६ साउन, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा कञ्चनको शैक्षिक सुधारका लागि सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम गरिएको छ। अन्तरकृयामा सहभागी सरोकारवालाहरुले बिधालय व्यबस्थापन समिति, शिक्षक अभिभावक संघ, बिधालय प्रशासन र शिक्षकहरुले आफ्नो कार्यक्षेत्र भित्र रहेर आफ्नो काम र कर्तव्य पुरा गरे स्वत बिधालयमा शैक्षिक सुधार हुने कुरामा जेड दिएका छन।
अन्तरकृया कार्यक्रममा शिक्षा शाखाका प्रमुख रमेश भुसाल,लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिधालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्मा,हरैया माध्यमिक बिधालयका प्रधानाध्यापक मेघनाथ शर्मा,बुद्धदीप आवासिय माध्यमिक बिधालयका प्रधानाध्यापक लेखनाथ पौडेल र हरैया बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश खनालले शैक्षिक सुधारका लागि बिधालयहरुमा भइरहेको सफल अभ्यास र अबको योजना बिषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
गाउपालिकाका अध्यक्ष नवराज ढकालले बिधालयको शैक्षिक सुधारका लागि प्रधनाध्यापक र शिक्षक तथा भौतिक पुर्वाधार व्यबस्थापनका लागि बिधालय व्यबस्थापन समितिको संरचना बनाइएको बताउनु भयो । तर सम्पुर्ण जिम्मेवारी बिधालयको प्रधानाध्यापकले नै बोकेर हिडदा न शैक्षिक न त भैतिक पुर्वाधार कुनै पनि क्षेत्रको बिकास नभएको बताउदै अध्यक्ष ढकालले प्राय प्राधानाध्यापकहरुले बिधालयको शैक्षिक सुधारका लागि भन्दा आफुले जहाँ जहाँ सही गर्न लगायो त्यही सही गर्ने अध्यक्ष बनोस भन्ने चाहना राख्ने भएकोले कञ्चनको शैक्षिक सुधार आउन नसकेको उल्लेख गर्नु भयो ।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले बिधालयको शैक्षिक सुधार भौतिक सुधारले मात्र नहुने बताउनु भएको छ। शैक्षिक सुधार हुनमा भौतिक पुर्वाधारले केही प्रभाव पार्ने भएपनि आफ्नो बिधालयमा जे श्रोत छ त्यही कुराको अधिक्तम तथा उचित उपयोग गर्न सकेमा पनि बिधालयको शैक्ष्ँिक सुधार हुने उपाध्यक्ष मौसमी थापाले बताउनु भयो । बिधालयमा हरेक शिक्षकहरुले बिधार्थीहरुलाई आत्मवल आउने खालका श्रृजनात्मक कार्यहरुमा प्राथमिकता दिन सकेमा मात्र पनि शैक्षिक सुधारको केही मापदण्ड हासिल हुनेमा उपाध्यक्ष मौसमी थापा मगरले बताउनु भयो ।
बिधालयमा समाजप्रति उत्तरदायी,शैक्षिक कृयाकलाप देखि सदैब नजिक रहने,देशका लागि सचेत र देशभक्त नागरिक निर्माण गर्नु पर्छ भन्ने चिन्तन भएको ब्यबस्थापन समिति निर्माण भएमा बिधालयको शैक्षिक स्तर राम्रो हुने कुरामा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले जोड दिनु भयो बिधालयको शैक्षिक गुणस्तरको मापन बिधार्थीहरुले प्राप्त गर्ने प्रतिशत र उत्तीर्ण संख्यालाई आधार मान्दा देशलाई आवस्यक पर्ने असल,चरित्रवान र देशभक्त नागरिक निर्माण गर्नबाट सरोकारवालाहरु चुक्न सक्ने कुरालाई पनि प्रमुख प्रशासकिय अधिकृत पन्थीले ध्यान दिन आग्रह गर्नु भयो। आफु जे कामका लागि जिम्मेवारी पाएर कार्यस्थलमा खटिएको हो सोही काममा बढी जिम्मेवार र कर्तब्यनिष्ठ भई लाग्नु पर्ने र कुनै पनि बहानामा संस्था प्रति कसैले पनि ढांट्न र छल्न नहुने प्रमुख प्रशासकिय अधिकृत पन्थीले बताउनु भयो।
कार्यक्रमको औचित्य र आवस्यकताबारे बोल्दै कञ्चनको शिक्षालाई बिश्वसनिय र स्नातक तहसम्मको अध्ययनका लागि बाहिर जान पर्ने बाध्यताको अन्त्य गर्न शैक्षिक सुधारका लागि एक बिधालयबाट अर्को बिधालयले गरेका शैक्षिक कृयाकलाप र अनुभवहरुको आदान प्रदान कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा प्रमुख रमेश भुसालले उल्लेख गर्नु भयो। कार्यक्रमले कञ्चनका सबै बिधालयहरुको शैक्षिक सुधार ल्याउनमा प्रोत्साहति मिल्ने समेत शिक्षा शाखा प्रमुख भुसालले बताउनु भयो। हरेक बिधालयका बिधालय व्यबस्थापन समितिले बिधालयको शैक्षिक सुधार गर्न आवस्यक आधारभुत भौतिक पुर्वाधारको ब्यबस्थापन गर्नु पर्ने र बिधालयको प्रशासक र शिक्षकहरुले इमान्दार पुर्वक आफ्नो पेसा प्रति जिम्मेवार भई कार्य गरे गराउन आवस्यक रहेको शिक्षा शाखा प्रमुख भुसालले बताउनु भयो ।
बिधालयको शैक्षिक सुधार तथा गुणस्तर बनाउन सरोकारवालाहरुमा दृढ ईच्छाशक्ती, कार्यकौशलता, जिम्मेवारी वाँडफाँड, व्यबस्थापकिय कौशलताको आवस्यक पर्ने र श्रृजनशिल क्षमता भएका बिधार्थीहरुलाई श्रृजनात्मक वातावरणको ब्यबस्थापन गर्नु पर्ने संस्थागत बिधालयको तर्फबाट बुद्धदीप ईलिस बोर्डिंग स्कुलका प्रिन्सिपल लेखनाथ पौडेलले बताउनु भयो। काम गर्ने संस्कार र जोखिम बहन गर्ने क्षमता,अभिभाबकसंगको सुमधुर सम्बन्ध,बालबालिका प्रति जिम्मेवारीपुर्ण निगरानी,स्वतन्त्र एबम पुर्वाग्रहरहित प्रशासक,प्रशासन,शिक्षक र सञ्चालक समिति बिच आत्मियता, जागिर खानु,जिम्मेवारी निभाउनु बिच फरकको अनुभुति, आलोचनालाई सुझाबको रुपमा आत्मसाथ, समय सान्दर्भिकताका आधारमा नेतृत्व स्थिर एबम परिबर्तनशिल हुन सके बिधालयको शैक्षिक सुधारमा अव्वलता कायम हुने कञ्चन शिक्षा समितिका सदस्य समेत रहनु भएका बुद्धदीप ईलिस बोर्डिंग स्कुलका प्रिन्सिपल लेखनाथ पौडेलले बताउनु भयो।
यस्तै कार्यक्रममा अव साधरण शिक्षामा भन्दा प्राबिधिक शिक्षामा राज्य र स्थानीय तहले लगानी गर्न आवस्य रहेको हरैया माध्यमिक बिधालयका प्रधानाध्यापक मेघनाथ शर्माले बताउनु भयो। कञ्चनको एकमात्र प्राबिधिक शिक्षालयको रुपमा रहेको हरैया माध्यमिक बिधालयमा एक बिधार्थी एक कम्प्युटर रहेको र कम्प्युटर इन्जिनियरिंगको अध्यापनमा दक्ष जनशक्ती उत्पादनमा बिधालयले बिशेष ध्यान दिदै आएको प्राधानाध्यापक शर्माले बताउनु भयो । यसैगरी लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिधालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले बिधालय तहमा बिज्ञान शिक्षा पढ्न शहर केन्द्रित बिधालयहरुमा धाउनु नपर्ने बताउनु भएको छ। बुटवल देखि पश्चिम बिज्ञान शिषय पढाई हुने एकमात्र सामुदायिक बिधालय लुम्बिनी ज्ञान निकेतन भएको र शहर केन्द्रित बिधालयहरुमा भन्दा बढी अव्वल पढाई हुदै आइरहेको प्रधानाध्यापक शर्माले उल्लेख गर्नु भयो ।
यस्तै हरैया बुहमुखी क्याम्पस छिटै नै त्रिभुवन विश्वविधालयबाट क्यू ए ए प्रामाणित क्याम्पसको रुपमा सुचिकृत हुन लागिरहेको बताउदै हरैया बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश खनालले आफ्नो क्याम्पसमा शिक्षा शास्त्र र व्यबस्थापन संकायको अध्यापन भइरहेको बताउनु भयो । कञ्चन र छिमेकी पालिकाका बिधालय तहबाट बिधालय तह उत्तिर्ण बिधार्थीहरुले उच्च शिक्षाका लागि घर छोड्नु नपर्ने बताउदै क्याम्पस प्रमुख खनालले हरैया बहुमखी क्याम्पसमा अनुसन्धनात्मक मुलक अध्यापनलाई प्राथमिकता राखेको र उच्च शिक्षा सुंगा रटाई अध्यनलाई भन्दा अनुसन्धनात्मक अध्ययन अध्यापनलाई जोड दिइरहेको बताउनु भयो।
कार्यक्रममा लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिधालयका बिधालय व्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेल(गणेश), गजेडी माध्यमिक बिधालयका बिधालय व्यबस्थापन समितिका अध्यक्ष युवराज गुरुङ्ग, शान्ती भुमी आधारभुत बिधालय बिधालय ब्यबस्थापन समितिका अध्यक्ष नारायण गैरे, सरस्वती माध्यमिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष भरत ठकुरी, जनज्योती आधारभुत बिधालय ब्यबस्थापन समितका अध्यक्ष लिल बहादुर दर्लामी, मलावरदेबी माध्यमिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चुडामणी जैसी लगायतले बिधालयको शैक्षिक गुणस्तर बढाउन बिधालय पोषण, सरसफाई, बिधायको नियमित अनुगमन लगायतमा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
रोजगार संयोजक ईश्वरी ज्ञवालीले सहजिकरण गर्नु भएको अन्तरकृया कार्यक्रममा कञ्चनमा संचालित १९ सामुदायिक तथा संस्थागत बिधालयका बिधायल ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रतिनीधि, प्रधानाध्यापक, बिज्ञान, गणित तथा अंग्रेजी बिषय अधयापन गराउनु हुने शिक्षक तथा शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।