३० साउन,कञ्चन
लायन्स क्लव अफ कञ्चन हरैयाले दुई दिने निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ। क्लवको बार्षिक कार्ययोजना अनुरुप कञ्चन गाउपालिकाको वडा नं. ३,४ र ५ का बिभिन्न स्थानहरुमा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
कञ्चन ५ पिपरीचापामा रेहेको श्रृंगेश्वर हेल्थ क्लिनिकको प्राबिधिक सहयोगमा आयोजना गरिएको मधुमेह परिक्षणमा कञ्चन गाउपालिका साबिक रुद्रपुरका ५ सय ६० जनाले मधुमेह परिक्षण गराएका थिए । लायन्स क्लवद्धारा संचालित निशुल्क मधुमेह परिक्षणको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै मानिसहरुले नियमित स्वास्थ्य परिक्षण गराउन नपाएको र त्यसमा पनि मधुमेह जस्तो गम्भिर रोगबारे बिशेषज्ञहरुबाट परिक्षण गराई जानकारी लिन नपाईरहेको अवस्थामा लायन्स क्लवले घरदैलोमा निशुल्क मधुमेह परिक्षण गराई जनताको सेवा गरेकोमा प्रशंसा ब्यक्त गर्नु भएको थियो । सामाजिक संघसंस्थाहरुले कञ्चनको समृद्धीका लागि पुर्याएको योगदान महत्वपुर्ण रहेको ब्यक्त गर्दै अध्यक्ष क्षेत्रीले कञ्चन लायन्सले समाजमा सकारात्मक सन्देश प्रबाह गर्ने उद्धेश्यका साथ समाजमा हरेक सामाजिक गतिबिधिहरु संचालनले समाजलाई सुसूचित गर्न र समाज सेवा प्रतिको भावनाको बिकासलाई अझ फराकिलो बनाइरहेको बताउनु भएको छ ।
यसैगरी कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा लायन्स क्लव अफ कञ्चन हरैया बर्ष २०१९/०२० का अध्यक्ष दुर्गा सिंह क्षेत्रीले लायन्स क्लव बिशुद्ध गैर नाफामुलक अन्तराष्ट्रिय संस्था भएको र यस क्लवले स्थानिय जनताहरुसंग स्थानिय अगुवाहरुको सहकार्यमा समाजमा ब्याप्त नकारात्मक भावनाहरुका बिरुद्ध युवाहरुमा सकारात्मक भावनाको बिकास गराई सामाजिक क्षेत्रमा असल नेतृत्व र ब्यक्तित्वको बिकास गर्न उत्प्रेरणा दिने संस्था भएको बताउनु भएको छ।अध्यक्ष क्षेत्रीले कञ्चनको समृद्धिका लागि युवाहरुको सकारात्मक दृष्टिकोण बिकास गर्नु आवस्यक रहेकोले लायन्स कलवमा हरेक युवाहरु आवद्ध हुनुपर्नेमा जोड दिनु भएको छ।
यस्तै कञ्चन गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा गाउपालिकाका प्रवक्ता कृष्ण प्रसाद अधिकारीले कञ्चन गाउपालिकामा लायन्स क्लवको सामाजिक उत्तरदायित्व बहन गर्दै वातावरण स्वस्थ राख्न बृक्षारोपण,आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै मधुमेह परिक्षण तथा रक्तदान कार्यक्रम जस्ता कार्यक्रमहरु संचालन गर्नु सकारात्मक कार्य भएको बताउदै क्लवको प्रभावकारिता बढाउन सृजनात्मक कार्यक्रम र समाजलाई अझ सकारात्म प्रभाव पार्ने कार्यक्रमहरु संचालन हुनेमा समेत बिश्वास ब्यक्त गर्नु भएको छ ।
दुई दिने मधुमेह परिक्षणमा १ सय जनामा मधुमेह भएका बिरामी फेला परेका थिए भने मधुमेहको जोखिम ग्रस्त ११ जनामा देखा परेको श्रृंगेश्वर हेल्थ क्लिनिकका प्रोप्राइटर पि.एन. ज्ञवालीले जानकारी गराउनु भएको छ भने बाकी ८९ जनालाई भने खाने कुरामा ध्यान दिएर दैनिक रुपमा शारिरीक अभ्यास गर्नु पर्ने सुझाव समेत दिइएको थियो ।
श्रृंगेश्वर हेल्थ क्लिनिकका प्रोप्राइटर पि.एन. ज्ञवालीले मधुमेह रोग र तयसले पार्ने असरका बारेमा जानकारी दिदै आफ्नो शरीरमा भएको मधुमेहको मात्रा समय समयमा परिक्षण गराइरहदा बिषय बिशेषज्ञ तथा बिषय प्राबिधिकहरुबाट मधुमेह रोगबाट बच्नका लागि अपनाइने सतर्कताका बारेमा जानकारी पाइने भएकोले आफ्नो स्वास्थ्य अवस्था थाहा समेत हुने बताउनु भएको छ। प्रोप्राइटर ज्ञवालीले मधुमेह नसर्ने रोग भएको तर यसलाई बेवास्ता गरे अकालमै ज्यान जाने भएकोले समय समयमा मधुमेहको परिक्षण गराउन आवस्यक रहेका कारण लायन्स क्लव अफ कञ्चन हरैयाले निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरी जनताहरुको मधुमेह परिक्षण गर्ने जस्तो महत्वपुर्ण जिम्मेवारी दिएकोमा धन्यबाद ब्यक्त गर्नु भएको थियो । ज्ञवालीले मधुमेहको जोखिम ग्रस्त अवस्थामा रहनु भएका बिरामीहरुलाई सम्बन्धित चिकित्सककहाँ आवस्यक परामर्स लिई उपचार गर्न सल्लाह समेत दिनु भएको थियो ।
लायन्स क्लव अफ कञ्चन हरैया,बर्ष २०२०/२०२१ का अध्यक्ष राम बहादुर थापाको अध्यक्षता तथा सचिव गणेश आचार्यको संचालनमा कार्यक्रम भएको थियो ।