक्तिहरु, भत्ता र पदहरु ग्रहण गर्नमै ब्यस्त छ। जसको पछिल्लो उदाहरण हो तारा जि.सि. लुम्बिनी प्रदेश साम्सद को न्युक्ती । हिजो चित्र बहादुर के.सि.लाई सरकारमा किन पठाएको भनेर कार्यकर्ताले प्रश्न गर्दा मोहन बिक्रमको उत्तर हुन्थ्यो " रास्ट्रियता जोगाउन को लागि "। जतिबेला हामीले ओलि र उनको सरकारले अपनाएका रवैया हरुको बिरोध गर्दा, र ओलि मौसमी रास्ट्रबादका प्रबर्तक हुन् यिनको नक्कली रास्ट्रबादको मुकुन्डो च्यात्नु पर्छ भन्दा मोहन बिक्रम ले भन्थे " ओलिले अहिले उठाएको रास्ट्रियता को मुद्दा धेरै नै महत्त्वपूर्ण छ, र अहिले उनी घेरा बन्दिमा परेका छन् "। अहिले हामीले सरकारमा सामेल भएर उनलाई सघाउन पर्छ र क्याबिनेटबाट हुनसक्ने रास्ट्रघात लाई रोक्नुपर्छ "। यसैगरी रास्ट्रियताको मुद्दामा कार्यकर्तालाई जोडेर भावनात्मक रूपमा मन जिते पछि कमल थापा भन्दा कनिष्ठ मन्त्री बने। नौ महिना सरकारमा सामेल भए पनि आधारभूत तहका जनताको हितमा केहि काम हुन सकेन। र के सि जिले त्यो गर्न सक्ने कुरा पनि थिएन ।
जब उनी सरकारबाट बाहिरिए तब सरकारमा सामेल हुनुको औचित्यता पुस्ठिगर्न लामा लामा आलेख हरु प्रकाशित गरेर यो बताइयो कि " के. सि. जि ले सरकारमा गएर आर्थिक अनियमितता वा कुनै प्रकारको भ्रष्टाचार गर्नु भएन "।
यसरी सरकारमा सामेल हुनुको औचित्य पुस्ठी गर्ने अर्को कुनै नैतिक आधार नभेटेपछि मसाल समूहले पुरै अल्पमत पछ्य लक्ष्यित गाली गलौजको प्याकेज तय गर्यो र त्यो प्रशिक्षणका नाममा गाली गलौजको प्याकेज सफलता साथ सम्पन्न गर्यो जस को एउटा ज्वलन्त उदाहरण हैदराबाद सम्मेलनलाई लिन सकिन्छ । महान बहस को पृस्ठ ३५ मा उल्लेख छ " केवल ती ब्याक्तीहरु ले मात्रै आफ्नो अस्तित्व रक्षाका लागि झुठो बोल्दछन जसको राजनैतिक पतन भैसकेको छ"।
वास्तवमा उल्लेखित शव्द र वाक्यांश अहिले मसाल समुहका नेता हरुको जीवन कालमा मेल खान पुगेको छ। तत्कालीन अल्पमत पछ्यले जब सरकारमा सामेल हुने बिसयलाई आधार बनाएर सैधान्तिक प्रश्नहरु उठाउन थाल्यो त्यो समय देखी नै विभिन्न आरोप लगाउने कार्यहुदै आएको हो यो शिल्शिला अबिराम रुपमा अघि बढीरहेको छ। ती आरोप हरु असैधान्तिक,अराजनीतिक ,गाली गलौज र ब्याक्तीगत चरीत्र हत्या गर्ने प्रकृति सम्मका छन् । यस्तो कार्य स्वयं नेतृत्वको निर्देशनमा नै हुदै आएको छ। जसको पछिल्लो उदाहरण हैदराबदको घटनालाई लिन सकिन्छ । जब अल्पमत पछ्यले राजनीतिक बिसयमा टेकेर फोरम लिएर आएबाट मुल नेतृत्व नै राजनीतिमा बहस गरेन गाली गलौजमा उत्रियो। र,अ, का एजेन्ट , फुट प्रस्त तत्त्व ,सिआइडी ,भारत प्रस्त, राजा प्रस्त , छद्मभेसी,घुसपैठ , बैध पछ्यधर, बिप्लब सङ्ग मिलेर दस्तावेज बनाएका हुन् , त्यतै जादै छन् जस्ता आरोप र गालीहरु हुदै यतिबेला पुर्ब अल्पमत पछ्यलाई प्रतिगामी का मतियार भनेर गालीहरुको सङ्गालो लिएर देश दौडमा निस्केका छन् । त्यसै को एउटा उत्कृष्ट नमूना हैदराबादमा प्रेम पौडेलले गरेको भासणलाई लिन सकिन्छ । बागलुङको पुर्बवत साङ्गाठानिक अवस्थालाई कम्जोर पारेर प्युठानलाई निर्बिकल्प बनाउने योजनामा कम्मर कसेर लागी परेका नेता मोहन बिक्रमले दुनियाँलाई बेकुफ बनाउने कोशिस गर्दै जादा आज आफै बेकुफ बनिरहेको हेक्का पाएका छैनन् ।
सर्बोच्चले ओलिको कदम सच्चाउनु पुर्ब गण्डकी सरकार र लुम्बिनी सरकारहरुको बक्तब्यनै निकालेर समर्थन कायम रहने कुरा बताए ।सर्बोच्चले संसद पुनस्थापना गरे पछि भने उनले प्रतिगमनको शाब्दिक त्यान्द्रोमा झुन्डिएर बुढानिलाकण्ठ पुगे । त्यहीँबाट बाल्लुवाटार तर्फ सोझिएको उनको अहिले को यात्रामा सुखसुबिधाको कुनामा मुखुण्डो लुकाएर छद्मभेसी रुपमा बस्ने मानिस को होला? भनेर अभाव, अन्याय , अत्याचार को अर्को कुनामा यात्रा गरिएको क्रान्तिकारी , बलिदान , त्याग र समर्पणले खिजाइ रहेका छन् । आफ्नो राजनीतिक औकात भन्दा धेरैनै सरकारी लाभ हरु प्राप्त गरेका छन् र तिनै लाभहरु हसुरेर धुसिल डकार काड्दै आफ्नै कार्यकर्ताहरु को राजनीतिक जिबन समाप्त पारिदिने तानाबाना बुन्न बेस्त छन् ।भ्रम सृजना गर्ने र आम नेता , कार्यकर्ता , सुभचिन्तक लाई अल्मल पार्दै आफु सरकारी
सुबिधाको रसतालमा डुबुल्की मार्दै छन् । त्यसरी पार्टी लाई बिसर्जनको बाटोमा डोर्याउदै छन् ।
त्यसैले अब हामी उठ्दैछौ, जुट्दै छौ र अघि बड्दै छौ। यतिबेला हामी महाधिवेशनको चरण प्रभेश गरेका छौ। विशेष महाधिवेशन मार्फत हामीले कार्यदिशा , कार्यक्रम , कार्यनीति र रणनीति सहितको कार्यक्रम को सुइस्पस्ट खाका निर्माण गर्ने छौं । नेपाली माटोमा सुहाउँदो क्रान्तिको मोडेल के हुन सक्छ ? नौलो जनबादी राज्य ब्यबस्था प्राप्ति को बाटो के हुनसक्छ ? बिचार बिमर्श गर्ने र बैज्ञानिक समाजवाद र साम्यबादी समाज निर्माण को कार्यभार सम्मको यात्रा तय गर्ने छौँ ।त्यस्का निम्ति यो भ्रष्ट संसदिय ब्यबस्थाको रक्षा होइन यसको विरुद्धमा बिद्रोह र यो ब्यबस्थाको विकल्पमा नयाँ जनबादी सत्ता स्थापना को यात्रा तय गर्नुपर्छ । त्यसैले अब्राहम लिन्कनले भने जस्तो " तिमिले सबैलाइ केहि समय र केहि ब्याक्तीहरु लाई सधैंभरी मुर्ख बनाउन सक्ने छौ ।। तर सबैलाई सधै भरि मुर्ख बनाउन सक्दैनौं " । उनको यो भनाइको अनुसरण गरेर अधि बड्नुपर्ने मसाल नेतृत्व को आजको आवस्यकता हो।