२८ साउन,कञ्चन
खो खो संघ, लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका तुल बहादुर थापा निर्वाचित हुनु भएको छ। रुपन्देहीको कञ्चनमा सम्पन्न प्रथम अधिबेशनले खो खो खेलका राष्ट्रिय प्रशिक्षक तथा निर्णायक समेत रहनु भएका तुल बहादुर थापालाई सर्ब सम्मत अध्यक्षमा निर्वाचित गरेको हो।
अधिबेशनले बरिष्ठ उपाध्यक्षमा छत्र बहादुर शाही (बर्दिया) प्रथम उपाध्यक्षमा उषा कवँर मगर (दांग) र द्वितिय उपाध्यक्षमा माया थापा (नवलपरासी)लाई निर्वाचित गरेको छ। यस्तै महासचिवमा खगेन्द्र बहादुर शाही (बर्दिया), सचिवमा कुल बहादुर चँदाली (कपिलबस्तु) र कोषाध्यक्षमा यम बहादुर थापालाई (रुपन्देही) निर्वाचित हुनु भएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाका खो खो खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुको प्रतिनीधि सहभागितामा सम्पन्न अधिबेशनले सागर सोमै (गुल्मी), प्रकाशराज श्रेष्ठ (पाल्पा), अमर के.सी.(बांके), मेघराज गिरी(रोल्पा), दिनेश यादव (नवलपरासी) गिता पाण्डे(दांग) र दिपक परियार(अर्घाखांची) लाई सदस्यमा निर्वाचित गरेको छ।
खो खो संघ, लुम्बिनी प्रदेशका नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदैप्रदेश खेलकुद परिषद लुम्बिनी का सदस्य सचिव जय प्रकाश भटराईले लुम्बिनी प्रदेश खो खो खेलका लागि उर्वर भुमि भएको बताउनु भएको छ। बिगतका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा बिभिन्न पदक तथा पुस्कार प्राप्त गर्न सफल खो खो खेल पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्रबेश पाएको जानकारी गराउदै आगामी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा पदक प्राप्त गर्नेगरी प्रतियोगिताको तयारी गर्न समेत सदस्य सचिव श्यामराज भट्टराईले निर्देशन दिनु भयो ।
कञ्चन गाउपालिकाका अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि नवराज ढकालले कञ्चनको खेलकुद बिकासका लागि कार्यबिधी बनाएर छिटै नै कञ्चन खेलकुद बिकास समिति गठन गरिने बताउनु भयो। खेलकुद आफै स्वास्थ्यका लागि नभई नहुने र खेलकुदको माध्यमबाट देश बिदेशमा आफ्नो पहिचान गर्न सकिने भएकोले कञ्चनमा व्यबस्थित खेलकुद बिकासका लागि समिति बनाइने बताउनु भयो। अर्का बिशिष्ट अतिथि तथा गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले स्वस्थ जिवनका लागि खेलकुद अनिवार्य रहेको बताउनु भयो। कञ्चनका खेलाडीहरुले देश बिदेशमा गएर आफ्नो क्षमतालाई उत्कृष्टता प्रदान गर्न नियमित खेल अभ्यास आवस्य हुने बताउनु भयो ।
नेपाल खोखो संघका केन्द्रिय महासचिव तथा लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले खोखो खेल कुनै खेलकुद सामग्री बिना खोलिने निकै सजिलो र सस्तो खेल भएको बताउनु भयो। तर यस खेलमा दक्षता हासिल गर्नका लागि नियमित अभ्यास, टेक्निक, स्टेमिना र बुद्धीको आवस्यक पर्ने बताउदै केन्द्रिय महासचिव शाक्यले बलियो छु र म दौडिन सक्छु भनेर खो खो खेलमा जित हासिल गर्न नसकिने तर बल र बुद्धी दुबैको समान प्रयोगले मात्र खो खो खेलमा दक्षता र विजेता प्राप्त गर्न सकिने शाक्यले बताउनु भयो।
कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, रुपन्देही खेलकुद बिकास समतिका सदस्य तथा रुपन्देही भलिवल संघको उपाध्यक्ष राम बहादुर थापाले समेत खो खो संघ,लुम्बिनीले लुम्बिनी प्रदेशको खो खो खेललाई राम्रो बनाउनमा महत्वपुर्ण भुमिका रहने बिश्वास व्यक्त गर्नु भयो।
लुम्बिनी खो खो संघ, तदर्थ समितिका अध्यक्ष तुल बहादुर थापाको अध्यक्षता, खो खो संघ, रुपन्देहीका सचिव गंगलाल पौडेलको संचालन तथा प्रशिक्षक राज कुमार थापाको स्वागतमा अधिबेशन सम्पन्न भएको थियो।